Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ योजना, १ लाखसम्मको बीमा सुरक्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ योजना, १ लाखसम्मको बीमा सुरक्षा
Photo / Coverage: पर्दाफास

इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान एन्ड केयर’ बीमा योजना इसेवामार्फत सजिलै किन्न सकिने भएको छ । सन नेपाल लाइफले इसेवासँगको सहकार्यमा आफ्नो ‘स्क्यान एन्ड केयर’ सेवालाई डिजिटल माध्यमबाट समेत उपलब्ध गराएको हो । डिजिटल माध्यमबाट सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ दुई कम्पनीबिच इसेवाबाटै सजिलै उक्त बीमा खरिद गर्न सकिने साझेदारी भएको हो । यस साझेदारीअन्तर्गत इसेवाका ग्राहकले स्क्यान एन्ड केयर टर्म लाइफ इन्स्योरेन्स र सन मेडिकेयर गरी कुल १ लाखसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । योजनाअनुसार टर्म लाइफ इन्स्योरेन्सतर्फ ५० हजार र सन मेडिकेयर (स्वास्थ्य बीमा) तर्फ ५० हजारसम्मको बीमा सुरक्षाप्राप्त गर्न सक्ने इसेवाले जनाएको छ । १८ देखि ६० वर्ष उमेर समूहका योग्य व्यक्तिहरूले इसेवा एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै यो योजना खरिद गर्न सक्नेछन् । उमेर र बीमा सुरक्षाका आधारमा यस योजनाको वार्षिक बीमाशुल्क ७६० देखि १,४०५ सम्म तोकिएको छ ।सन नेपाल लाइफले आफ्ना शाखा कार्यालय र अभिकर्ताहरूमार्फत उपलब्ध गराउँदै आएको ‘स्क्यान एन्ड केयर’ योजनालाई डिजिटल माध्यमसँग जोडी सर्वसाधारण नागरिकसम्म बीमाको सहज, द्रुत र प्रविधिमैत्री पहुँच पुर्‍याउने उद्देश्यका साथ दुई कम्पनीबिच साझेदारी गरिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
OthersJust now

यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै

सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोसी प्रदेशबाट सुरु हुँदैछ। नेपाली सेनाका सहायकरथी एवं सैनिक प्रवक्ता राजेन्द्र श्रेष्ठका अनुसार यस वर्षको सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ। यस पटक यही मंसिर १४ देखि २५ गतेसम्म कोसी र बागमती प्रदेशका २४ जिल्लाका भूपूसैनिकलाई समेट्ने गरी २० स्थानमा हुने सम्मेलनमा करिब ५५ ...

पर्दाफास
चीनको स्याटेलाइट गुप्तचर निगरानी र विश्वव्यापी द्वन्द्वमा बढ्दो रणनीतिक प्रभाव
OthersJust now

चीनको स्याटेलाइट गुप्तचर निगरानी र विश्वव्यापी द्वन्द्वमा बढ्दो रणनीतिक प्रभाव

पहलगामदेखि गाजा र मध्यपूर्वसम्मका घटनाक्रमले चीनको स्याटेलाइट निगरानी प्रविधि, गुप्तचर सूचना आदानप्रदान र रणनीतिक साझेदारीलाई लिएर गम्भीर प्रश्न उठाएका छन्। प्रत्यक्ष युद्धमा सहभागी नभएको दाबी गर्ने बेइजिङको प्रविधि र गुप्तचर क्षमताले पाकिस्तान, इरान तथा विभिन्न सशस्त्र समूहलाई अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याइरहेको त छैन भन्ने बहस चर्किन थालेको छ। आधुनिक युद्धमा सबैभन्दा प्रभावशाली पक्ष सधैँ क्षेप्यास्त्र प्रहार गर्ने, ड्रोन उडाउने वा सीमापारबाट ...

पर्दाफास
एक महिनाभित्र घुमाउने पुल निर्माण सुरु हुन्छ : मन्त्री लम्साल
OthersJust now

एक महिनाभित्र घुमाउने पुल निर्माण सुरु हुन्छ : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ...

अनलाइन खबर
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन’
OthersJust now

साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन’

विशेष अदालतले टेरामक्स भ्रष्टाचार मुद्दाको फैसलामा आरोपितहरूले भ्रष्टाचार गरेको भन्ने प्रमाण नभेटिएको भनी फैसला गरेको थियो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement