Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

अनुदानको मल दुरुपयोग गर्ने कृषि भण्डारलाई दुई लाख जरिवाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनुदानको मल दुरुपयोग गर्ने कृषि भण्डारलाई दुई लाख जरिवाना
Photo / Coverage: हिमालय टाइम्स

झापा । सरकारी अनुदानको रासायनिक मल दुरुपयोग गरी बिक्री वितरण गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले बुद्धशान्ति गाउँपालिका–३ स्थित सञ्जीवनी कृषि भण्डारलाई रु दुई लाख जरिवाना गरेको छ । स्थानीय किसानलाई वितरण गर्नुपर्ने अनुदानको मल अन्यत्र बिक्री गरिएको जनगुनासो आएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको निर्देशनमा सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा खटिएको टोलीले आज कृषि भण्डारमा आकस्मिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा तोकिएको सर्तअनुसार मल वितरण नगरेको र बिलबिजक जारी नगरी आफूखुसी बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम रु दुई लाख जरिवाना गरिएको सहायक प्रजिअ रायमाझीले जानकारी दिनुभयाे । प्रेमप्रसाद भट्टराई सञ्चालक रहेको उक्त भण्डारले मङ्सिर ८ र ९ गते बिर्तामोडस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट किसानलाई वितरण गर्न लगेकोमध्ये १०९ बोरा डीएपी र ५० बोरा युरिया मलको मौज्दात तथा बिक्री विवरण देखाउन नसकेको प्रशासनले जनाएको छ । अनुगमन टोलीले उक्त मल लक्षित किसानलाई वितरण नगरी बिलबिजकबिनै अन्यत्र बिक्री गरेको निष्कर्ष निकालेको छ । टोलीले पसल तथा गोदाममा रहेका मलको मौज्दात, बिक्री विवरण, बिलबिजक र अन्य कागजात जाँच गरी थप अनुसन्धानका लागि सबै अभिलेख नियन्त्रणमा लिएको छ । सरकारले किसानलाई राहत दिन प्रतिबोरा ५० केजी डीएपीमा रु चार हजार ४ सय ६६ दशमलव ५७ र युरियामा रु तीन हजार १०१ दशमलव २८ अनुदान उपलब्ध गराउँदै आएको छ । अनुदानका कारण बजार मूल्य रु ६ हजार ६६६ दशमलव ५७ पर्ने डीएपी किसानले रु दुई हजार २०० मा तथा रु तीन हजार ८५१ दशमलव २८ पर्ने युरिया रु ७५० मा खरिद गर्न पाउँछन् । उक्त मूल्यमा ढुवानी खर्च समावेश छैन । यसैगरी टोलीले बुद्धशान्ति–३ स्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको समेत अनुगमन गरेको थियो । सहकारीमा अनुदानको मलको बिक्री वितरण पारदर्शी र नियमसङ्गत पाइएको कृषि ज्ञान केन्द्र भद्रपुरका प्रमुख सागर बिष्टले बताउनुभयाे । उपभोक्ता अधिकार संरक्षणमा अनुगमन तीव्र यसैबीच, उपभोक्ता जागरण अभियान नेपालले झापामा बजार अनुगमन तथा उपभोक्ता अधिकार संरक्षणसम्बन्धी गतिविधिलाई तीव्र बनाएको जनाएको छ । अभियानका केन्द्रीय अध्यक्ष कृष्ण भण्डारी मार्सेलीले जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारीको विशेष चासो, आग्रह र सक्रियतामा जिल्लाका विभिन्न बजारमा अनुगमनलाई प्रभावकारी बनाइएको बताउनुभयाे । उनले विशेषगरी बिर्तामोड र आसपासका क्षेत्रमा बजारमा हुने अनियमितता, कृत्रिम मूल्यवृद्धि, म्याद गुज्रिएका वस्तुको बिक्री, गुणस्तरहीन खाद्य सामग्री, बिलबिजक जारी नगर्ने प्रवृत्ति तथा उपभोक्तालाई ठगी गर्ने गतिविधिविरुद्ध अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयाे । उपभोक्ताको हकहित संरक्षणका लागि प्रशासन, स्थानीय तह, सम्बन्धित सरकारी निकाय, उद्योग वाणिज्य सङ्घ, प्रहरी र नागरिक संस्थाबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ । अभियानले बजारमा देखिने समस्या पहिचान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, अनुगमनमा सहभागिता जनाउने तथा उपभोक्तालाई आफ्नो अधिकारबारे सचेत गराउने काम गर्दै आएको जनाएको छ । सरकारी अनुदानबाट प्राप्त हुने मल लक्षित किसानसम्म नपुग्नु किसानमाथिको अन्याय मात्र नभई राज्यको अनुदान प्रणालीमाथिकै दुरुपयोग भएकाले यस्ता गतिविधिमा नियमित निगरानी र प्रभावकारी कारबाही आवश्यक रहेको अभियानले जनाएको छ । अनुगमन टोलीमा प्रशासकीय अधिकृत चुडामणि आपागाईं, कृषि ज्ञान केन्द्रका प्रमुख बिष्ट, नायब सुब्बा रोहित आचार्य, उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने, बुद्धशान्ति उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक सापकोटा र इलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज नकुलराज गौतमलगायत सहभागी हुनुहुन्थ्याे । अनुगमनलाई नियमित र निरन्तरता दिँदै बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, अनुदानको दुरुपयोग र उपभोक्ता ठगी नियन्त्रणमा प्रशासनसँग सहकार्य गरिने अभियानले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रदेश लोकसेवा आयोगको अध्यक्षमाथि छानबिन गर्न ५ सदस्यीय उपसमिति गठन
Latest NewsJust now

