आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको पहिलो जित

काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ। वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो। तीन खेल खेलेको विराटनगरले पहिलो जित हात पार्दै दुई अंक जोडेको छ। यससँगै विराटनगरले प्रतियोगितामा अंकको खाता खोलेको छ। विराटनगरको जितमा रसेलले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा योगदान दिए। उनले ब्याटिङमा अविजित २९ रन बनाउनुका साथै बलिङमा एक विकेट लिए। यस्तै, फिल्डिङमा एक क्याच पनि लिए। सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित २८ रन बनाए। ओपनर सैफ जैबले १० बलमा दुई छक्कासहित १७ रन जोड्दा आरिफ शेखले पनि अविजित १७ रन बनाए। बलिङतर्फ विराटनगरका लागि दुई ओभर बलिङ गरेका रसेलले आठ रन खर्चेर एक विकेट लिए। एन्जेलो म्याथ्युजले एक ओभरमा १५ रन दिँदै एक विकेट हात पारे।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
_FBUOnST5rH.jpg)
एसियाली राजमार्ग निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती
झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक खण्डको निर्माणलाई व्यवस्थित गरी यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले माग गरेका छन् । एसियाली विकास बैंकको वित्तीय सहयोगमा... ...

सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने
पर्सा । सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी... ...

भारतका विपक्षी दलद्वारा निर्वाचन आयुक्तमाथि ‘प्रतीकात्मक महाभियोग’को अभ्यास
काठमाडौँ । भारतका राजनीतिक विपक्षी दलहरूले शनिबार निर्वाचन आयुक्तको ‘प्रतीकात्मक महाभियोग’ को अभ्यास गरेका छन् । उनीहरूले मतदाता सूची संशोधनमा भएको भनिएको अनियमितताको विरोधमा यो कदम चालेका हुन् । संशोधनले सत्तारूढ... ...

पदमपोखरीमा व्यावसायिक मेवाखेतीबाट किसानको आम्दानी बढ्दै
बागमती । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका किसान व्यावसायिक मेवाखेतीमा आकर्षित भएका छन् । मेवाखेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका १०० भन्दा बढी किसान यस व्यवसायमा आबद्ध भएका छन् । आधामार कृषक समूहका... ...


