Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

अष्ट्रेलियाले पारित गर्यो साइबर सुरक्षा कानुन, प्रविधि कम्पनीलाई अर्बौ जरिवाना हुन सक्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अष्ट्रेलियाले पारित गर्यो साइबर सुरक्षा कानुन, प्रविधि कम्पनीलाई अर्बौ जरिवाना हुन सक्ने
Photo / Coverage: टेक्नोलोजी खबर

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले साइबर सुरक्षा कानुनअनुसार अनलाइनमा प्रयोगकर्तालाई हानिकारक सामग्रीबाट सुरक्षित राख्न असफल भए प्रविधि क्षेत्रका ठूला कम्पनी अर्बौ डलर जरिवाना तिर्न पर्ने हुन सक्ने बताएका छन्। सामाजिक सञ्जाल प्लेटर्फम एक्समा पोस्ट गर्दै उनले यस कानुनलाई बालबालिकाको सुरक्षा गर्ने र अनलाइनमा प्रयोगकर्तालाई थप विकल्प दिने कानुनका रुपमा ब्याख्या गरेका हुन्। स्वतन्त्र सिनेटर फातिमा पेम्यानले आफुले विद्येयकको पक्षमा मतदान गरेको बताएकी छन्। उक्त विद्येयकले प्रयोगकर्तालाई आफ्नो सामाजिक संजालको एल्गोरिदममाथि बढी नियन्त्रण दिने र प्रविधि कम्पनीलाई उनीहरुले देखाउने सामग्रीप्रति जवाफदेहि बनाउने लक्ष्य राखेको छ। विद्येयकका केहि प्रावधान भने अत्यन्तै अस्पष्ट रहेको उनको भनाइ छ। पेम्यानले जोखिमबाट बच्न खोज्ने कम्पनीहरुले रिक्स पोस्टसमेत हटाउन सक्ने चेतावनी दिएकी छन्। टेलिग्राफका अनुसार, डिजीटल ड्युटि अफ केयर ऐनअन्तर्गत गुगल, टिकटक र मेटाजस्ता कम्पनीले डिजिटल दाइत्व सम्बन्धी कानुन उल्लङ्घन गरेमा उनीहरुको विश्वब्यापी आम्दानीको पाँच प्रतिशतसम्म जरिवाना हुन सक्नेछ। यो जरिवाना सरकारले सुरुमा प्रस्ताव गरेको प्रत्येक उल्लङ्घनबापत अधिकतम १० करोड ९२ लाख अष्टे«लियन डलर (७ करोड २३ लाख अमेरिकी डलर) जरिवाना भन्दा बढी हो। अष्ट्रेलियाका लागि अमेरिकि राजदुत डेभिड ब्राटले मंगलबार सामाजिक संजाल एक्समार्फत यस कानुनको आलोचना गरेका थिए। उनले अस्पष्ट रुपमा भनेका छन् क्षती र विश्वब्यापी आम्दानीको पाँच प्रतिशतसम्म जरिवाना गर्ने ब्यवस्थाले सामाजिक संजाल प्लेटफर्महरुलाई कानुनी रुपमा नियन्त्रण गर्न बाध्य पार्ने छ। उनले भनेका छन्, ‘अष्ट्रेलियाको सबैभन्दा ठूलो विदेशी लगानीकर्ता अमेरिकाले प्रतिस्पर्धी कम्पनीहरुमाथि असमान रुपमा बढी अनुपातको भार पर्ने नियमप्रति चिन्ता व्यक्त गरेको छ।’ यस विधेयकले प्रविधि कम्पनीहरुलाई बालबालिकामाथि हुने साइबरबुलि, महिलामाथिहुने हिंसा तथा खानपान सम्बन्धी खराब प्रोत्साहन गर्ने सामग्रीहरु विरुद्ध रोकथामका उपाय अपनाउन अनिवार्य गर्नेछ। १६ वर्ष वा त्यो भन्दा बढी उमेरका अष्ट्रेलियाली नागरिकले एल्गोरिदममा आधारित फिड बन्द गर्न सक्नेछन्।यो कानुन अष्ट्रेलियाले १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई सामाजिक संजाल प्रयोग गर्न प्रतिबन्ध लगाएको एतिहासिक निर्णय पछि आएको हो। The post अष्ट्रेलियाले पारित गर्यो साइबर सुरक्षा कानुन, प्रविधि कम्पनीलाई अर्बौ जरिवाना हुन सक्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कपिलवस्तुमा ब्रदर प्रिन्टरको नि:शुल्क सर्भिस तथा मर्मत सेवा शिविर सञ्चालन हुने
TechnologyJust now

