आज बडादशैंको टीका: शुभसाइत बिहान १०: २६ बजे

काठमाडौं । आज बडादशैको टिकाको दिन आफु भन्दा ठुला र मान्यजनबाट टीका र आशिर्वाद लिएर मनाइदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज विजयादशमीका दिन देवी विसर्जन बिहान ८: ४८ बजे गर्ने साइत तोकेको छ । त्यसपछि टीका लगाउने तथा टीका लगाइ माग्ने व्यक्ति पश्चिम फर्किने समय बिहान १०: २६ बजे निर्धारण गरिएको छ। सोही दिन श्री तुलजाभवानी यात्रा, स्थिरासन तथा खड्गयात्रासमेत हुने समितिको विवरणमा उल्लेख छ। श्री तुलजाभवानी यात्राका लागि बिहान १०: ४१ बजे र स्थिरासनका लागि दिउँसो ११” ५२ बजेको समय तोकिएको छ । समितिले कार्तिक ८ गते आइतबार अखिलबलीपूर्ति तथा कोजाग्रतपूजा हुने जनाएको छ । यससँगै २०८३ सालको बडादसैँसँग सम्बन्धित मुख्य धार्मिक विधि तथा कार्यक्रमको क्रम पूरा हुनेछ । समितिले सार्वजनिक गरेको सूचनामा सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने उल्लेख गरिएको छ । बडादसैँका विभिन्न धार्मिक तथा सांस्कृतिक विधि परम्पराअनुसार सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले समितिले सम्बन्धित साइत तथा समय सार्वजनिक गरेको समितिले जानकारी दिएको छ । The post आज बडादशैंको टीका: शुभसाइत बिहान १०: २६ बजे appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दशैंको लागि गाउँघरमा सेलरोटी पकाउने चटारो
बडादसैंको आगमनसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी पकाउने चटारो बढेको छ। दशैंको लागि स्थानीयवासी सेलरोटी पकाउन व्यस्त देखिएका छन्। ...

हुथीबाट साउदी बचाउन बेलायतले लडाकु विमान तैनाथ गर्ने
बेलायत सरकारले साउदी अरेबियाको रक्षा गर्न रोयल एयर फोर्स (आरएफए) का टाइफुन लडाकु विमान तैनाथ गर्ने घोषणा गरेको छ। यो निर्णय यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र र ड्रोन आक्रमण बढाएपछि गरिएको हो। यो रक्षात्मक अभियानको उद्देश्य साउदी अरेबियाका सहर र पूर्वाधारलाई इरान-समर्थित हुथी विद्रोहीको हवाई आक्रमणबाट बचाउनु हो। बेलायतका प्रधानमन्त्री एन्डी बर्... ...

दशैँको टीका साइत पारेरै लगाउनु पर्छ?
Getty Images नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अघिल्ला वर्षहरूमा जस्तै यस पटक पनि बडा दशैसँग सम्बन्धित साइतहरू सार्वजनिक गरेको छ।समितिले असोज २० गते सार्वजनिक गरेको निर्णयमा घटस्थापनादेखि विजया दशमीसम्मको उत्तम समय ...



