Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

आज देशभरको मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज देशभरको मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहे पनि देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौँ उपत्यका तथा खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। हुस्सु र कुहिरोका कारण बिहानको समयमा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बन्दरगाह, ऊर्जा र कनेक्टिभिटीमा उत्साह, जुट र चियाबारे चिन्ता
Latest NewsJust now

बन्दरगाह, ऊर्जा र कनेक्टिभिटीमा उत्साह, जुट र चियाबारे चिन्ता

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहको सोमबार सम्पन्न भारत भ्रमण र त्यसक्रममा भएका विभिन्न सहमति तथा समझदारीलाई कोशी प्रदेशका उद्योगी–व्यापारीहरूले सकारात्मक रूपमा लिएका छन् । दुई देशबिच पछिल्लो समय देखिएको कूटनीतिक अन्योललाई... ...

रातोपाटी
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
Latest NewsJust now

आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने

• नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन, मौसम मुख्यतया सफा रहेको छ। • आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। • भोलि बिहान उपत्यका र तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ, जसले यातायातमा प्रभाव पार्न सक्छ। ...

नेपालबहस
आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या
Latest NewsJust now

आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या

काठमाडौं । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ । महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लङ्घनको व्यापक स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ । यसैबीच, विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको ...

केन्द्रबिन्दु
सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन
Latest NewsJust now

सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन

झापा– इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ । सुन्तला उत्पादन र बिक्रीसँगै बगान अवलोकन तथा ताजा सुन्तलाको स्वाद लिन आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । पूर्वीनाका काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा रहेको सलकपुरको करिब ९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यतिबेला बगानमा लटरम्म फलेका सुन्तला पाकेर ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement