Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा, भोलिदेखि भृकुटीमण्डपमा सुरु हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा, भोलिदेखि भृकुटीमण्डपमा सुरु हुने
Photo / Coverage: टक्सार

काठमाडाैँ । काठमाडौंको भृकुटीमण्डपमा भोलि (मंसिर ४)देखि ६ गतेसम्म आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आधुनिक कृषि यन्त्र, उपकरण तथा नवीनतम प्रविधिको प्रदर्शनसँगै रैथाने सीप र उत्पादनको प्रवर्द्धन तथा अवलोकनकर्ताका लागि आकर्षक उपहारको व्यवस्था गर्दै प्रदर्शनी आयोजना हुन लागेको हो । ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी प्रकारका कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहनेछन् । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माले प्रदर्शनीले नेपाली कृषि क्षेत्रमा आधुनिक यन्त्र तथा प्रविधिको प्रयोग विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनका अनुसार प्रदर्शनीमा आधुनिक कृषि यान्त्रीकरणका उपकरणसँगै नेपाली किसान, कृषि उद्यमी तथा व्यवसायीलाई नयाँ प्रविधिबारे जानकारी दिने र कृषि क्षेत्रलाई व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने सामग्री प्रदर्शन गरिनेछ । शर्माले आधुनिक कृषि प्रविधिको प्रवर्द्धनसँगै स्थानीय उत्पादन, रैथाने सीप र परम्परागत प्रविधिको संरक्षणलाई पनि प्रदर्शनीले प्राथमिकता दिएको बताए । सोही उद्देश्यअनुसार राउटे समुदायका उत्पादन प्रदर्शन तथा बिक्रीका लागि दुईवटा स्टल निःशुल्क उपलब्ध गराइने भएको छ । राउटे समुदायलाई प्रदर्शनीमा सहभागी गराउन सोसेक नेपालले समन्वय गर्नेछ । संस्थाको पहलमा समुदायका प्रतिनिधिहरूले आफ्ना परम्परागत सीपबाट उत्पादित सामग्री प्रदर्शनीमा राख्नेछन् । प्रदर्शनीलाई थप आकर्षक बनाउन अवलोकनकर्ताका लागि लक्की ड्रमार्फत उपहार वितरण गर्ने व्यवस्था गरिएको छ । प्रदर्शनी अवधिभर प्रत्येक दिन ५० जना अवलोकनकर्ता छनोट गरी कृषि मेसिनरी, मल, स्प्रे, मल्चिङ प्लास्टिक, विद्युतीय मकै छोडाउने मेसिनलगायतका कृषि सामग्री तथा साना औजार उपहार प्रदान गरिनेछ । लक्की ड्रका प्रमुख विजेतालाई प्रदर्शनीको अन्तिम दिन मिनी ट्रेलर प्रदान गरिने आयोजकले जनाएको छ । प्रदर्शनीको मुख्य प्रायोजकमा एसकेटी नेपाल प्रालि रहेको छ । त्यस्तै, प्लेटिनम प्रायोजकमा जी–सेभेन एग्रिकल्चर प्रालि, नेपाल ट्रेड होस्ट प्रालि र शलोम एग्रिकल्चर प्रालि रहेका छन् । यी कम्पनीहरूले आधुनिक कृषि प्रविधि तथा उपकरणको प्रवर्द्धन र नेपाली किसानमाझ त्यसको पहुँच विस्तारमा सहकार्य गर्नेछन् । प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रणाली, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रदर्शन गरिनेछ । यसका साथै स्वदेशमै विकसित तथा निर्माण गरिएका कृषि उपकरणलाई समेत प्रदर्शनीमा स्थान दिइनेछ । विभिन्न कम्पनी तथा संस्थाले आफ्ना उत्पादन र प्रविधिबारे किसानलाई प्रत्यक्ष जानकारी दिनेछन् । कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहेको प्रदर्शनीमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा सहभागी हुनेछन् । मंसिर ४ देखि ६ गतेसम्म तीन दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीले आधुनिक कृषि प्रविधिको पहुँच किसानसम्म पुर्‍याउनुका साथै कृषि यन्त्र तथा उपकरणको प्रयोग विस्तार, कृषि उद्यमशीलताको विकास र कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
थरिन्दुको धैर्यपूर्ण ब्याटिङले सुदूर फाइनलमा, चितवन तीन विकेटले पराजित
Latest NewsJust now

थरिन्दुको धैर्यपूर्ण ब्याटिङले सुदूर फाइनलमा, चितवन तीन विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । १३५ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरले सात विकेट... ...

रातोपाटी
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा
Latest NewsJust now

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ।  एनपीएलमा लगातार तीन वटा फाइनल खेल्ने सुदूरपश्चिम एक्लो टोली हो। बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवनलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले फेरि लुम्बिनीसँगको भेट पक्का गरेको छ।   सुदूरपश्चिमले अब उपाधिका लागि शनिबार लुम्... ...

नेपालखबर
अमिताभ बच्चनपछि सैफ अली खानलाई धम्की
Latest NewsJust now

अमिताभ बच्चनपछि सैफ अली खानलाई धम्की

बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार बाबा सिद्दिकी हत्याकाण्डका वान्टेड अभियुक्त जिशान अख्तरको नामबाट खानलाई मार्ने धम्की आएको हो।  यो पछिल्ला केही हप्तामा फिल्म स्टारहरूलाई धम्की दिइएको पछिल्लो घटना हो। यसअघि अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरलाई यस्तै धम्की दिइएको छ। मुम्बई प्रहरीले यस विषयम... ...

नेपालखबर
सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग
Latest NewsJust now

सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

• सुरक्षण मुद्रण केन्द्रले बाढी प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड पाँच लाख सहयोग गरेको छ। • केन्द्रले सवारी चालक अनुमतिपत्र र हुलाक टिकट छपाइ गर्दै आफ्नो क्षमता विस्तार गरेको र आगामी दिनमा अन्य उच्च सुरक्षणयुक्त कागजात पनि स्वदेशमै छपाइ गर्ने तयारीमा छ। • अर्थमन्त्री र सञ्चारमन्त्रीले केन्द्रको क्षमता विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play