Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन । आफ्नो आत्मालाई चिनेर आत्म शुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकारलाई नाश गरेर ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्हपूजा मनाउने गर्दछन । म्हपूजाका लागि नेवार समुदाय बिहानैदेखि घर सफा गर्ने र विभिन्न पकवान तयार गरी म्हपूजाको तयारी गर्दछन् । साँझमा गरिने म्हपूजाका लागि सुरुमा मण्डप बनाउने स्थानमा रातो माटोले लिपेर चोखो पानी छर्किइन्छ । पानीको मण्डला बनाई त्यसको माथि तेलको मण्डला र तेलको माथि भुइसिन (सुन्तला रङको) मण्डला बनाइन्छ । अनि चामलको पिठोको मण्डला बनाई त्यसलाई कालो भटमास, आख्य (धानको बोक्रा निकालेर तयार गरेको कालो चामल), लावा, मासको गेडाले सजाई मण्डप तयार गरिन्छ । त्यसको माथि खेलुइता (टुप्पिदेखि चिउँडोसम्मको नापमा बनाइएको मलमल कपडा)को बत्ती राखिन्छ । घरका सदस्य क्रमशः घरको मूलीदेखि लस्करै मण्डला अगाडि पारेर बस्छन् । मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, वयरलगायतका फलफूल सजाइन्छ । त्यसको माथि कोखा (काँचो धागोमा पञ्चरङ्गीन कपडाको टुक्रा राखेर बनाइएको माला), फूलको माला र सयपत्री फूल राखिन्छ । म्हपूजा गर्दा पहिले घरको मूलीभन्दा माथि मण्डलामा सुकुण्डा बालेर चामलको पिठोबाट बनाइएको गणेश पूजा गरी सुरु गरिन्छ । यो पूजा घरको नकी (मूली महिला)ले गर्ने परम्परा छ । यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत्रूपमा पूजा गरी खेलुइता बालेर शरीरको तीन अङ्ग घुँडा, कुम र टाउकोमा तीन ओटा मुटुमारी (चामलको रोटी), पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर, ताय, जुङ्गेधान, आँखे आदि राखेर तीन पटकसम्म टाउकोमा ढोगाएर मण्डलामा जाने गरी कुल (काठको पाठी)ले खन्याई म्हपूजा गरिन्छ । म्हपूजा गर्दा खेलइता निभाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ । पूजा सकिएपछि क्रममा बिमिरो, कोखा, फूलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउकोमा फूल राखिन्छ । त्यसपछि खेलुइता ननिभेकै बेला नकीले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ । रातभरि त्यतिकै छोडेर भोलिपल्ट बिहानै खोलामा लगेर सेलाइन्छ । म्हपूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं (अण्डा सगुन) लिने परम्परा रहेको छ । नेवार समुदायमा हरेक शुभकार्यमा सगुन लिने दिने प्रचलन रहेको छ । खेःसगं दिँदा अण्डा, माछा, बारा र मदिरा दिइन्छ । यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवान राखेर भोज खाने प्रचलन छ । भोज खाइसकेपछि सलादका रूपमा बिमिरो काटेर भोज समापन गरिन्छ । म्हपूजा गर्दा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गर्नसक्ने ज्ञान प्राप्त हुने जनविश्वास रहेको छ । साथै शरीरमा कुनै रोग व्याधि नलागोस्, सधैँ स्वस्थ रहोस् भन्ने कामनासमेत गरिन्छ । म्हपूजा गर्नुको अर्को उद्देश्य जीवनमा पाप कर्म गर्न नपरोस् भनी बलिराजालाई साक्षी राखेर प्रतिज्ञा गर्नु पनि रहेको संस्कृतिकर्मी बताउँछन् । मानव समाजमा आत्माभन्दा ठूलो केही पनि छैन । यही आत्मालाई शान्ति र सन्तुष्टि मिलोस् । यसले सारा जगत्मा ज्ञानको ज्योति फैलाओस् भनी यो पूजा गरिन्छ । आत्मसन्तुष्टि नै सबभन्दा ठूलो सन्तुष्टि हो । त्यही भएर हामी यमपञ्चकको समयमा काग, कुकुर, गाई, गोरुको पनि पूजा गरिन्छ । म्हपूजा मानव सभ्यता, संस्कृति, धार्मिक र आध्यात्मिक पक्षसँग मात्र नभई मानव विकासक्रमसँग जोडिएको उनको कथन छ । हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ । पञ्च प्रकारको रूपमा लिँदा अण्डालाई मैथुनका रूपमा लिइन्छ । जसमा प्राण छ, प्राण भएपछि सृष्टि हुन्छ जसले गर्दा मानव सभ्यताको विकासक्रममा यसले सहयोग पुर्याएको बताइन्छ । म्हपूजा यमपञ्चकको चौथो दिनमा गरिन्छ । त्यसको अघिल्लो दिनअर्थात् औँसीको दिन लक्ष्मी पूजा । जुन दिन कोजाग्रत पूर्णिमादेखि औँसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ । यही सम्पन्ताको प्रतीकस्वरुप गरिने पूजा नै म्हपूजा हो । म्हपूजा नेवार समुदायको प्राचीन पर्व हो । नेपाल मण्डलका नेवार समुदायले प्राचीन समयदेखि यसलाई मौलिक पर्वका रूपमा मनाउँदै आएको छ । यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतीक दैनिक जीवनमा प्रयोग हुने चुलो, कुचो, नाङ्लो, गाग्री, करुवा, सिलौटालगायत पूजा गरी म्हपूजा पर्व मनाइन्छ । यसै दिन पारेर नेवारले नयाँ सम्वत्समेत मनाउँछन् । म्हपूजाको दिन शङ्खधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्ता गरी ऋणबाट मुक्त गराएको आख्यानसमेत रहेको छ । म्हपूजाकै अवसर पारेर शङ्खधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल सम्वत सुरु भएको कथन पाइन्छ । कथनअनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुर्हुतमा विष्णुमती र भद्रमतीको बीचमा रहेको चङ्खुतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाउँछ । सोहीअनुसार चार जना भरियालाई राजा आनन्द देवले गोप्यरूपमा चङ्खुतीर्थमा बालुवा लिन पठाए । ती भरियाहरु बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शङ्खधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले । उनले बालुवामा केही रहस्य भएको शङ्का गरी ती भरियालाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारीहरु आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाए । भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शङ्खधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर सो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ सम्वत चलाए । सोही खुशियालीमा आज पनि म्हपूजाकै दिन पारेर नेपाल सम्वतलाई धुमधामका साथ मनाउन थालिएको हो । कार्तिक शुक्ल प्रतिपदाको अवसर पारेर बिहीबार राति नेवार समुदायले आत्मा शुद्धि गरी ज्ञानको ज्योति फैलाउन म्हपूजा पर्व मनाउँदैछन् । म्हपूजाको दिन सम्पन्नताको प्रतीक कुचो, नाङ्लो, चुलो, गाग्री, करुवालगायत दैनिकरूपमा घरमा प्रयोग हुने सामानको समेत पूजा गरी हर्षोल्लासका साथ म्हपूजा पर्व मनाउँदैछन् । The post आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घोप्टेभीरको सुक्खा पहिरो हटाइयो, सडक दुइतर्फी सुचारु
Latest NewsJust now

