Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टीमबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको हो । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग सुदूरपश्चिम रोयल्स ६ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल अगावै ४ विकेट गुमाएर फाइनल यात्रा सुरक्षित गरेको थियो । यता चितवन राइनोजले इलिमिनेटर चरणमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो । बुधबार भएको इलिमिनेटरमा चितवन राइनोजले काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको हो । यो हारसँगै काठमान्डु प्रतियोगिताबाट बाहिरियो । जितसँगै चितवन राइनोले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग भेट पक्का गरेको हो । दोस्रो क्वालिफायर खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुसबाट काठमाडौँ फर्किए प्रचण्ड
Latest NewsJust now

रुसबाट काठमाडौँ फर्किए प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकसाता लामो भ्रमणपछि रुसबाट स्वेदश फर्किएका छन्।  अखिल रुसी राजनीतिक दलको आयोजनामा मस्कोमा भएको विश्व सम्मेलनमा सहभागी भएर प्रचण्ड आज स्वदेश फर्किएका छन्।  नेकपाका नेताहरू अग्नी सापकोटा, पम्फा भुसाल, देव गुरुङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर प्रचण्डलाई स्वागत ग... ...

नेपालखबर
राज्य सञ्चालनको इन्जिन
Latest NewsJust now

राज्य सञ्चालनको इन्जिन

करबिना राज्य सञ्चालन गर्न सकिँदैन । राज्य सञ्चालनको प्रमुख इन्जिन नै कर हो । राज्य सञ्चालनका लागि विभिन्न तरिका अपनाएर कर उठाइन्छ । कर प्रणालीलाई नै विकास र आर्थिक समृद्धिको मुख्य... ...

गोरखापत्र
सरकारी ऊर्जा कम्पनीसँग पीपीए गर्ने प्राधिकरणको तयारी
Latest NewsJust now

सरकारी ऊर्जा कम्पनीसँग पीपीए गर्ने प्राधिकरणको तयारी

काठमाडौँ, मङ्सिर ३ गते । नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विरा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play