Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग भएको छ : डा. डिला संग्रौला

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग भएको छ : डा. डिला संग्रौला
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग भइरहेको विषयलाई स्पष्ट पारेको बताउनुभएको छ। उहाँले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै देशमा सुशासनको सट्टा छाडातन्त्र हावी हुँदै गएको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आज आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार सञ्चालन भइरहेको भए पनि मुलुकमा भइरहेका गतिविधिले सरकारको जवाफदेहिता र कार्यशैलीमाथि प्रश्न उठाएको बताउनुभएको छ।उहाँले लेख्नुभएको छ, “इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग कसरी भइरहेको छ भन्ने कुरा घामजस्तै छर्लङ्ग भएको छ। देशमा प्रधानमन्त्री बालेन शाह हुनुहुन्छ कि को हुनुहुन्छ भन्ने कुरा आम मान्छेले भेउ पनि पाउन छाडेपछि देशमा सुशासन होइन, छाडातन्त्र हावी भएका उदाहरणहरू देखिन थालेका छन्।” महामन्त्री संग्रौलाले लोकतन्त्रको पहरेदारका रूपमा रहेको नेपाली कांग्रेसमाथि सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको आरोपसमेत लगाउनुभएको छ। सत्तामा रहेकाहरूले गरेका गल्तीहरू क्रमशः सार्वजनिक हुँदै जाँदा त्यसको जवाफदेहिताबाट पन्छिन नसकिने उहाँको भनाइ छ। उहाँले प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएको उल्लेख गर्दै यसबारे सरकारसँग जवाफ माग्नुभएको छ। “प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोनलाई फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको कुरा समेत जिम्मेवार मिडियाबाट सार्वजनिक भइसकेको अवस्थामा अब जवाफ दिनुपर्ने पालो सत्ता र सत्तारूढ दलको हो,” उहाँले लेख्नुभएको छ। संग्रौलाले सरकार र सत्तारूढ दलले प्रतिपक्षलाई मात्रै प्रश्न गर्ने प्रवृत्तिमाथि पनि आपत्ति जनाउनुभएको छ। लोकतान्त्रिक शासन व्यवस्थामा सत्तापक्ष पनि आफ्ना कामकारबाहीप्रति उत्तिकै जवाफदेही हुनुपर्ने उहाँको भनाई छ । उहाँले प्रश्न गर्नुभएको छ, “कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल
PoliticsJust now

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

काठमाडौं। जेनजी अगुवा रवि किरण हमालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री बालेन्द्र शाहदेखि नेपाली कांग्रेस सभापति गगनकुमार थापासम्मको नाम जोडिएर सार्वजनिक... ...

सिंहदरबार न्युज
इनम सापकोटा प्रधानमन्त्रीको टीमकै निकट रहेको तथ्य खुल्यो : भेटियो कुमार बेनसँग महिनौंदेखि ह्वाट्सएप संवाद
PoliticsJust now

इनम सापकोटा प्रधानमन्त्रीको टीमकै निकट रहेको तथ्य खुल्यो : भेटियो कुमार बेनसँग महिनौंदेखि ह्वाट्सएप संवाद

काठमाडौं, कात्तिक १८ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन र अनुसन्धानमा तानिएका बिचौलिया इनम सापकोटाबीच महिनौंदेखि पटक–पटक ह्वाट्सएपमार्फत संवाद हुने गरेको तथ्य सार्वजनिक भएको छ । अझ गम्भीर पक्ष, अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेका सापकोटाका दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण हुनुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको नियन्त्रणमा दुई दिनसम्म रहेको खुलासा प्रहरी स्रोतले गरेको ...

जनताटाइम्स
संसद् छल्ने र प्रेसमाथि दबाब सिर्जना गर्ने प्रयास मान्य हुँदैन : एमाले सचिव महेश बस्नेत
PoliticsJust now

संसद् छल्ने र प्रेसमाथि दबाब सिर्जना गर्ने प्रयास मान्य हुँदैन : एमाले सचिव महेश बस्नेत

काठमाडौं, कात्तिक १८ । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संसद्लाई छलेर अध्यादेश ल्याउने प्रयासप्रति आपत्ति जनाउनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले पत्रकार तथा सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने, पत्रकारलाई कानुनी आधारबिना पक्राउ गर्ने र सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी तेर्स्याउनेजस्ता गतिविधि लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको टिप्पणी गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “कहिले ...

जनताटाइम्स
सोल्मा अन्तर वडाकपको उपाधि इन्द्रेणीपोखरीलाई
PoliticsJust now

सोल्मा अन्तर वडाकपको उपाधि इन्द्रेणीपोखरीलाई

सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको ‘सातौँ सोल्मा अन्तर वडाकप पुरुष फुटबल प्रतियोगिता’को उपाधि खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा मङ्गलबार भएको फाइनल खेलमा साकेला गाउँपालिका-५ मात्तिमलाई शून्यका विरुद्ध तीन गोल गर्दै इन्द्रेणीपोखरीले अन्तर वडाकप फुटबल प्रतियोगिताको उपाधि जितेको हो । सातौँ संस्करणको उपाधि विजेता इन्द्रेणीपोखरीले एक लाख २२ हजार २२२ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play