काठमाडौं । रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले इरानविरुद्ध अर्को सैन्य आक्रमणको योजना बनाइएको संकेत देखिएको बताएकी छन्। उनले यसलाई अत्यन्तै चिन्ताजनक भनेकी छिन्। बीबीसी फारसीका अनुसार मारिया जाखारोभाले भनिन्, ‘हालैका महिनाको तितो अनुभवले के देखाउँछ भने सैन्य दुस्साहसले इरानमा धेरै मृत्यु र ठुलो विनाश निम्त्यायो तर आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रता रक्षा गर्ने इरानी जनताको दृढ संकल्प कमजोर पार्न सक्दैन। आज फेरि नयाँ आक्रमणको धम्की दिनेहरूले पुनर्विचार गर्नुपर्छ।’ इरानमा अमेरिका र इजरायलले गरेको आक्रमणलाई रुसले बारम्बार अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेको छ। हालका दिनहरूमा इरान र अमेरिकाबिच तनाव कम गर्न मध्यस्थकर्ताले प्रयास तीव्र बनाएका छन्। यसका बाबजुद अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिने क्रम जारी छ। यसैबिच सबैको नजर अमेरिकामा मंगलबार हुने मध्यावधि चुनावमा छ।
इरानमा फेरि आक्रमणको धम्की दिनेहरू पुनर्विचार गर्न रुसको चेतावनी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






