Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

आजदेखि काठमाडौँका विभिन्न क्षेत्रमा चार दिन विद्युत् कटौती हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजदेखि काठमाडौँका विभिन्न क्षेत्रमा चार दिन विद्युत् कटौती हुने
Photo / Coverage: पर्दाफास

नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्रले विद्युत् वितरण प्रणाली सुदृढीकरण तथा मर्मतसम्भार कार्यका लागि काठमाडौँका विभिन्न क्षेत्रमा चार दिन विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। बानेश्वर वितरण केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार भूमिगत लाइनको काम सम्पन्न भइसकेका क्षेत्रमा स्ट्रक्चर फिटिङ, एचटीरएलटी केबल राइजिङ, केबल कनेक्सन तथा बसबार एरेन्जमेन्टलगायतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो। प्राधिकरणका अनुसार मंसिर १२ गते शनिबार केएमसी तथा पुरानो विमानस्थल क्षेत्रका विभिन्न स्थानमा विद्युत् कटौती हुनेछ। त्यस्तै, मंसिर १३ गते आइतबार पुरानो विमानस्थल क्षेत्र, मंसिर १४ गते सोमबार शंखमूल तथा धोबीखोला क्षेत्र र मंसिर १५ गते मंगलबार केएमसी क्षेत्रका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द रहनेछ। प्राधिकरणका अनुसार तोकिएका सबै दिनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। आज शनिबार आलोकनगर मार्ग, आलोक मध्य मार्ग, आलोक तारा मार्ग, सावित्री मार्ग, नापी विभाग एरियामा विद्युत् आपूर्ति बन्द रहनेछ । भोलि आइतबार शंखमुल मार्गमा विद्युत् आपूर्ति बन्द रहनेछ । पर्सि सोमबार बुद्धनगर, बिजुली बजार एरियामा विद्युत् कटौती हुने छ । यस्तै, मंसिर १५ गते मंगलबार ३१ नं.वडा कार्यालय एरिया, तिनकुने तरकारी बजार एरियामा विद्युत् कटौती हुने छ । प्राधिकरणले निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति सुचारु गरिने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मुस्ताङमा भारतीय सहयोगमा निर्मित विद्यालयको छात्रावास उद्घाटन
OthersJust now

मुस्ताङमा भारतीय सहयोगमा निर्मित विद्यालयको छात्रावास उद्घाटन

भारत सरकारको सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ स्थित श्री दिव्य दीप माध्यमिक विद्यालयमा निर्माण गरिएको छात्रावास भवन उद्घाटन गरिएको छ। भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बिहीबार संयुक्त रूपमा नवनिर्मित छात्रावास भवन उद्घाटन गरेका हुन्। उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्षसहित स्थानीय सरोकारवालाले भारत ...

पर्दाफास
म्याद थपिंदा पनि बनेन अर्जुनचौपारी–रापाकोट सडक
OthersJust now

म्याद थपिंदा पनि बनेन अर्जुनचौपारी–रापाकोट सडक

१२ मङ्सिर, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तीन वडा जोड्ने अर्जुनचौपारी–रापाकोट रणनीतिक सडकको भँगारी खण्ड दुई वर्षदेखि अधुरै छ । एक हजार आठ सय मिटर लामो सडक निर्माणका लागि पटक–पटक म्याद थपिए पनि कामले गति लिन सकेको छैन । निर्माणमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले सामाजिक सञ्जालमार्फत भौतिक पूर्वाधार विकास तथा यातायात… ...

अनलाइन खबर
जसपालाई कांग्रेसको आश
OthersJust now

जसपालाई कांग्रेसको आश

नेताहरूका अनुसार जसपा नेपालका अध्यक्ष यादव भने कांग्रेस नेतृत्वको साथ पाउनेमा आशावादी छन् । ...

अनलाइन खबर
सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै
OthersJust now

सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै

काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) छापिरहेको छ । हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ । केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ । हाल केन्द्रमा दैनिक रूपमा यातायात व्यवस्था विभागअन्तर्गका कार्यालयबाट प्राप्त ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement