इशान पाण्डे लण्डन इयर केयरको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली क्रिकेटर इशान पाण्डे लण्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्राण्ड एम्बेसडरमा नियुक्त हुनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा पाण्डे र संस्थाका निर्देशक राजन खकुरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित हुनुहुन्थ्यो । उहाँले यस किसिमको सम्झौताले नेपाली खेलाडीलाई आर्थिकरूपमा थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ब्राण्ड एम्बेसडरमा नियुक्त भएपछि पाण्डेले खुसी व्यक्त गर्दै आफूलाई यो अवस्थामा पुग्न सहयोग गर्ने क्यान र आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको लण्डन इयर केयरलाई धन्यवाद दिनुभयो । लण्डन इयर केयर बेलायतको लण्डनमा रहेको कानको स्वास्थ्य तथा श्रवणसम्बन्धी सेवा प्रदान गर्ने संस्था हो । यसले कानको जाँच, कानमा जमेको मैन हटाउने, श्रवण परीक्षण तथा श्रवण सहायक उपकरण उपलब्ध गराउँदै आएको छ । संस्थाका निर्देशक खकुरेल बेलायतमा रहेर स्वास्थ्य सेवा, सामाजिक कार्य, सामुदायिक विकास तथा नेपाली क्रिकेटको प्रवर्द्धनमा सक्रिय हुनुहुन्छ । उहाँले सन् २०१६ मा लर्ड्स क्रिकेट मैदानमा नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) बीच भएको ऐतिहासिक खेलमा टिकट व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभएको थियो । सन् २०१८ मा नेपाल, नेदरल्याण्ड्स र एमसिसीबीच भएको त्रिकोणात्मक टी-२० शृंखलाको व्यवस्थापन तथा समन्वयमा पनि उहाँले भूमिका निर्वाह गर्नुभएको थियो । खकुरेलले बेलायतमा रहेका नेपाली क्रिकेट टोली तथा खेलाडीलाई सहयोग गर्दै नेपाल र बेलायतबीचको खेलकुद सम्बन्ध विस्तारमा योगदान पुर्याउँदै आउनुभएको छ । उहाँले सन् २०२४ मा ‘नेपाल-ब्रिटेन मिडिया पर्सनालिटी अफ द इयर’ सम्मानसमेत प्राप्त गर्नुभएको थियो ।पाण्डेसँगको सहकार्यले लण्डन इयर केयरको पहिचान विस्तार गर्नुका साथै नेपाली क्रिकेट र बेलायतमा रहेका नेपाली समुदायबीचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

थप ६ वटा निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने क्रममा पछिल्लोपटक ६ वटालाई राखेको छ । सो कार्यालयले आज शुक्रबार सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखी पठाएअनुसार ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ । सूचनामा जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद […] ...

सभ्य समाजका ज्येष्ठ नागरिक
ज्येष्ठ नागरिक समाजमा जिउँदा इतिहास हुन् । समाजका अभिन्न अङ्ग हुन् । उनीहरूका अनुभव, ज्ञान, सिपको संरक्षण र उपयोग गर्दै सम्मानपूर्वक बाँच्न पाउनुपर्ने वातावरण सिर्जना गर्ने राज्यको... ...

मध्य युक्रेनको डिनिप्रो रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमण, १४ जनाको मृत्यु
युक्रेन । मध्य युक्रेनको डिनिप्रो सहरस्थित मुख्य रेल्वे स्टेसनमा बिहीबार बिहान रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। रेल चढ्न प्रतीक्षारत यात्रुहरूलाई लक्षित गरी भएको आक्रमणमा अन्य... ...

लेखनदेखि भिडियो निर्माणसम्म : विभिन्न क्षेत्रमा उपयोगी १५० एआई टुल्स, कुनको काम के ?
• कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासले लेखन, अध्ययन, अनुसन्धान, डिजिटल मार्केटिङ र कार्यालय व्यवस्थापनमा एआई टुल्सको प्रयोग बढाएको छ। • एआई टुल्सले समय बचत गर्दै सिर्जनात्मक काममा सहयोग पुर्याउँछन्, तर प्राप्त जानकारीलाई आधिकारिक स्रोतसँग पुष्टि गर्न आवश्यक छ। • एआईको प्रयोग गर्दा प्रतिलिपि अधिकार, व्यक्तिगत गोपनीयता र भ्रामक सामग्रीको जोखिमलाई ध्यानमा राख्नुपर्छ। ...


