Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

असोजमा रेमिट्यान्स २ खर्ब ६७ अर्ब, हालसम्मकै उच्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
असोजमा रेमिट्यान्स २ खर्ब ६७ अर्ब, हालसम्मकै उच्च
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च मासिक रेमिट्यान्स आप्रवाह हो । चाडपर्वको मौसम र रसुवामा आएको बाढीका कारण समेत रेमिट्यान्स प्रवाह बढेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले वृद्धि हुँदै ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो ।

यसअघि मासिक रेमिट्यान्स आप्रवाहको कीर्तिमान गत वैशाखमा कायम भएको थियो । उक्त महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालु आवको असोजमा उक्त रेकर्ड तोड्दै नयाँ उच्च बिन्दु कायम भएको हो । भदौमा २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने गत वर्षको असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ भित्रिएको थियो ।

अमेरिकी डलरमा गणना गर्दा चालु आवको असोजसम्म रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्स्फर ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने नयाँ श्रम स्वीकृतितर्फ केही घटेको छ । चालु आवको असोजसम्म संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८ सय ७९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ लाख २३ हजार ४ सय ५९ थियो ।

त्यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ८२ हजार ३ सय ६९ पुगेको छ । गत वर्षको सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २ सय ५७ रहेको थियो । यसले नयाँ श्रम स्वीकृति लिनेको संख्या घटे पनि पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको देखाउँछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमालेको राष्ट्रिय भेलाले पारित गरेको विशेष प्रस्ताव र सङ्कल्प के के हुन् ?
Economy & BusinessJust now

एमालेको राष्ट्रिय भेलाले पारित गरेको विशेष प्रस्ताव र सङ्कल्प के के हुन् ?

नेकपा (एमाले)को आज सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्रको पुनर्बहाली, राष्ट्रिय स्वाधीनताको रक्षा, पार्टीको सङ्गठनात्मक सुदृढीकरण तथा स्थानीय निर्वाचनको तयारीलगायत विषय समेटेर २१ बुँदे समसामयिक विशेष ...

अर्थडबली
कृषि यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनका दुई स्टल, रैथाने प्रविधिलाई प्राथमिकता
Economy & BusinessJust now

कृषि यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनका दुई स्टल, रैथाने प्रविधिलाई प्राथमिकता

काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा आगामी मंसिर ४ देखि ६ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको छ । प्रदर्शनीमा ...

अर्थडबली
बैंकमा निक्षेपको वृद्धि कर्जाभन्दा साढे पाँच प्रतिशत बिन्दुले बढी, ब्याजदर घट्दा पनि लगानी विस्तार सुस्त
Economy & BusinessJust now

बैंकमा निक्षेपको वृद्धि कर्जाभन्दा साढे पाँच प्रतिशत बिन्दुले बढी, ब्याजदर घट्दा पनि लगानी विस्तार सुस्त

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप निरन्तर बढे पनि त्यसअनुसार निजी क्षेत्रमा कर्जा विस्तार हुन सकेको छैन। ब्याजदर घटेर कर्जा सस्तो बन्दै जाँदा पनि लगानीको माग अपेक्षित रूपमा बढ्न नसकेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँले थपिँदा निजी क्… ...

आर्थिक न्यूज
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर बढुवा भएका अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
Economy & BusinessJust now

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर बढुवा भएका अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ / राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामवावू प्रसाद चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा बढुवा तथा पदस्थापन भएको आरोपमा अख्तियार ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play