जेनेभा । शक्तिशाली ‘एल निनो’ को प्रभावका कारण सन् २०२६ हालसम्मकै अत्याधिक तातो वर्षहरुमध्ये एक बन्ने निश्चित भएको छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले सोमबार सार्वजनिक गरेको ‘स्टेट अफ द क्लाइमेट’ प्रतिवेदनले पछिल्लो एक दशकयता विश्वभर तापक्रम निरन्तर बढिरहेको देखाएको छ । प्रतिवेदनमा सन् २०२६ इतिहासकै उच्च तापक्रमयुक्त चार वर्षमध्ये एक बनेको उल्लेख छ । टर्किएमा आयोजित जलवायु सम्मेलन (कोप) को पूर्वसन्ध्यामा सार्वजनिक प्रतिवेदन अनुसार, यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्मको औसत तापक्रम औद्योगिक क्रान्तिपूर्वको दाँजोमा १.४७ डिग्री सेल्सियसले बढी छ । प्रतिवेदनले सन् १८५० यताका १२ वटा सबैभन्दा तातो वर्षहरू पछिल्ला १२ वर्षभित्रै (२०१५-२०२६) परेको उल्लेख गरेको छ। डब्लुएमओका जलवायु सूचना प्रमुख जोन केनेडीका अनुसार हरितगृह ग्यासले सोसेको ताप वायुमण्डल, महासागर, पग्लिँदै गएका हिमनदी र समुद्रको बढ्दो सतहमा स्पष्ट रूपमा देखिएको छ। युरोपेली संघको कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले पनि २०२६ सन् २०२४ पछि पेरिस सम्झौताको १.५ डिग्री सेल्सियसको सीमा नाघ्ने दोस्रो वर्ष बन्ने लगभग पक्का भएको जनाएको छ। समुद्रको तापक्रम र सतह दुवैले यो वर्ष नयाँ रेकर्ड कायम गरेका छन्। रोयटर्स
इतिहासका तातो वर्षमध्ये २०२६ चौथो स्थानमा पर्ने निश्चित

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






