Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन
Photo / Coverage: नेपालन्युज

झापा– इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ । सुन्तला उत्पादन र बिक्रीसँगै बगान अवलोकन तथा ताजा सुन्तलाको स्वाद लिन आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । पूर्वीनाका काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा रहेको सलकपुरको करिब ९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यतिबेला बगानमा लटरम्म फलेका सुन्तला पाकेर पहेँलपुर बनेका छन् । सुन्तलाको स्वाद लिन, बोटबाटै टिपेर खान तथा बगानमा तस्बिर खिच्न आन्तरिक र भारतीय पर्यटक यहाँ पुग्ने गरेका छन् । वडाध्यक्ष सत्यम राईका अनुसार सलकपुरमा दैनिक करिब एक सय पर्यटक आउने गरेका छन् । वडा कार्यालयको अनुमानअनुसार यहाँ वार्षिक औसत ४५० देखि ६०० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । मौसम अनुकूल र रोगकिराको प्रकोप कम भएका वर्ष उत्पादन अझ बढ्ने गरेको छ । सुन्तला बिक्रीबाट मात्रै यहाँ वार्षिक तीन करोडदेखि चार करोडसम्म आम्दानी हुने गरेको छ । गाउँका एक सयभन्दा बढी घरपरिवार सुन्तला खेतीमा संलग्न छन् । रोगका कारण पुराना बोट मरेपछि नयाँ बगान विस्तार गर्ने क्रम पनि बढेको छ । यहाँ उत्पादित सुन्तला स्वादिलो र रसिलो भएकाले बोटबाटै बिक्री हुने गरेको छ । झापाको काँकरभिट्टा, बिर्तामोड र दमक तथा मोरङको विराटनगरका बजारमा यहाँको सुन्तला पुग्ने गरेको छ । सीमावर्ती भारतीय बजार सिलिगुडी र नक्सलबारीमा पनि सलकपुरको सुन्तलाका रूपमा यसको प्रचार गरी बिक्री गरिँदै आएको छ । इलाम, झापा, मोरङ र सुनसरीका पर्यटकसँगै भारतको सिलिगुडी, दार्जिलिङ र कोलकाताबाट समेत पर्यटक आउन थालेका छन् । स्थानीय देबेन खड्काका अनुसार गाउँका करिब ३० घरमा सञ्चालित घरबासमा शुक्रबार र शनिबार पाहुनाको चाप बढ्ने गरेको छ । सलकपुरमा ३० वटा ठूला सुन्तला बगान छन् । खड्काका अनुसार बजारमा सुन्तलाको मूल्य प्रतिकिलो २१० देखि २२० सम्म रहेकामा बगानमै पुग्ने पर्यटकले प्रतिकिलो १३० मा ताजा सुन्तला किन्न पाउँछन् । पर्यटकसँगै व्यापारी पनि सिधै बगानमा पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । शुक्रबार र शनिबार निन्दा–सलकपुर (कदम पदमार्ग) हुँदै पैदलयात्रा तथा सवारीसाधनबाट पर्यटकको आवागमन बढ्ने गरेको छ । झापाका बिर्तामोड, दमक र धुलाबारी, मोरङको उर्लाबारी तथा भारतबाट समेत गरी ती दिनमा ३०० देखि ५०० पर्यटक सलकपुर पुग्ने गरेको खड्काले बताए । उनले पनि १० रोपनी जमिनमा सुन्तला बगान लगाएका छन् । यस वर्ष विगतका तुलनामा सुन्तला उत्पादन राम्रो भएको उनको भनाइ छ । बगानमा रमाउन आउने पर्यटकले सुन्तलाको स्वाद लिनुका साथै नजिकैको गुर्धुम डाँडाबाट सूर्योदयको दृश्यावलोकनसमेत गर्ने गरेका छन् । २००४ सालमा दार्जिलिङबाट बसाइँ सरेर आएका गौरीलाल लामाले सलकपुरमा सुरु गरेको सुन्तला खेतीले अहिले व्यावसायिक रूप लिएको छ । सुरुमा दार्जिलिङबाट ल्याइएका बिरुवा रोपिएको भए पनि अहिले पाल्पाबाट ल्याइएका उन्नत जातका बिरुवाले राम्रो उत्पादन दिइरहेका छन् । सलकपुर, कुवापानी र जौबारी क्षेत्र सुन्तलासँगै अलैँची, अकबरे खुर्सानी, अम्लिसो र मह उत्पादनका लागि पनि परिचित छन् । यहाँ उत्पादित सुन्तला प्रत्येक वर्ष भारतको कोलकातामा आयोजना हुने सुन्तला महोत्सवमा प्रदर्शन तथा बिक्रीका लागि समेत लगिने गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय खेलकुद : कर्णालीको गौरव
Latest NewsJust now

राष्ट्रिय खेलकुद : कर्णालीको गौरव

दसौं राष्ट्रिय खेलकुदसँगै कर्णालीमा बनेका पूर्वाधारले प्रतियोगितापछि पनि नयाँ खेलाडी र खेल संस्कृतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। ...

कान्तिपुर
महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह
Latest NewsJust now

महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह

• उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिलाविरुद्धको हिंसा, विभेद र अन्याय अन्त्य गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्। • महिलालाई सम्मान, सुरक्षा, स्वतन्त्रता र समान अवसरसहित जीवनयापन गर्नको लागि वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। • महिला सशक्तीकरणका लागि शिक्षा, सीप, नेतृत्व विकास र आर्थिक स्वावलम्बनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै, निर्णय प्रक्रियामा समान अवसर सुनिश्चित गर्न आह्वान गरेका छन्। ...

नेपालबहस
यस्तो छ आजको मौसम पूर्वानुमान
Latest NewsJust now

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ...

नेपालन्युज
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही
Latest NewsJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८१७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५७, सिसिटिभिमार्फत ३३, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ । ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement