Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

आईजीपी परिवर्तनबारे सरकारले औचित्य पुष्टि गर्नुपर्छ : रवि लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी परिवर्तनबारे सरकारले औचित्य पुष्टि गर्नुपर्छ : रवि लामिछाने
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १९ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने सरकारको निर्णयको औचित्य सरकारले नै पुष्टि गर्नुपर्ने बताउनुभएको छ । चितवन पुग्नुभएका लामिछानेले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै सरकारले काम गर्न आवश्यक ठानेर चाल्ने कदमको औचित्य पुष्टि गर्ने जिम्मेवारी पनि सरकारकै भएको बताउनुभयो । आईजीपी परिवर्तन प्रकरणमा पार्टी र सरकारको धारणा बाझिएको हो कि भन्ने पत्रकारको प्रश्नमा लामिछानेले पार्टीले सरकारलाई आईजीपी, डीआईजी, प्रहरी निरीक्षक वा प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्न नभन्ने स्पष्ट पार्नुभयो । उहाँले सरकारका निर्णयमाथि प्रश्न उठाउने, आवश्यक स्पष्टता माग्ने र सरकारको कामकारबाहीको निगरानी गर्ने जिम्मेवारी पार्टीको भएको बताउनुभयो । सरकारले बुधबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेपछि उक्त निर्णय राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चामा छ । सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुग्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिश्रीको भेट
PoliticsJust now

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिश्रीको भेट

काठमाडौँ, कात्तिक १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ। नेपालको दुई दिने औपचारिक भ्रमणमा आउनुभएक... ...

गोरखापत्र
व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने
PoliticsJust now

व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने

चितवन, कात्तिक १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित जनप्रतिनिधिभन्दा नीति पुग्नुपर्ने बताउनुभएको छ। भरतपुर विमा... ...

गोरखापत्र
प्रधानमन्त्री शाह भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ
PoliticsJust now

प्रधानमन्त्री शाह भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले देश र पार्टीको हितलाई जोडेर राजनीतिक नेतृत्वमाथि टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत कार्यकर्ता र नेताहरूको भूमिकाबीच भिन्नता औँल्याउँदै नेताहरू हाँसेर बस्ने तर कार्यकर्ताहरू संघर्षमा उत्रिनुपर्ने अवस्थाप्रति व्यंग्य गरेका छन्। ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्। हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन्,फरक यती हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक […] ...

काठमाण्डुपाटी
आईजीपीबाट हटाइएका कार्कीका लागि सिंहदरबारमा ‘बाथटब’सहितको कोठा नम्बर २०७
PoliticsJust now

आईजीपीबाट हटाइएका कार्कीका लागि सिंहदरबारमा ‘बाथटब’सहितको कोठा नम्बर २०७

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टै कार्यकक्ष तयार गरिएको छ । प्रधानमन्त्री कार्यालयको दोस्रो तलामा रहेको कोठा नम्बर २०७ लाई कार्कीको कार्यकक्षका रूपमा व्यवस्थापन गरिएको कार्यालयका एक कर्मचारीले बताएका छन् । यसअघि उक्त कोठा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्माले प्रयोग गर्दै आएका थिए । कार्यकक्षको ढोकाबाहिर ‘सुरक्षा सल्लाहकार, दानबहादुर ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play