Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । इरानको समर्थनमा काम गरेको आरोप लागेका तीन जनाविरुद्ध अमेरिका र युरोपमा शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणको योजना बनाएको अभियोग लगाइएको छ । अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीहरूले बेलायतस्थित अमेरिकी हवाई सैन्य अड्डा आरएएफ फेयरफोर्डमा पनि आक्रमणको योजना बनाएका थिए । इरानी र इराकी नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल सादी, मोहसिन मोहाजेरी र मोहम्मद अली अल हसानीविरुद्ध आठ वटा अभियोग लगाइएको छ । अमेरिकी अधिकारीहरूका अनुसार उनीहरूले सन् २०२६ को वसन्तयाममा युरोपमा भएका १८ वटा आक्रमणको जिम्मेवारी लिएको समूहसँग सम्बन्ध राखेका थिए । तीमध्ये सात वटा आक्रमण बेलायतमा भएका थिए। आक्रमणमा आगजनी, विस्फोटक पदार्थ प्रयोग तथा लन्डनमा दुई यहुदी नागरिकमाथि चक्कु प्रहारका घटना समावेश छन् । अमेरिकी न्याय मन्त्रालयले अल सादीले बेलायतमा रहेका सहयोगीलाई आर्थिक सहयोग गरी हवाई सैन्य अड्डाको निगरानी गर्न, इन्धन भरिएका ट्याङ्की र सवारीसाधनको व्यवस्था गर्न निर्देशन दिएको आरोप लगाएको छ । गत सेप्टेम्बर २७ मा सैन्य अड्डानजिक तीनवटा शङ्कास्पद भ्यान देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर इरानले उक्त घटनामा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकी सङ्घीय अनुसन्धान निकायका निर्देशक काश पटेलले अभियुक्तहरूले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर र इरान समर्थित सशस्त्र समूहको सहयोगमा आक्रमणको योजना बनाएको आरोप लगाएका छन् । The post इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुख्यमन्त्री यादवद्वारा प्रदेशसभा बैठक आह्वानको आग्रह
Latest NewsJust now

मुख्यमन्त्री यादवद्वारा प्रदेशसभा बैठक आह्वानको आग्रह

वीरगन्ज। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मतका लागि संसद्को बैठक बोलाउन भन्दै प्रदेश सभालाई आग्रह गरेका छन्। यादवले बुधबार प्रदेश सभाको कार्यालयलाई पत्र लेख्दै विश्वासको मतका लागि बैठक बोलाउन... ...

रातोपाटी
ट्रम्पले बिबिसीविरुद्ध हालेको मुद्दा अघि बढ्ने, ५ अर्ब डलर क्षतिपूर्ति माग
Latest NewsJust now

ट्रम्पले बिबिसीविरुद्ध हालेको मुद्दा अघि बढ्ने, ५ अर्ब डलर क्षतिपूर्ति माग

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बिबिसीविरुद्ध दायर गरेको अर्बौं डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ । सङ्घीय न्यायाधीशले मुद्दा खारेज गर्न बिबिसीले गरेको प्रयास अस्वीकार गरेका छन् । ट्रम्पले सन् २०२१ जनवरी ६ मा क्यापिटलमा भएको आक्रमणअघि दिएको भाषणलाई बिबिसीले भ्रामक रूपमा सम्पादन गरी आफूले समर्थकलाई हिंसामा उक्साएको देखाएको आरोप लगाएका छन् । उनले कम्तीमा पाँच ...

केन्द्रबिन्दु
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा
Latest NewsJust now

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा

काठमाण्डु – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन माग गर्दै उनका समर्थकहरू सडकमा उत्रिएपछि देशभर तनाव र हिंसा भड्किएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ। गोपालगन्ज जिल्लामा हसिनाको प्रतिबन्धित राजनीतिक दल अवामी लिगको भ्रातृ संगठन बंगलादेश छात्र लिगका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ। झडपका क्रममा प्रदर्शनकारीले प्रहरीको […] ...

काठमाण्डुपाटी
भारतको आसाममा रेल दुर्घटना, कैयौँ यात्रु घाइते
Latest NewsJust now

भारतको आसाममा रेल दुर्घटना, कैयौँ यात्रु घाइते

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य आसाममा बुधबार रेलका केही डिब्बा पटरीबाट खस्दा कैयौँ यात्रु घाइते भएका छन्। पश्चिम बंगालको राजधानी कोलकाताबाट मिजोरमको साइराङतर्फ गइरहेको रेल दुर्घटनामा परेको पूर्वोत्तर सीमावर्ती रेलवेका एक अधिकारीले पुष्टि गरेका छन्। दुर्घटनामा रेलका केही डिब्बा लिकबाट बाहिरिएका थिए। घटनामा कैयौँ यात्रु घाइते भएको बताइएको छ। यद्यपि, हालसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन। रेलवे अधिकारीका अनुसार दुर्घटनाबाट भएको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play