Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा
Photo / Coverage: विश्वखबर

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन् । त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रुपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए । उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ । ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए । विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ ।ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ । प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कुर्सी संकटमा परेपछि आलोपालो सरकार चलाउन आइसेन्कोटलाई नेतान्याहूको आग्रह
Latest NewsJust now

कुर्सी संकटमा परेपछि आलोपालो सरकार चलाउन आइसेन्कोटलाई नेतान्याहूको आग्रह

पहिलो पालोमा आइसेन्कोट र त्यसपछि आफुले सरकारको नेतृत्व गर्नेगरी राष्ट्रिय सहमति गर्न नेतान्याहूको प्रस्ताव ...

कान्तिपुर
दैलेखको ग्यास उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
Latest NewsJust now

दैलेखको ग्यास उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन्। सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुगेका सभापति लामिछानेले खानी... ...

नेपालखबर
गोरखामा विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण
Latest NewsJust now

गोरखामा विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

अस्मिता सिंखडागोरखा, मङ्सिर १३ गते । गोरखाको सिरानचोक र अजिरकोट गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।हातेमालो वु... ...

गोरखापत्र
स्मृतिदंश (कथा)
Latest NewsJust now

स्मृतिदंश (कथा)

वृद्धाश्रमका झ्यालबाट खड्किनी ठुली आकाशलाई हेर्छिन् । आज आकाश खुल्न सकेको छैन । काला काला बादलहरूले आकाशलाई ढाकेको छ । चारैतिर धुम्म भइरहेछ । उति राम्ररी हावा पनि चलेको छैन । मौसम... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement