Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

उग्रतारामा आज भव्य मेला लाग्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
उग्रतारामा आज भव्य मेला लाग्दै
Photo / Coverage: नेपालन्युज

डडेल्धुरा। सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ। स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने गर्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए। मेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै छिमेकी भारतबाट समेत भक्तजन आउने गरेका छन्। डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा सुन्दर डाँडामा अवस्थित मन्दिरमा हजारौँ भक्तजन दर्शन तथा पूजाआराधना गर्न पुग्छन्। किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साकी जातिका किसानले हलो जोत्ने क्रममा शिलामा चोट लाग्दा रगत बगेको थियो। किसानले त्यस ठाउँमा खान ल्याएको खिचडीले रगत रोकिएपछि देवी प्रकट भएको विश्वास गरिन्छ। सोही घटनापछि मन्दिर स्थापना गरी कात्तिक शुक्ल पूर्णिमामा पूजा तथा मेला लगाउने परम्परा सुरु भएको जनविश्वास छ। स्थानीय उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ। मेलाका अवसरमा अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमणमा असमान सन्धी, सीमा विवाद, आर्थिक परनिर्भरतामा कुनै प्रगति भएन: बाबुराम भट्टराई
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणमा असमान सन्धी, सीमा विवाद, आर्थिक परनिर्भरतामा कुनै प्रगति भएन: बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा असमान सन्धी, सीमा विवाद र नेपालको आर्थिक परनिर्भरतामा कुनै ठोस प्रगति नभएको बताएका छन्।  सामाजिक सञ्जालमा उनले भ्रमणका क्रममा केही विषय सकारात्मक देखिए पनि नेपाललाई पछि पार्ने असमान सन्धी, सीमा विवाद, आर्थिक परनिर्भरता जस्ता विषयमा भ्रमणको क्रममा कुनै ठोस प्रगति नभएको बताएका हुन्।&nbs... ...

नेपालखबर
मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित
Latest NewsJust now

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

• मुन्दुम पदमार्गमा पर्यटकको आगमन बढ्दै, स्थानीय होटल र व्यवसायमा चहलपहल वृद्धि भएको छ। • गाउँपालिकाले पर्यटकीय पूर्वाधार विकास र पदमार्गको संरक्षणमा ध्यान दिँदै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य राखेको छ। • प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले पर्यटकलाई आकर्षित गर्दै, स्थानीय उत्पादनको बजार विस्तारमा पनि सहयोग पुगिरहेको छ। ...

नेपालबहस
तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन
Latest NewsJust now

तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

म्याग्दी । तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले फेरिएको छ । मजदुरी गरेर गुजारा चलाउनुपर्ने अवस्थाबाट व्यावसायिक र अगुवा किसान बनेका बानियाको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement