Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

उपत्यकामा बढ्दै छठको आकर्षण, १७ स्थानमा पूजा तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपत्यकामा बढ्दै छठको आकर्षण, १७ स्थानमा पूजा तयारी
Photo / Coverage: नेपालन्युज

काठमाडौं।छठ पर्वका लागि काठमाडौं उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ। काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ। गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ। छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिइ पूजा गर्ने परम्परा छ। चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर व्रतालुले सूर्यको उपासना गर्छन्। गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्नसक्ने गरी घाट निर्माण भइरहेको छ। घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको उनले जानकारी दिए। “काठमाडौंमा पनि छठ मनाउने परम्परा बढ्दो छ। हामीले यसको तयारी अन्तिम चरणमा पुर्‍याएका छौं। पाल टाँग्ने र सरसफाइ गर्ने काम भइरहेको छ।” अध्यक्ष सिंहले भने, “अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरिने छठको महत्व अपरम्पार छ। भाकल पूरा गर्न पनि छठको व्रत गरिन्छ। व्रतालुलाई सहज हुने वातावरण तयार पार्न हामी जुटेका छौं।” काठमाडौंमा छठ पर्व मनाइने प्रमुख स्थानमा गौरीघाट र गुह्येश्वरी क्षेत्र, कमलपोखरी, बागमती नदी किनारको थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु क्षेत्र रहेका छन्। त्यसैगरी विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुस्थित बाइसधारामा पनि छठ पूजा गर्ने गरिएको छ। काठमाडौं महानगरपालिकाले विगतका वर्षमा कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ। बालाजु बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि पर्वका अवसरमा घाट निर्माण तथा व्यवस्थापन हुँदै आएको छ।छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ। कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ। विशेष गरी तराई मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा विस्तार हुँदै गएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराटनगरविरुद्ध पोखरा ब्याटिङमा, पोखरामा २ र विराटनगरमा ३ खेलाडी परिवर्तन
Latest NewsJust now

विराटनगरविरुद्ध पोखरा ब्याटिङमा, पोखरामा २ र विराटनगरमा ३ खेलाडी परिवर्तन

प्ले अफ समीकरणमा पुग्ने झिनो आशालाई जीवितै राख्न विराटनगर र पोखरा दुवैलाई यो खेल जित्नैपर्ने दबाब रहेको छ । ...

कान्तिपुर
चार दशकपछि चोरी गरिएका सन्तानले भेटे आमालाई
Latest NewsJust now

चार दशकपछि चोरी गरिएका सन्तानले भेटे आमालाई

सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन गरेका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा भोगिरहेकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः छोराहरूलाई अँगालो हाल्न पाएकी हुन् । एकचालिस वर्षीय टिम रोलनिक र ३७ वर्षीय ट्राभिस मर्डोक अमेरिकामा हुर्किएका थिए । आफूहरूलाई अर्को परिवारले ...

केन्द्रबिन्दु
एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा
Latest NewsJust now

एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् । ...

कान्तिपुर
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा
Latest NewsJust now

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी भीमफेदी नजिक चिसापानीगढीमा दुर्घटना हुँदा १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शोक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play