कपिलवस्तुमा ब्रदर प्रिन्टरको नि:शुल्क सर्भिस तथा मर्मत सेवा शिविर सञ्चालन हुने

काठमाडौं । ब्रदर प्रिन्टर प्रयोगकर्तालाई उपकरणको नियमित मर्मतसम्भार तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले शिवराज नगरपालिका ५ चन्द्रौटा, कपिलवस्तुमा दुईदिने नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । राजहंस इन्फोसिस एण्ड आईटी सोलुसन्स र सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने उक्त शिविर २०८३ साल मंसिर १३ र १४ गते आयोजना गरिनेछ ।शिविरमा ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्ताले आफ्ना उपकरणको ...

आइसिटी समाचार
आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ सोसल इन्नोभेसन सार्वजनिक, यी हुन् छनौटमा परेका परियोजना
TechnologyJust now

आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ सोसल इन्नोभेसन सार्वजनिक, यी हुन् छनौटमा परेका परियोजना

काठमाडौं । आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १० सोसल इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।आफूलाई मन परेको उत्कृष्ट ५ सोसल इन्नोभेसन मध्येबाट एउटालाई डिजिटल ...

आइसिटी समाचार
बेलायतको अटोमोबाइल उद्योगमा लगानी सङ्कटको जोखिम बढ्दै
TechnologyJust now

बेलायतको अटोमोबाइल उद्योगमा लगानी सङ्कटको जोखिम बढ्दै

विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी अव्यावहारिक लक्ष्य, यूरोपेली संघ (ईयू) का सम्भावित व्यापारिक अवरोध र उच्च औद्योगिक लागतका कारण बेलायतको अटोमोबाइल क्षेत्रमा लगानी गुम्ने जोखिम बढेको छ। बेलायतको मोटर निर्माता तथा व्यापारीहरूको संस्था (एसएमएमटी) ले बुधबार यस्तो चेतावनी दिएको हो। संस्थाका अनुसार यी तीन चुनौतीले बेलायती अटो उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउँदै लगेका छन्। एसएमएमटीका अनुसार विद्युतीय सवारीसाधनको माग बढाउन उत्पादकहरूले सन् ...

टेक्नोलोजी खबर
हङकङमा हुने अन्तर्राष्ट्रिय बाथ रोग सम्मेलनमा डा. प्रवीण खत्रीले नेपालको प्रतिनिधित्व गर्ने
TechnologyJust now

हङकङमा हुने अन्तर्राष्ट्रिय बाथ रोग सम्मेलनमा डा. प्रवीण खत्रीले नेपालको प्रतिनिधित्व गर्ने

११ मंसिर, काठमाडौं। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) का रुमाटोलोजी विभाग प्रमुख तथा वरिष्ठ बाथ रोग विशेषज्ञ डा. प्रवीण खत्रीले हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। आगामी नोभेम्बर २८ र २९, २०२६ (मंसिर १२ र १३ गते) हङकङस्थित कोर्डिस (Cordis) होटलमा आयोजना हुन लागेको ‘इन्टरनेशनल कन्फरेन्स अफ चाइनिज रुमाटोलोजिस्ट (ICCR […] The post हङकङमा हुने अन्तर्राष्ट्रिय ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement