आइएचएफ नेसन्स वुमेन्स ट्रफी: माल्दिभ्सविरुद्ध नेपालको २४–१८ को जित

काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा जारी आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ अन्तर्गत नेपालले दोस्रो खेलमा जित हात पारेको छ । नेपालले मंगलबार माल्दिभ्सलाई २४–१८ गोल अन्तरले पराजित गरेको हो । अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आइएचएफ) को आयोजनामा जारी प्रतियोगितामा नेपालले एक खेलमा हार र एक खेलमा जित निकालेको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो । माल्दिभ्सविरुद्धको खेलमा नेपालकी विमला तामाङ प्लेयर अफ द म्याच घोषित भइन् । नेपालले आफ्नो तेस्रो खेल बुधबार भारतसँग खेल्नेछ । बन्दना राईको कप्तानीमा रहेको नेपाली टोलीमा उमा राई, देवकुमारी बास्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगीता चौधरी, सञ्जु राई, शान्तिकला राई र ममता राना छन् । टोलीको प्रशिक्षकमा सुशील अधिकारी रहेका छन् । आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ मा नेपालसहित चार राष्ट्रको सहभागिता रहेको छ । The post आइएचएफ नेसन्स वुमेन्स ट्रफी: माल्दिभ्सविरुद्ध नेपालको २४–१८ को जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

अपि हिमालमा पर्यटन उत्सव हुने
खलङ्गा समाचादाता खलङ्गा (दार्चुला), कात्तिक २ गते । दार्चुलाको अपि हिमाल गाउँपालिकामा ‘अपि हिमाल पर्यटन उत्सव’ हुने भएको छ । गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीन दिने उत्सवक... ...

एनपीएललाई विश्वस्तरीय बनाउने लक्ष्य छ : पारस खड्का
एनपीएलको तेस्रो सिजनलाई व्यवस्थित र व्यावसायिक बनाउँदै स्टेडियमका पूर्वाधार स्तरोन्नति गर्ने तयारी भइरहेको क्यानका सचिव पारस खड्काको भनाइ छ । ...

चाडपर्व आयो, बाढीमा बेपत्ता भएकाहरूको न लास भेटियो, न त सास
धनगढी । दसैँ आयो । तिहार पनि नजिकिँदै छ । गाउँघरमा चाडपर्वको रौनक सुरु भएको छ । सुदूरपश्चिमका केही परिवार चाडपर्वको रौनकबाट टाढा छन् । रसुवामा आएको बाढीमा बेपत्ता भएका आफ्ना... ...

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोसी राजमार्गमा एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्... ...