प्रदेश लोकसेवा आयोगको अध्यक्षमाथि छानबिन गर्न ५ सदस्यीय उपसमिति गठन

प्रदेश लोकसेवा आयोगसँग जोडिएको भत्ता तथा अनियमितता सम्बन्धी उजुरीमाथि छानबिन गर्न सुशासन तथा योजना समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको छ। संसदीय समितिमा उजुरी आएपछि यस बारेमा समितिले छानबिन गरिरहेको छ। समितिबाट भन्दा पनि उपसमिति बनाएर त्यस बारेमा विस्तृत छानविन गर्न उपसमिति गठन गरिएको समितिका सभापति खगेश्वरी पौडेलले जानकारी दिइन्।  छानबिन उ... ...

नेपालखबर
रुपन्देहीमा १४८ जनाले पाए लालपूर्जा
Latest NewsJust now

रुपन्देहीमा १४८ जनाले पाए लालपूर्जा

रुपन्देहीको मायादेवी गाउँपालिकामा १४८ जनालाई जग्गाधनी प्रमाणपूर्जाको (लालपूर्जा) वितरण गरिएको छ । गाउँपालिका र नापी कार्यालय, रुपन्देहीको आयोजनामा वडा नम्बर ७ का विभिन्न गाउँब्लकका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो । गाउँपालिकाका अमिन हृदयदेश कुमार बनियाका अनुसार गाउँब्लकका कित्ताहरूको लालपुर्जा वितरण गरिएको हो । लालपूर्जा वितरण कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले वितरण कार्यमा केही महिना ढिलाइ भए पनि विभिन्न वडामा लालपूर्जा वितरण ...

फरकधार
मृत्युदण्ड सुनाइएकी शेख हसिनाको स्वदेश फर्किने योजनाले बङ्गलादेशमा तनाव, भारतलाई पनि अप्ठ्यारो
Latest NewsJust now

मृत्युदण्ड सुनाइएकी शेख हसिनाको स्वदेश फर्किने योजनाले बङ्गलादेशमा तनाव, भारतलाई पनि अप्ठ्यारो

पूर्वप्रधानमन्त्री हसिनाले यसअघि पनि पटक–पटक बङ्गलादेश फर्किने प्रतिबद्धता जनाउँदै आएकी थिइन् । तर, यसपटक उनले स्वदेश फर्किने मिति नै घोषणा गरेकी छन् । उनका अनुसार उनी १६ डिसेम्बरमा बङ्गलादेश फर्किनेछिन्... ...

रातोपाटी
६ दशक पुरानो कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
Latest NewsJust now

६ दशक पुरानो कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

झापा, मङ्सिर ११ गते । झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन् ।कारागार प्रमुख पूर्णबहादु... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement