Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

ऊर्जा व्यापारमा नेपालको आम्दानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
ऊर्जा व्यापारमा नेपालको आम्दानी
Photo / Coverage: हिमालय टाइम्स

विसं २०७८ सालदेखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । ६ वर्षअघि आयातमात्र गर्दै आएको नेपालले अहिले विद्युत व्यापारमा नाफा बढाउँदै लगेको छ । आर्थिक वर्ष २०८२/०८३ मा भारतमा बढी र केही बंगलादेशमा समेत गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको बिजुली निर्यात गरेर नेपालले ठूलो उपलब्धि हासिल गरेको छ । सुख्खा याममा नेपालले भारतबाट १० अर्ब २२ करोड ७४ लाख रुपैयाँको आयात गरेको छ । एकै वर्षमा बिजुली व्यापारमा १९ अर्ब ९ करोड रुपैयाँ नाफा भएको छ । ऊर्जा विकसको क्षेत्रमा नेपालको बढ्दो पाइलालाई प्रशंसनीय मान्नुपर्दछ । नेपालमा वर्षायाममा यहाँका नदीहरूमा पानीको प्रवाह तीव्र हुने गरेका कारण यहाँ ‘रन अफ द रिभर’को आधारमा बिजुलीको उत्पादन हुने गर्दछ । ऊर्जा भण्डारण गर्ने क्षमताको अभाव भएका कारण नेपालले चाहेर पनि बिजुलीको सन्यम गर्न सकिरहेको हुँदैन । आर्थिक वर्ष २०८०/०८१ देखि नेपालले बिजुली आयातभन्दा बढी निर्यात गरिरहेको छ । अहिले औसतमा १ हजार मेगावाट बिजुलीको निर्यात नेपालले गरिरहेको छ । हाल नेपाल र भारतले अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत आयात क्षमता एक हजार पाँच सय तीस र निर्यात क्षमता १ हजार आठ सय ५० मेगावाट पुर्‍याइ सकेका छन् । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा बिजुली बिक्री गर्दै आएको छ । प्राधिकरणले मध्यकालीन विद्युत सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगमलाई पनि बिजुली बेच्दै आएको छ । नेपालले बंगलादेशमा पनि बिजुली बेच्ने गर्दछ । आर्थिक वर्ष २०७९/०८९ देखि आयात-निर्यात व्यापारको थालनी गरेको नेपालले सो वर्ष १५ अर्ब १ करोडको आयात र ३ अर्ब ८५ करोडको निर्यात गरेको थियो । क्रमशः २०७९/०८० मा १९ अर्ब ४४ करोडको आयात र १० अर्ब ४२ करोडको निर्यात, आर्थिक वर्ष २०८०/०८१ मा १६ अर्ब ८३ करोडको आयात र १६ अर्ब ९३ करोडको निर्यात गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा नेपालले १० करोडको नाफा गरी क्रमशः ऊर्जा व्यापारमा नाफा गर्दै आएको छ । आर्थिक वर्ष २०८१/०८२ मा नेपालले १२ अर्ब १२ करोडको आयात र १७ अर्ब ४५ करोडको निर्यात गर्‍यो । आर्थिक वर्ष २०८२/०८३ मा नेपालले १० अर्ब ९२ करोडको आयात र २९ अर्ब ३२ करोड रुपैयाँको बिजुली निर्यात गर्‍यो, यसरी भारतबाट १९ अर्ब रुपैयाँको नाफा नेपालले गर्‍यो । विभिन्न १३२ केभीका प्रसारण लाइनबाट समेत नेपाल-भारतबीच बिजुली आयात-निर्यात हुँदै आएको छ । नेपाल-भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणका क्रममा रहेकाले भारतसँग बिजुली निर्यात बढाउन भारतसँग स्वीकृतिको माग पनि नेपालले गरिरहेको छ । बिजुली व्यापारका लागि प्रसारण क्षमता र आन्तरिक उत्पादन पर्याप्त हुन्छ । गत वर्ष नेपाल-भारतबीच भएको ऊर्जा सहमति अनुसार भारतले आगामी दश वर्षमा नेपालबाट दश हजार मेगावाट बिजुलीको खरिद गर्ने सहमति प्रदान गरेको छ । प्रसारण लाइनहरूको निर्माण भएमा दुवै देशबीचको ऊर्जा व्यापारले थप गति लिनेछ । हाल भारतले ३७ वटा जलविधुत