आज बडादसैँको अन्तिम दिन : महालक्ष्मीको विशेष पूजा गरी रातभर जाग्राम बसेर दसैँलाई बिदा गरिँदै

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैं अर्थात् दुर्गा पक्ष आज कोजाग्रत पूर्णिमाका दिन विधिपूर्वक समापन हुँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको १५ दिन लामो दशैं पर्व आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना र रातभर जाग्राम बसेर बिदा गरिँदैछ । विगत १५ दिनदेखि घरघरमा हर्षोल्लासका साथ मनाइएको बडादशैँको यो १५औँ दिन अर्थात् पूर्णिमा तिथिको विशेष धार्मिक र सांस्कृतिक महत्त्व रहेको छ । कोजाग्रत पूर्णिमाका दिन साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बसेमा देवीले धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्ने धार्मिक विश्वास छ । यस दिन महालक्ष्मीसँगै ऐरावत हात्तीमा सवार इन्द्रको पूजा गर्ने तथा राति जुवा खेल्ने परम्परासमेत रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज अखिल बलिपूर्तिको कार्य पनि सम्पन्न हुनेछ । यससँगै विजयादशमीदेखि सुरु भएको मान्यजनबाट टीका, जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम अन्त्य हुनेछ । आजै जमरा नदी, तलाउ तथा पोखरीलगायत पवित्र स्थलमा विसर्जन गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने दुर्गा पक्ष नवरात्र र विजयादशमीपछि पनि कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा छ । यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
चितवन । चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष... ...
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ । विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश... ...

झोलुङ्गे पुल मर्मत नहुँदा जोखिम बढ्दै
चन्द्रपुर समाचारदाता चन्द्रपुर (रौतहट), कात्तिक ८ गते । रौतहटको गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमा निर्मित बानेश्वरनाथ झोलुङ्गे पुलको मर्मत नहुँदा जोखिम बढ्दै... ...

पाकिस्तानमा बस र मिनीबस ठोक्किँदा १२ को मृत्यु, २० बढी घाइते
बस र मिनीबस आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन् । ...


