काठमाडौं । वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले नेपालमा क्रिकेट खेल्दा आफूले निकै रमाइलो अनुभव गरिरहेको बताएका छन् । आजको खेल जितेपछि प्रतिक्रिया दिँदै रसेलले नेपाली क्रिकेट समर्थकको खुलेर प्रशंसा गरे । उनले समर्थकको उत्साह र समर्थनले मैदानमा खेलाडीलाई थप ऊर्जा दिने बताए । ‘म यहाँ खेल्न निकै रमाइरहेको छु । अर्को एउटा खेलका लागि पनि यहाँ बस्दैछु । नेपाली समर्थकहरू उत्कृष्ट छन् । तपाईंले चौका वा छक्का प्रहार गर्दा अथवा विकेट लिँदा दर्शकबाट आउने ठूलो हुटिङले मैदानमा खेलिरहेका हामीलाई विशेष ऊर्जा दिन्छ,’ उनले भने । उनले नेपाली समर्थकले आफ्नो टोलीलाई मात्रै नभई सबै टोलीलाई समान रूपमा समर्थन गरिरहेको बताए । यस्तो समर्थन क्रिकेट र खेलाडी दुवैका लागि राम्रो भएको उनको भनाइ छ । ‘यहाँको समर्थन अद्भुत छ । म यहाँ आफ्नो बसाइ लम्ब्याउन पाउँदा खुसी छु । आशा छ, अर्को वर्ष पूरै प्रतियोगिताका लागि यहाँ आउनेछु । म तपाईंहरू सबैलाई माया गर्छु,’ रसेलले भने ।
आन्द्रे रसेलले गरे नेपाली समर्थकको प्रशंसा, भने– अर्को वर्ष पूरै प्रतियोगिताका लागि आउँछु

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु




.jpg)

