Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

आयुर्वेद तथा वैकल्पिक चिकित्साका सबै विधाको समस्या सम्बोधन गर्न मन्त्री मेहताको जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
आयुर्वेद तथा वैकल्पिक चिकित्साका सबै विधाको समस्या सम्बोधन गर्न मन्त्री मेहताको जोड
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी सबै विधाको पहिचान, प्रतिनिधित्व र पेसागत सम्मान सुनिश्चित हुने गरी आयुर्वेद परिषद् ऐन संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएकी छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी विभिन्न विधाका प्रतिनिधि तथा सरोकारवालासँग बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री मेहताले सबै विधाका समस्या सम्बोधन हुने र परिषद्मा सबैको प्रतिनिधित्व सुनिश्चित हुने गरी ऐन संशोधन अघि बढाउनुपर्ने धारणा राखेकी हुन्। छलफलमा आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चर तथा चाइनिज मेडिसिनलगायत विधाका प्रतिनिधिले आ–आफ्नो विधाको पहिचान, पेसागत सुरक्षा र परिषद्मा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राखेका थिए। उनीहरूले दर्ता, नियमन तथा सरकारी सेवामा समावेश हुने विषयमा भोग्दै आएका समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए। छलफलमा सबै विधालाई एउटै परिषद्मा समेटेर अघि बढाउँदा स्रोतसाधनको मितव्ययिता तथा नियमनमा सहजता हुने धारणा पनि राखिएको थियो। परिषद्को नाम, संरचना, नेतृत्व तथा निर्णय प्रक्रियामा सबै विधाको पहिचान र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने विषयसमेत उठाइएको थियो। आयुर्वेद परिषद्का अध्यक्ष डा. सिद्धार्थ ठाकुरले सरोकारवालासँगको छलफलबाट प्राप्त सुझाव समेटेर ऐन संशोधनको प्रस्ताव तयार गर्ने जानकारी दिए। छलफलमा सबै विधाको अस्तित्व र सहअस्तित्व स्वीकार गर्दै पहिचान, प्रतिनिधित्व तथा पेसागत समस्याको समाधानका लागि साझा समझदारी कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
घाइते शान्तनुको स्वास्थ्य अवस्था बुझ्न मन्त्रीद्वय अस्पतालमा
Latest NewsJust now

घाइते शान्तनुको स्वास्थ्य अवस्था बुझ्न मन्त्रीद्वय अस्पतालमा

काठमाडौँ । दुई मन्त्रीले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा पुनर्स्थापनाबारे बुझेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र महिला, बालबालिका, लैङ्गिक तथा... ...

रातोपाटी
कांग्रेसको मूल प्रवाहमा फर्किन महामन्त्री संग्रौलाको आह्वान
Latest NewsJust now

कांग्रेसको मूल प्रवाहमा फर्किन महामन्त्री संग्रौलाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले पार्टीबाट बाहिर रहेका नेता तथा कार्यकर्ताहरूलाई मूल प्रवाहमा फर्किन आह्वान गरेकी छन्। निर्वाचन आयोगले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमिति र संशोधित विधानलाई आधिकारिक मान्यता दिएपछि उनले यस्तो आग्रह गरेकी हुन्। महामन्त्री संग्रौलाले विगतका सबै तिक्तता र मतभेदहरूलाई बिर्सेर पार्टीको संगठन सुदृढीकरण अभियानमा एकजुट भई लाग्न सबैलाई आग्रह गरेकी छन्। उनले पार्टीले पूर्ण ...

नेपालन्युज
परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

• परराष्ट्रमन्त्री शिशिर खनाल र युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराबीच शिष्टाचार भेट भएको छ। • भेटमा नेपाल र युनिसेफबीचको सहकार्यलाई सुदृढ बनाउने विषयमा छलफल गरिएको छ। • भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा युनिसेफको सहयोगलाई प्रभावकारी बनाउन कुराकानी भएको छ। ...

नेपालबहस
संखुवासभाका ६ उत्कृष्ट उद्यमी सम्मानित
Latest NewsJust now

संखुवासभाका ६ उत्कृष्ट उद्यमी सम्मानित

कृषि, पशुपालन, जडीबुटी उत्पादन तथा घरेलु उद्योगका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका उद्यमीलाई मंगलबार नगद पुरस्कारसहित सम्मान गरिएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement