Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
Photo / Coverage: नेपालन्युज

ललितपुर। उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आज साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिएका छन् । उपराष्ट्रपति यादवले पहिला कुपोन्डोलमा पुगेर र त्यसपछि सानेपास्थित राम मन्दिर राजतिर्थ फुटबल खेल मैदान अगाडि बागमती खोला किनारमा छठको पूजा गरेका हुन् । राजतीर्थमा छठ पूजामा सहभागी हुन आउनुभएका उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई छठ पूजा सेवा समाजका अध्यक्ष राकेश मेहेताले स्वागत गरेका थिए । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरी यो पर्व मनाइन्छ । त्यस्तै, ललितपुरका नदी र पोखरीमा व्रतालु तथा श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठी माताको पूजा गरेका छन् । बागमती, नख्खु, कुपन्डोल, विष्णुमती तथा बोजेपोखरीलगायत नदी तथा पोखरीमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको पूजा सम्पन्न हुन्छ । सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन आज देशभर खरना विधि मनाइँदैछ । छठ पर्वको महत्वपूर्ण विधिका रूपमा रहेको खरनामा व्रतालुहरू दिनभर उपवास बसेर साँझ विशेष पूजाआराधना गर्ने गर्छन् । खरनाका दिन व्रताहरूले माटोको नयाँ चुलोमा सख्खरको खीर र रोटी पकाएर छठी मातालाई चढाउने परम्परा छ । पूजापछि उक्त प्रसाद परिवारका सदस्यसँगै ग्रहण गरिन्छ । खरनाको प्रसाद ग्रहण गरेपछि व्रतीहरूले ३६ घण्टे निर्जला व्रत सुरु गर्छन् । यस अवधिमा उनीहरूले अन्न र पानीसमेत ग्रहण नगरी व्रत बस्ने परम्परा छ । छठ पर्वको तेस्रो दिन भोलि अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ । त्यसका लागि तराई-मधेससहित देशका विभिन्न स्थानमा नदी, पोखरी तथा जलाशयका घाटहरू सजाइएको छ । पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ व्रत सम्पन्न हुनेछ । छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक विश्वास छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गेस्ट हाउसमा एक व्यक्ति मृत फेला
Latest NewsJust now

गेस्ट हाउसमा एक व्यक्ति मृत फेला

रुकुमपश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ झुल्नेटास्थित एक गेस्ट हाउसको कोठामा एक व्यक्ति मृत अवस्थामा फेलापरेका छन् । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–३ माछिमी निवासी अन्दाजी ३९ वर्षीय राजेन्द्र केसी रहेको... ...

रातोपाटी
वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ
Latest NewsJust now

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडी दुई पक्षबिच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का ५ जना र भीमदत्त नगरपालिका–१७ का एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। प्रहरीकाअनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर ...

नेपालन्युज
पोखराको कीर्तिमानी जित, सुदूरपश्चिम क्वालिफायरमा र काठमाण्डु-चितवन एलिमिनेटरमा भिड्ने
Latest NewsJust now

पोखराको कीर्तिमानी जित, सुदूरपश्चिम क्वालिफायरमा र काठमाण्डु-चितवन एलिमिनेटरमा भिड्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार लिग चरणका अन्तिम दुई खेल सम्पन्न भएका छन् । आइतबारका खेलसँगै प्लेअफको समीकरण पनि पूरा भएको छ । पोखरा एभेन्जर्सले... ...

रातोपाटी
गेस्टहाउसमा एक व्यक्ति मृत फेला
Latest NewsJust now

गेस्टहाउसमा एक व्यक्ति मृत फेला

त्रिवेणी (रुकुमपश्चिम), कात्तिक २९ गते । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–३ झुल्नेटास्थित एक गेस्टहाउसको कोठामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा मुसिकोट नगरप... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play