Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

उमाकुण्ड प्रथम अध्यक्ष कप फागुनमा हुने, विजेताले ५ लाख पुरस्कार पाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
उमाकुण्ड प्रथम अध्यक्ष कप फागुनमा हुने, विजेताले ५ लाख पुरस्कार पाउने
Photo / Coverage: जनताटाइम्स

रामेछाप, मंसिर ११ । रामेछापको उमाकुण्ड गाउँपालिकामा आगामी फागुन महिनामा प्रथम ‘अध्यक्ष कप’ प्रतियोगिता आयोजना हुने भएको छ। गाउँपालिकाको बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले स्थानीय खेलकुदको विकास तथा ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। त्यसैगरी द्वितीय हुने टोलीले २ लाख रुपैयाँ र तृतीय हुने टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने गाउँपालिकाले जनाएको छ। स्थानीय तहमा आयोजना हुन लागेको यस प्रतियोगिताको पुरस्कार राशि जिल्लाकै आकर्षकमध्ये एक मानिएको छ। गाउँपालिकाले खेलकुद क्षेत्रको विकास, युवाको प्रतिभा प्रस्फुटन तथा प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकासमा अध्यक्ष कपले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेको छ। प्रतियोगितामार्फत गाउँपालिकाभित्र रहेका प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूलाई जिल्लादेखि राष्ट्रियस्तरसम्म स्थापित हुन प्रेरित गर्ने लक्ष्य राखिएको छ। प्रथमपटक आयोजना हुन लागेको अध्यक्ष कपमा कुन-कुन खेल विधा समावेश गर्ने भन्ने विषयमा भने टुंगो लाग्न बाँकी छ। वडास्तरीय वा पालिकास्तरीय रूपमा प्रतियोगिता सञ्चालन गर्ने तथा खेल विधा र प्रतिस्पर्धाका नियमबारे गाउँपालिकाले छिट्टै विस्तृत कार्यतालिका र नियमावली सार्वजनिक गर्ने जनाएको छ। फागुनमा सञ्चालन हुने अध्यक्ष कपलाई उमाकुण्ड गाउँपालिकाको खेलकुद विकासमा नयाँ अध्यायका रूपमा हेरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रपति चुरे संरक्षण विकास समिति विघटन, अब मन्त्रालयकै विभागले काम गर्ने
OthersJust now

राष्ट्रपति चुरे संरक्षण विकास समिति विघटन, अब मन्त्रालयकै विभागले काम गर्ने

सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार सरकारले गत १७ कात्तिकमा समिति खारेज गर्ने निर्णय गरेको हो। उक्त निर्णयसम्बन्धी सूचना बिहिवार राजपत्रमा प्रकाशित भएपछि समिति विघटनको औपचारिक जानकारी सार्वजनिक भएको हो। समिति विघटनसँगै यसअघि स्वायत्त निकायका रूपमा सञ्चालन हुँदै आएको चुरे संरक्षणसम्बन्धी काम अब मन्त्रालयको प्रत्यक्ष मातहतमा पुगेको छ। मन्त्रालयका एक ...

पर्दाफास
मिसाइल आपूर्तिमा ढिलाइ र पुटिनप्रतिको टिप्पणीप्रति अमेरिकासँग जेलेन्स्कीले पोखे असन्तुष्टि
OthersJust now

मिसाइल आपूर्तिमा ढिलाइ र पुटिनप्रतिको टिप्पणीप्रति अमेरिकासँग जेलेन्स्कीले पोखे असन्तुष्टि

जेलेन्स्कीले शान्ति वार्ताका क्रममा अमेरिकाले रुसमाथि पर्याप्त दबाब सिर्जना गर्न नसकेको गुनासो पनि गरेका छन्। ...

अनलाइन खबर
हलुवाबेदको महँगो बजार : जापानी स्वाद, चिनियाँ आयात
OthersJust now

हलुवाबेदको महँगो बजार : जापानी स्वाद, चिनियाँ आयात

नेपालको मध्यपहाडी भूगोलमा अन्य हिउँदे फलफूलको तुलनामा कम रोगकिरा लाग्ने, पाखो जमिनमा पनि हुर्कने र एक पटक लगाएपछि दशकौंसम्म आम्दानी दिने हलुवाबेद किसानका लागि गतिलो नगदे बाली बन्न सक्छ । ...

अनलाइन खबर
कुवेतमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता छैन : इरानी विदेशमन्त्री
OthersJust now

कुवेतमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता छैन : इरानी विदेशमन्त्री

११ मंसिर, काठमाडौं । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले कुवेतमा भएको ड्रोन आक्रमणमा तेहरानको संलग्नता नरहेको बताएका छन्। उक्त आक्रमणमा दुई जना इटालियन नागरिकको मृत्यु भएको थियो। उनले यो घटनालाई शङ्कास्पद भन्दै यो 'युद्धका लागि पहिले नै तयार पारिएको योजना' हुन सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै अराघचीले मृत्युप्रति आफ्ना इटालियन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement