Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
Photo / Coverage: नेपालन्युज

काठमाडौं । ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। बिहीबार अदालतले ईनम सापकोटा, महेश श्रेष्ठ र सुशील भट्टलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो। ईनमसँगको सम्बन्ध खुलेपछि प्रहरीले महेश श्रेष्ठ र सुशील भट्टलाई पनि पक्राउ गरेको थियो। श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। प्रहरीले ईनमविरुद्ध राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान गरिरहेको छ। अन्य दुई जनामाथि भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएपछि प्रहरीले सबैभन्दा पहिले ईनमलाई पक्राउ गरेको थियो। त्यसपछि अनुसन्धानका क्रममा अन्य दुई जनालाई पनि नियन्त्रणमा लिइएको हो। प्रहरीले तीनै जनामाथि थप अनुसन्धान जारी राखेको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च
Latest NewsJust now

बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च

काठमाडौँ । बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च विन्दुमा पुगेको छ । सन् २०२६ सेप्टेम्बरसम्मको एक वर्षमा बेलायतको प्रायोजित विद्यार्थी भिसा अस्वीकृति दर बढेर ६.४ प्रतिशत पुगेको बेलायतको... ...

रातोपाटी
आयोजक रेडियन्ट र रातो बंगला फाइनलमा
Latest NewsJust now

आयोजक रेडियन्ट र रातो बंगला फाइनलमा

रातो बंगलाले ह्वाइटफिल्डलाई १४–३ तथा रेडियन्ट पब्लिकले केभीएस, स्युचाटारलाई २०–१३ ले पराजित गरे । रातो बंगलाका रिन्जिनले ४ तथा रेडियन्ट पब्लिकका जेनिश लामिछानेले ६ स्कोर गरे । ...

कान्तिपुर
पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको खानलासी
Latest NewsJust now

पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको खानलासी

काठमाडौँ । पूर्व मुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खानतलासी गरेको छ । काठमाडौँको हेपाली हाइटस्थित उनको घरमा प्रहरीले खानतलासी गरेको हो । अर्यालको घरबाट अनुसन्धानका... ...

रातोपाटी
महाकाली नदीमा बेपत्ता युवती मृत फेला
Latest NewsJust now

महाकाली नदीमा बेपत्ता युवती मृत फेला

धनगढी । कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएकी २१ वर्षीया युवती मृत फेला परेकी छन् । बैतडीको पाटन नगरपालिका–२ सिलङ्गा घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा डेरा गरी बस्दै आएकी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement