इजरेल चुनाव: विपक्षीद्वारा नेतन्याहुले चुनावलाई 'अवैध' बनाउन खोजेको आरोप

AFP via Getty Images इजरेलका मुख्य विपक्षी नेता गादी आइजनकोट र अरब नेतृत्वको पार्टीका नेताहरूले प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको आलोचना गरेका छन्।निर्वाचनमा आफ्नो गठबन्धनले बहुमत गुमाएपछि नेतन्याहुले विदेशी हस्तक्षेपको आरोप लगाएका थिए।नेतन्याहुको लिकुड पार्टीले इजरेलको अरब नेतृत्वको दलहरूले चुनाव "चोरेको" आरोप लगाएको छ। देशको आन्तरिक सुरक्षा निकाय शिन बेटले यी दलहरूले कतार र टर्कीबाट अवैध आर्थिक सहयोग प्राप्त गरे वा गरेनन् भनेर अनुसन्धान गरिरहेको जनाएको छ। कसैको पनि बहुमत नपुगे इजरेलमा कसरी गठन हुन्छ सरकारचुनावमा होमिँदै इजरेल र अमेरिका, परिणामले पार्न सक्छ विश्वव्यापी प्रभाव कतारको विदेश मन्त्रालयले उक्त आरोपलाई 'हास्यास्पद र खतरनाक' भन्दै खारेज गरेको छ।उनले इजरेली नेताहरूले दोहाविरुद्ध गलत प्रचार अभियान चलाएको आरोप लगाए।कसले कति सीट पाए?अन्तिम परिणामले नेतन्याहुको गठबन्धन वा यहुदी विपक्षी दुवैले संसद्मा बहुमत प्राप्त नगरेको पुष्टि गरेको छ।अरब मतदाताको मतदानमा वृद्धि भएपछि १२० सीट भएको सेनेटमा दुई अरबमुखी पार्टीहरू जोइन्ट लिस्ट र रा'मले १९ सीट जिते।यसले गर्दा यी दलहरूले सरकार गठनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने अवस्थामा पुगेका छन्।नेतन्याहुको गठबन्धनले ५३ सीट जितेको छ भने उनका प्रतिद्वन्द्वी गादी आइजनकोटको गठबन्धनले ४८ सीट जितेको छ।बिहीवार लिकुड पार्टीले अरब पार्टीलाई मतदान गर्न मतदाताहरूलाई "घुस" दिएको आरोप लगाएको थियो। इजरेलमा नयाँ सरकार आफूले बनाउने दुवै प्रतिस्पर्धीको दाबीकसैको पनि बहुमत नपुगे इजरेलमा कसरी गठन हुन्छ सरकार यसअघि केन्द्रीय निर्वाचन समिति (सीईसी)का प्रमुखले सुरक्षा निकाय शिन बेटलाई विदेशी हस्तक्षेपको 'गम्भीर आशङ्का'को छानबिन गर्न भनेका थिए।दुवै अरब पार्टीले उक्त आरोपको कडा रूपमा खण्डन गरेका छन्। जोइन्ट लिस्ट गठबन्धनले त्यस्ता आरोपहरू निराधार भएको जनाएको छ।नेतन्याहुका आलोचकहरूले यो विवादलाई अरब पार्टीहरूको वैधतामाथि प्रश्न उठाउने प्रयास भएको बताएका छन्।यसले गर्दा आइजनकोटलाई यी पार्टीहरूसँग गठबन्धन गर्न राजनीतिक रूपमा असम्भव हुन सक्छ। अहिले उनको गठबन्धन सत्तामा पुग्ने यो एकमात्र तरिका हो।लिकुड पार्टीको आरोप र विपक्षीको प्रतिक्रिया EPA इजरेली सञ्चारमाध्यमका अनुसार कतारले अरब समुदायमा मतदान बढाउने उद्देश्यले उक्त रकम खर्च गरेको दाबी केन्द्रीय निर्वाचन समिति सीईसी समक्ष गरिएको थियो।कतारको विदेश मन्त्रालयले उक्त दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। नेतन्याहु र उनको लिकुड पार्टीले उक्त आरोपलाई "राजनीतिक भूकम्प' र 'लोकतन्त्रमाथिको आक्रमण' को संज्ञा दिएका छन्।उनले आफ्नो दक्षिणपन्थी सरकारलाई सत्ताबाट हटाउने लक्ष्य रहेको बताए।यद्यपि शिन बेटले पछि यसको अनुसन्धानले कानुनी रूपमा मतदान गर्ने सबैलाई शङ्काको घेरामा नराखेको स्पष्ट पार्यो।अन्तिम नतिजापछि तीन विकल्पअन्तिम परिणामपछि सरकार गठनका लागि तीनवटा मात्रै विकल्प बाँकी छन्। पहिलो, नेतन्याहु र आइजनकोटको सहभागितामा राष्ट्रिय एकताको सरकारदोस्रो, नेतन्याहुको नेतृत्वमा रहेको दक्षिणपन्थी गठबन्धन जसमा आइजनकोटको गठबन्धनबाट अलग भएका नेताहरू पनि सामेल छन्तेस्रो, आइजनकोट नेतृत्वको सरकार जसलाई अरब पार्टीहरूको समर्थन छ आइजनकोट र उनको गठबन्धनका एक सदस्यबाहेक अन्य सबै नेताहरूले यसअघि अरब पार्टीहरूसँग सरकार गठन गर्न अस्वीकार गरेका थिए। तर केही दिनयता दुई पक्षबीच सहमति हुनसक्ने अनुमान गरिएको छ। कसैको पनि बहुमत नपुगे इजरेलमा कसरी गठन हुन्छ सरकारइजरेलतर्फ गइरहेको विमानमा धारिलो हतियार प्रहार गरिएका 'हिरो' भारतीय पाइलट को हुन्? बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

गत असोजको दोस्रो साताको बाढीले धानबालीमा मात्रै १ करोड ४३ लाखको क्षति, एक महिनापछि बल्ल विवरण
निरन्तरको वर्षाले हजारौं रोपनी क्षेत्रफलमा लगाएको धानबाली बाढीले डुबानमा परेको थियो । किसानले क्षतिपूर्तिका लागि सम्बन्धित निकायको हारगुहार गरेका थिए । ...

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालन अन्तिम चरणमा
जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए। ‘प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विश... ...

निलगिरी र लुम्बिनीसहित ६ निर्माण कम्पनी ३ वर्षसम्मका लागि कालोसूचीमा
काठमाडौँ । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद... ...

वृद्धाश्रममा आफन्तको प्रतीक्षा
बुलबुले समाचारदातासुर्खेत, कात्तिक १३ गते । आश्रम प्रवेश गर्ने ढोकाको आवाज आउनेबित्तिकै झ्यालबाट झट्ट चियाउनुहुन्छ लछिमाकुमारी गौतम । ६९ वर्षीय गौतम १२ वर्षदेखि वीरेन्द्रनगरस्थित प... ...