घोप्टेभीरको सुक्खा पहिरो हटाइयो, सडक दुइतर्फी सुचारु

काठमाडौं । चितवनको घोप्टेभीरमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक खण्ड दुईतर्फी सुचारु भएको छ । प्रहरीका अनुसार अहिले पहिरो हटाएर सडक सूचारु भएको हो । यसअघि आइतबार र सोमबार पनि सोहि ठाउमा पहिरो जादा सडक अवरुद्ध भएको थियो । The post घोप्टेभीरको सुक्खा पहिरो हटाइयो, सडक दुइतर्फी सुचारु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine ...

कर्पोरट खबर
इतिहासका तातो वर्षमध्ये २०२६ चौथो स्थानमा पर्ने निश्चित
Latest NewsJust now

इतिहासका तातो वर्षमध्ये २०२६ चौथो स्थानमा पर्ने निश्चित

जेनेभा । शक्तिशाली ‘एल निनो’ को प्रभावका कारण सन् २०२६ हालसम्मकै अत्याधिक तातो वर्षहरुमध्ये एक बन्‍ने निश्चित भएको छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले सोमबार सार्वजनिक गरेको ‘स्टेट अफ द क्लाइमेट’ प्रतिवेदनले पछिल्लो एक दशकयता विश्वभर तापक्रम निरन्तर बढिरहेको देखाएको छ । प्रतिवेदनमा सन् २०२६ इतिहासकै उच्च तापक्रमयुक्त चार वर्षमध्ये एक बनेको उल्लेख छ । टर्किएमा आयोजित जलवायु सम्मेलन ...

केन्द्रबिन्दु
मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज
Latest NewsJust now

मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज

कास्की। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीन वटा पक्की पुल निर्माण सम्पन्न भएसँगै यातायात सहज भएको छ। पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा सडकको चौडाइअनुसार दुई वटा नयाँ पुल निर्माण भएपछि सवारीसाधनको आवागमन सहज बनेको हो। यसअघि फराकिलो सडकमा साँघुरा पुल हुँदा विपरीत दिशाबाट आउने सवारीसाधनलाई एकैपटक पार हुन समस्या हुने र जाममा बस्नुपर्ने अवस्था थियो। पोखरादेखि सिदिङसम्म नियमित जीप ...

नेपालन्युज
एनपीएल : आज जनकपुर र सुदूरपश्चिम भिड्दै
Latest NewsJust now

एनपीएल : आज जनकपुर र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल अपराह्न ५ बजे सुरु हुने तालिका छ । आजको खेलमा सुदूरपश्चिम आफ्नो लय कायम राख्दै जित […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play