आयोजनाको १२ सय मेगावाट विद्युत लिने सहमति दिएको छ । यस्तै चार सय केभीको ढल्केबर-मुजफरपुरबाट एक हजार मेगावाट र अन्य १३२ केभीका प्रसारण लाइनबाट पनि बिजुली आयात-निर्यात हुँदै आएको छ । नेपाल र भारतले ढल्केबर-सिटामढी ४०० केभी प्रसारण लाइनमार्फत बिजुली आयात क्षमता १ हजार ४ सय मेगावाट र निर्यात क्षमता १ हजार ६ सय मेगावाट पुर्‍याउने सहमति पनि गरेको छ । यस्तै निर्माणाधीन नयाँ बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनबाट प्रारम्भिक चरणमा एक सय ३० मेगावाटसम्म बिजुली आयात र २ सय मेगावाटसम्म निर्यात गर्न सकिने सहमति भएको छ । नेपालतर्फको प्रसारण लाइन अगस्तसम्म सम्पन्न हुने र सबस्टेसन सन् २०२७ डिसेम्बरसम्म तयार हुने अपेक्षा गरिएको छ । त्यस अवघिसम्म उक्त लाइनमार्फत १ सय ३० मेगावाटसम्म विद्युत निर्यात गर्न सकिने गरी काम अघि बढाइने निर्णय भएको छ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दैआएको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’ मा प्रतिस्पर्धी दरमा बिजुली बिक्री गर्दैआएको छ । प्राधिकरणले मध्यकालीन विद्युत सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगमलाई पनि बिजुली बेच्दै आएको छ । नेपालले बंगलादेशमा पनि बिजुली बेच्ने गर्दछ । वर्षायाममा नेपालको नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि बिजुली उत्पादनमा वृद्धि हुने भएकाले वर्षायाममा प्राधिकरणले विद्युत निर्यात गर्दै आएको हो । हिउँद याम सुरु भएसँगै नेपालका नदी तथा खोलानालामा पानीको बहाव घट्दो जलविद्युत आयोजनाको उत्पादन घट्छ । यस्तो बेला स्वदेशको माग धान्न हिउँदका केही महिना भारतबाटै बिजुली आयात गर्ने गरिएको छ । अहिले दश मिनेटको लोडसेटिङ हुँदा पनि मानिसलाई बिचलित गर्छ । जबकि हामीले १९ घण्टासम्म दिनहुँ लोडसेटिङ् भोगेको दुःखद उदारहण पनि छ । जलस्रोतको मामिलामा विश्वको दोस्रो ठूलो धनी देश भएर पनि नेपालले आफ्नो प्रचुर जलसम्पदाको सदुपयोग गर्न सकेन । नेपालसँग उल्लेखनीय जलविद्युत उत्पादन क्षमता छ । अहिले दश मिनेटको लोडसेटिङ हुँदा पनि मानिसलाई बिचलित गर्छ । जबकि हामीले १९ घण्टासम्म दिनहुँ लोडसेटिङ् भोगेको दुःखद् उदारहण पनि छ । जलस्रोतको मामिलामा विश्वको दोस्रो ठूलो धनी देश भएर पनि नेपालले आफ्नो प्रचुर जलसम्पदाको सदुपयोग गर्न सकेन । नेपालसँग उल्लेखनीय जलविद्युत उत्पादन क्षमता छ । ४० हजार मेगावाट बिजुलीको उत्पादन त आर्थिक र प्राविधिक रूपले सम्भव छ । नेपालमा प्रतिव्यक्ति वार्षिक विद्युत खपत मात्र ४५६ युनिट छ । जुन विश्व औसतभन्दा १० गुणा कम हो । नेपालसँग अझै व्यापक वृद्धि र विस्तारको सम्भावना छ तर त्यही अनुपातमा उत्पादनको गति बढाउनुसँगै खपतको मात्रा बढाउनु पनि आवश्यक छ । हामीले पानीमा पनि राजनीति गर्‍यौं, पानीलाई पनि राष्ट्रवादसित जोड्ने काम गर्‍यौं । फलस्वरूप ऊर्जा विकास गर्ने दाबीसहित दर्जनौं झोले संगठनहरू अस्तित्वमा आए तर नतिजा शून्य । हामीले विदेशी ऊर्जा उत्पादन कम्पनीलाई पनि आमन्त्रित गर्‍यौं तर कसैले नतिजा दिन सकेनन् । सस्तो दरमा टेण्डर हात पार्ने र दशकौंसम्म टेण्डरलाई होल्डमा राख्ने काम गरेका विदेशी ऊर्जा उत्पादन कम्पनीहरूले नेपालमा अवसर पाउनुको एउटा मात्र कारण संकीर्ण राष्ट्रवाद थियो । उत्तरी छिमेकी चीनलाई नेपालको बिजुली चाहिएको छैन । नेपालमा उत्पादन हुने बिजुलीको बिक्री हुने ठाउँ भनेको भारत नै हो । भारतकै बाटो भएर बंगलादेशमा पनि बिजुली निर्यात गर्ने हो । भारतको प्रसारण लाइनको पनि उपयोग हामीले गर्नैपर्छ, अनि मात्रै बंगलादेशमा बिजुली विक्री अथवा निर्यात गर्न सकिन्छ । विगत केही वर्षयतादेखि मात्रै नेपालमा विद्युत प्रसारण लाइनको निर्माण हुन थालेको छ । