Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अस्ट्रेलियाली नागरिकमा एआईप्रति बढ्दो चिन्ता, दुई तिहाइले जोखिम फाइदाभन्दा बढी देखे

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियाली नागरिकमा एआईप्रति बढ्दो चिन्ता, दुई तिहाइले जोखिम फाइदाभन्दा बढी देखे
Photo / Coverage: टेक्नोलोजी खबर

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विकासले विश्वभर नयाँ सम्भावना र अवसर सिर्जना गरिरहेको भए पनि अस्ट्रेलियाली नागरिकमा यसप्रति चिन्ता बढ्दै गएको एक सर्वेक्षणले देखाएको छ। अधिकांश अस्ट्रेलियाली नागरिकले एआईबाट हुने सम्भावित जोखिम समाजले प्राप्त गर्ने फाइदाभन्दा बढी रहेको विश्वास गरेका छन्। अस्ट्रेलियाको अग्रणी स्वतन्त्र अनुसन्धान संस्था लोवी इन्स्टिच्युटले गरेको सर्वेक्षणअनुसार ६५ प्रतिशत उत्तरदाताले एआईका सम्भावित जोखिम समाजका लागि यसबाट प्राप्त हुने सम्भावित लाभभन्दा बढी रहेको बताएका छन्। सन् २०२६ को मार्चमा यस्तो धारणा राख्ने नागरिकको संख्या ६४ प्रतिशत थियो भने सन् २०२४ मा यो संख्या ५२ प्रतिशत मात्र रहेको थियो। पछिल्लो तथ्यांकले एआई प्रविधिको विस्तारसँगै अस्ट्रेलियाली नागरिकमा यसले समाजमा पार्न सक्ने नकारात्मक प्रभावप्रति चिन्ता बढ्दै गएको देखाएको छ। विशेषगरी रोजगारी, आर्थिक सुरक्षा र भविष्यमा मानव श्रमको भूमिकालाई लिएर नागरिकहरू बढी संवेदनशील बनेका छन्। यसअघि सन् २०२६ मा अमेरिकास्थित प्यु रिसर्च सेन्टरले ३० भन्दा बढी देशका नागरिकलाई समेटेर गरेको छुट्टै सर्वेक्षणले पनि अस्ट्रेलियालीहरू एआईप्रति बढी चिन्तित रहेको देखाएको थियो। उक्त सर्वेक्षणअनुसार एआईको बढ्दो प्रयोगले आफूहरूलाई उत्साहित बनाएको भन्दा बढी चिन्तित बनाएको बताउने देशहरूमध्ये अस्ट्रेलिया अगाडि रहेको थियो। यसले प्रविधिको विकासप्रति नागरिकको धारणा केवल नयाँ अवसर र सुविधामा मात्र सीमित नरहेको स्पष्ट पारेको छ। प्यु रिसर्च सेन्टरको सर्वेक्षणले अर्को महत्त्वपूर्ण तथ्य पनि सार्वजनिक गरेको छ। सर्वेक्षणमा सहभागी ७६ प्रतिशत अस्ट्रेलियाली नागरिकले आगामी २० वर्षभित्र एआईका कारण रोजगारीका अवसर घट्ने विश्वास व्यक्त गरेका छन्। एआईले विभिन्न क्षेत्रमा काम गर्ने तरिका परिवर्तन गर्न सक्ने र कतिपय काममा मानव श्रमको आवश्यकता कम हुन सक्ने चिन्ता नागरिकमा रहेको यसले संकेत गर्छ। पछिल्लो समय एआईको प्रयोग शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योग, व्यापार तथा सेवा क्षेत्रमा तीव्र रूपमा विस्तार भइरहेको छ। यसले कामलाई सहज, छिटो र प्रभावकारी बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिए पनि रोजगारी विस्थापन, आर्थिक असमानता तथा सामाजिक प्रभावबारे बहस बढिरहेको छ। लोवी इन्स्टिच्युटको सर्वेक्षणमा एआईका जोखिमलाई बढी देख्ने नागरिकको संख्या दुई वर्षको अवधिमा उल्लेख्य रूपमा बढ्नुले प्रविधिको विकाससँगै त्यसको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई पनि उजागर गरेको छ।–रासस The post अस्ट्रेलियाली नागरिकमा एआईप्रति बढ्दो चिन्ता, दुई तिहाइले जोखिम फाइदाभन्दा बढी देखे appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टिन्डरको सञ्चालक कम्पनीलाई १ करोड १२ लाख यूरो जरिवाना
TechnologyJust now

