आज दसैँ टिकाको दिन काठमाडौं उपत्यकामा प्रहरीले तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने

काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आज तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । आम नागरिकको सहज आवागमनका लागि भन्दै बस सेवा सञ्चालन गरेको जनाएको छ । सार्वजनिक यातायातको अभावमा हुने समयमा यात्रुलाई लक्षित गर्दै बस सेवा सञ्चालन गरिएको जनाएको छ । प्रहरीले आज पनि उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सञ्चालन गर्ने भएको छ । आज पहिलो सिफ्टको बस बिहान ८ बजे र दोस्रो सिफ्ट दिउँसो ३:३० बजेबाट सञ्चालन हुनेछ । अन्य रुटहरुमारुट नम्बर १ : नक्सालबाट सुरु हुने बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ । रुट नम्बर २ : नक्सालबाट सुरु हुने बस रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै पुनः नक्साल फर्किनेछ । रुट नम्बर ३ : नक्सालबाट सुरु हुने बस सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किनेछ । The post आज दसैँ टिकाको दिन काठमाडौं उपत्यकामा प्रहरीले तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

जीवित देवी कुमारीलाई हनुमानढोकास्थित तलेजु भवानीको गराइयो दर्शन
जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ। ...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य
टोकियो । दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ । यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउने काम अब विद्वान् र अनुभवी संकेतविद्या मात्र सीमित नरहेको देखाएको छ । सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, […] ...

दशैंको लागि गाउँघरमा सेलरोटी पकाउने चटारो
बडादसैंको आगमनसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी पकाउने चटारो बढेको छ। दशैंको लागि स्थानीयवासी सेलरोटी पकाउन व्यस्त देखिएका छन्। ...

हुथीबाट साउदी बचाउन बेलायतले लडाकु विमान तैनाथ गर्ने
बेलायत सरकारले साउदी अरेबियाको रक्षा गर्न रोयल एयर फोर्स (आरएफए) का टाइफुन लडाकु विमान तैनाथ गर्ने घोषणा गरेको छ। यो निर्णय यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र र ड्रोन आक्रमण बढाएपछि गरिएको हो। यो रक्षात्मक अभियानको उद्देश्य साउदी अरेबियाका सहर र पूर्वाधारलाई इरान-समर्थित हुथी विद्रोहीको हवाई आक्रमणबाट बचाउनु हो। बेलायतका प्रधानमन्त्री एन्डी बर्... ...