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नेपाल भ्रमणमा आउँदा नेपाललाई ऊर्जा विकासमा ध्यान केन्द्रित गर्न सुझाव दिनु भएको थियो । त्यतिबेला नेपाली संसद (तात्कालीन संविधान सभा) मा सम्बोधन गर्दै उहाँले हालै भारतले नेपालको अँध्यारोलाई हटाउनमा सहयोग गर्ने र पछि नेपालबाट बिजुली खरिद गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । मोदीको नेपाल भ्रमणपश्चात् नेपाल र भारतबीच विद्युत विकास सम्झौता भयो । नेपालले भारतमा बिजुली निर्यात गर्न वा नेपालले भारतबाट बिजुली आयात गर्न प्रसारण लाइनको निर्माण आवश्यक थियो । नेपाल-भारतबीच विद्युत व्यापार सम्झौता भएपछि प्रसारण लाइनको पनि निर्माण भयो र हाल नेपाल-भारतबीचको दुई पक्षीय ऊर्जा व्यापारमा नेपाल नाफामा छ । नेपालले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्य राखेको सन्दर्भमा ऊर्जा साझेदारीले उत्पादन र बजारलाई जोड्ने काम गर्नेछ । पानीमा केवल बिजुलीमात्रै आउँदैन, यसमा खानेपानी, सिँचाइ र नदी नियन्त्रण जस्ता विषय आउँछन् । भारतका ठूला ऊर्जा उत्पादन कम्पनीहरू नेपालको जलविद्युत क्षेत्रमा लगानी गरेका छन् र त्यसबापत नेपाललाई आर्थिक लाभ र केही मुफत बिजुली पनि दिने भएका छन् । भारतीय लगानीकर्ताहरूले जुन शर्तमा नेपालको ऊर्जा क्षेत्रमा लगानी गरेका छन् र द्रुत गतिमा काम गरिरहेका छन् यसको लाभ नेपाललाई अवश्य नै हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गण्डकी र वाग्मतीसहित यी प्रदेशमा वर्षाको सम्भावना
Latest NewsJust now

गण्डकी र वाग्मतीसहित यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागको ...

केन्द्रबिन्दु
बहुगुणी रैथाने गाई
Latest NewsJust now

बहुगुणी रैथाने गाई

नेपाली समाजमा गाईको बहुआयामिक महत्त्व रहेकाले योसँग अन्य जनावरको तुलना गर्न सकिँदैन । ...

कान्तिपुर
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व समापन गरिदैं
Latest NewsJust now

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व समापन गरिदैं

काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुँदै छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज मिथिलाञ्चलसहित देशका विभिन्न ठाउमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न हुदै छ । छठ पर्व विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । सत्य अहिंसाप्रति मानवको ...

कर्पोरट खबर
बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
Latest NewsJust now

बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मनोज भट्टका अनुसार आज (सोमबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस देखिएको छ। हिजो यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस देखिएको थियो। पछि बिहान ८:४५ बजेको अन्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play