काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । विभागले राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोसी तथा गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
गण्डकी र वाग्मतीसहित यी प्रदेशमा वर्षाको सम्भावना

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






