Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

आईपीएलबाट धोनीको १९ वर्षे खेलजीवन अन्त्य, चेन्नईको मेन्टर नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईपीएलबाट धोनीको १९ वर्षे खेलजीवन अन्त्य, चेन्नईको मेन्टर नियुक्त
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) को १९ वर्षे खेलजीवन अन्त्य गरेका छन् । चेन्नई सुपर किंग्सले उनलाई सन् २०२७ को संस्करणका लागि टोलीको मेन्टर नियुक्त गरेको मंगलबार घोषणा गरेको छ। ४५ वर्षीय धोनीले सन् २००८ देखि चेन्नईको प्रतिनिधित्व गर्दै पाँच पटक आईपीएल उपाधि जिताएका थिए । उनको कप्तानीमा चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो । उनले आईपीएल करियरमा ५ हजार ४३९ रन बनाएका छन् । धोनीले आईपीएलमा चेन्नईका लागि १७ सिजन खेलेका थिए । सन् २०२६ को संस्करण चोटका कारण उनले एउटा पनि खेल खेल्न पाएनन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २०२० मा संन्यास लिएपछि उनले आईपीएल मात्रै खेल्दै आएका थिए । चेन्नईका मालिक एन श्रीनिवासनले धोनी सधैँ टोलीको पहिचान र परिवारको हिस्सा रहने बताएका छन् । सन् २०२७ को संस्करणमा उनी मुख्य प्रशिक्षक जाहिर खानसहितको नयाँ प्रशिक्षक टोलीसँग सल्लाहकारको भूमिकामा रहनेछन् । The post आईपीएलबाट धोनीको १९ वर्षे खेलजीवन अन्त्य, चेन्नईको मेन्टर नियुक्त appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
Latest NewsJust now

करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राज्यको राजस्व वृद्धि सम्भव नहुने बताएका छन् । उनले उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरी करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री थापामगरले कर प्रणालीलाई न्यायपूर्ण, […] ...

काठमाण्डुपाटी
पारस खड्का क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त
Latest NewsJust now

पारस खड्का क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त

क्यूजे मोटर सन् १९५५ मा गिली ग्रुपअन्तर्गत स्थापित ब्रान्ड हो। कम्पनीले इन्जिनियरिङ, नवीनता र गुणस्तरीय उत्पादनका लागि अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाएको जनाएको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play