आर्य ल्याब एनपिएलको स्वास्थ्य साझेदार

काठमाडौं । स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपिएल) को स्वास्थ्य साझेदारका रूपमा सहकार्य गर्ने सम्झौता गरेको छ । सहकार्यको उद्देश्य क्रिकेटमार्फत् स्वास्थ्य सचेतना अभिवृद्धिका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्ध थप मजबुत बनाउने कम्पनीको लक्ष्य छ । सहकार्यअन्तर्गत एनपिएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्य फार्माल्याबले स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष, जनचेतनामूलक कार्यक्रम तथा मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधिहरू सञ्चालन गरिरहेको छ । सोही क्रममा आर्यले खेलाडीको उत्कृष्ट प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’ मार्फत् प्रत्येक खेलमा दुर्ई खेलाडीलाई जनही २५-२५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ । प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाँको ‘हाटविट मुमेन्ट अफ द म्याच’ प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

सिर्जनाको साझा मञ्च बन्यो दमक
काठमाडौँ, कात्तिक १५ गते । पूर्वी नेपालको व्यावसायिक सहर दमक पछिल्लो समय साहित्य, कला र संगीतको साझा मञ्चका रूपमा पनि स्थापित हुन थालेको छ । यही सिर्जनात्मक पहिचानलाई थप विस्तार गर... ...
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी
• कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया सुरु गरिएको छ। • यसले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र स्थानीय समुदायलाई सचेत गराउन मद्दत गर्नेछ। • रेडियो कलर जडानको काम वरिष्ठ संरक्षण अधिकृतको सुपरिवेक्षणमा प्राविधिक टोलीले गर्नेछ। ...

१५ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७२,०००, चाँदी रु ३,६५०
सुनको भाउ तोलामा रु २७२,००० र चाँदीको भाउ रु ३,६५० — आजको भाउ सार्वजनिक। ...
_RW4OXpTHiS.jpg)
देश ठुलो सङ्कटतर्फ उन्मुख भएको सङ्केत देखिँदैछ : डा. बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले देश ठुलो सङ्कटतर्फ उन्मुख भइरहेको सङ्केत गरेको बताएका छन् । आइतबार सामाजिक... ...