टिन्डरको सञ्चालक कम्पनीलाई १ करोड १२ लाख यूरो जरिवाना

डेटिङ एप टिन्डरको स्वामित्व रहेको कम्पनी म्याच ग्रुपलाई यूरोपेली संघको व्यक्तिगत डाटा संरक्षण सम्बन्धी नियमन उल्लङ्घन गरेको आरोपमा १ करोड १२ लाख यूरो (करिब १२२ मिलियन स्विडिस क्रोनर) जरिवाना गरेको छ। आयरल्याडको डाटा संरक्षण आयोग (डीपीसी) ले उक्त निर्णय गरेको हो। यो आयोग आयरल्याडमा यूरोपेली मुख्यालय रहेका ठूला अमेरिकी प्रविधि कम्पनीहरुको नियमन तथा निगरानि गर्ने निकाए हो। आयरल्याडको उक्त निकाएका अनुसार टिन्डरको ...

टेक्नोलोजी खबर
‘किलर रोबोट’ नियन्त्रणका लागि राष्ट्रसङ्घमा बहस
TechnologyJust now

‘किलर रोबोट’ नियन्त्रणका लागि राष्ट्रसङ्घमा बहस

युद्धमा कृत्रिम बौद्धिकता (एआई) बाट सञ्चालित स्वायत्त हतियारको प्रयोग बढ्दै गएपछि संयुक्त राष्ट्रसङ्घमा तिनलाई नियन्त्रण गर्ने कानूनी व्यवस्था बनाउनुपर्ने विषयमा बहस सुरु भएको छ। ‘किलर रोबोट’ नामले चिनिने यस्ता हतियारको प्रयोग र नियन्त्रणबारे निर्णय गर्न सोमबारदेखि १२८ देशका प्रतिनिधि जेनेभामा भेला हुँदैछन्। स्वायत्त हतियारले मानवीय हस्तक्षेपबिना लक्ष्य पहिचान गरी आक्रमण गर्न सक्ने भएकाले यसको प्रयोगले नागरिकको जीवन र सुरक्षामा जोखिम बढाउने ...

टेक्नोलोजी खबर
ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन सार्वजनिक गर्न मिल्ने नयाँ सुविधा विकास गर्दै
TechnologyJust now

ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन सार्वजनिक गर्न मिल्ने नयाँ सुविधा विकास गर्दै

ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन सार्वजनिक गर्न मिल्ने नयाँ सुविधा विकास गरिरहेको छ। हाल ह्वाट्सएपमा लोकेसन सार्वजनिक गर्न प्रयोगकर्ताले पहिले फोटो वा भिडियो छनोट गरी त्यसमा लोकेसन स्टिकर राख्नुपर्ने हुन्छ। तर, नयाँ सुविधामार्फत स्टाटस राख्ने क्रममा छुट्टै ‘लोकेसन’ विकल्प उपलब्ध हुनेछ। यसबाट प्रयोगकर्ताले फोटो वा भिडियोबिना नै आफ्नो स्थान साझा गर्न सक्नेछन्। यो सुविधा ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करणमा देखिएको हो। यो हाल ...

टेक्नोलोजी खबर
एआई एजेन्टले एपीआई की चोरी गरेर एक महिना साइबर अपराध अभियान चलाएको अमेजनको खुलासा
TechnologyJust now

एआई एजेन्टले एपीआई की चोरी गरेर एक महिना साइबर अपराध अभियान चलाएको अमेजनको खुलासा

ह्याकरहरूले लाइटएलएलएम र डिफाईजस्ता इन्टरनेटमा खुला रहेका एआई एपबाट एपीआई की चोरी गर्न एआई एजेन्ट प्रयोग गरेको अमेजनले जनाएको छ। चोरी गरिएका की प्रयोग गरेर उनीहरूले आफ्नो परिचयसम्बन्धी विवरण खोज्ने अभियानलाई निरन्तरता दिएका थिए। अमेजनका अनुसार यी एआई एजेन्टहरू पेनिट्रेसन टेस्टिङका लागि बनाइएको खुला स्रोतको एआई उपकरण आर्टेक्समा सञ्चालन भएका थिए। यो अभियान अक्टोबर ३ मा सुरु भएको थियो। अमेजनका अनुसार नोभेम्बर ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play