Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अल्बानियामा सरकारविरुद्ध प्रदर्शन, प्रधानमन्त्री कार्यालयबाहिर कुर्सीमा आगजनी

अल्बानियामा सरकारविरुद्ध प्रदर्शन, प्रधानमन्त्री कार्यालयबाहिर कुर्सीमा आगजनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
अल्बानियामा सरकारविरुद्ध प्रदर्शन, प्रधानमन्त्री कार्यालयबाहिर कुर्सीमा आगजनी

काठमाडौं । अल्बानियामा सरकारविरुद्ध प्रदर्शन गरिरहेका विद्यार्थीले प्रधानमन्त्री कार्यालयबाहिर राखिएका कुर्सीमा आगो लगाएका छन् । प्रधानमन्त्री एदी रामाले विद्यार्थीसँग संवाद गर्न भन्दै राख्न लगाएका कुर्सीमा ‘संवाद’ लेखिएको थियो । तर विद्यार्थीले संवादको प्रस्ताव अस्वीकार गर्दै कुर्सीमा ‘राजीनामा’ लेखेर विरोध जनाएका थिए । राजधानी तिरानामा विद्यार्थी र युवाले लगातार १३ दिनदेखि प्रदर्शन गरिरहेका छन् । आइतबार उनीहरू सुरुमा शिक्षा मन्त्रालयबाहिर भेला भएर प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनका क्रममा उनीहरूले भवनमा ढुङ्गासमेत प्रहार गरेका थिए । त्यसपछि प्रधानमन्त्री कार्यालयतर्फ अघि बढेका प्रदर्शनकारीले त्यहाँ राखिएका कुर्सीमा आगजनी गरेका थिए । विद्यार्थीले विश्वविद्यालयमा अध्ययन र सुविधाको अवस्था सुधार गर्न, पढाइको खर्च घटाउन, आर्थिक सहायता उपलब्ध गराउन तथा अध्ययन पूरा गरेका युवाका लागि रोजगारीका अवसर बढाउन माग गरेका छन् । उनीहरूले भ्रष्टाचारका आरोपको छानबिन गरी सरकारलाई जवाफदेही बनाउनुपर्ने र प्रधानमन्त्री रामाले राजीनामा दिनुपर्ने मागसमेत अघि सारेका छन् । सरकारविरुद्धको प्रदर्शन शिक्षा र रोजगारीका मुद्दामा मात्र सीमित नरही भ्रष्टाचार तथा वातावरणसम्बन्धी विषयमा समेत फैलिएको छ । सरकारी अधिकारीमाथि लागेका भ्रष्टाचारका आरोपसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँग सम्बन्धित विलासी रिसोर्ट निर्माण परियोजनालाई लिएर पनि विरोध हुँदै आएको छ । प्रदर्शनका क्रममा भएको हिंसा र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति रोक्न प्रधानमन्त्री रामाले नयाँ कानुनी व्यवस्था ल्याउने घोषणा गरेका छन् । प्रस्तावित व्यवस्थाअनुसार क्षति बेहोरेका साना व्यवसायीलाई पूर्ण क्षतिपूर्ति र ठूला व्यवसायीलाई ७० प्रतिशत क्षतिपूर्ति दिइनेछ। सम्पत्तिमा क्षति पुर्‍याउनेले त्यसको भरपाई गर्नुपर्ने, हिंसात्मक भीडमा रहेर पनि त्यस्तो गतिविधि नरोक्ने व्यक्तिलाई पाँच लाख लेकसम्म जरिवाना गर्न सकिने तथा नाबालिगले गरेको क्षतिको जिम्मेवारी अभिभावकले लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। पत्रकार, चिकित्सक, अनुगमनमा खटिएका व्यक्ति, ड्युटीमा रहेका सरकारी कर्मचारी र त्यहाँबाट आवतजावत गर्ने व्यक्तिलाई भने छुट दिइने जनाइएको छ। सरकारले नयाँ व्यवस्थाले नागरिकको प्रदर्शन गर्ने र आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रतामा रोक नलगाउने दाबी गरेको छ । The post अल्बानियामा सरकारविरुद्ध प्रदर्शन, प्रधानमन्त्री कार्यालयबाहिर कुर्सीमा आगजनी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार शुरूआत, सुदूरपश्चिम निरीह [फोटोफिचर]
ताजा खबरJust now

एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार शुरूआत, सुदूरपश्चिम निरीह [फोटोफिचर]

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) साविक विजेता लुम्बिनी लायन्सले शानदार शुरूआत गरेको छ । ...

हाम्राकुरा
गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ जना घाइते
ताजा खबरJust now

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ जना घाइते

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सोमबार दिउँसो स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ–१० का ६० ...

कर्पोरट खबर
जो कांग्रेस छन्, ती किन छन् ?
ताजा खबरJust now

जो कांग्रेस छन्, ती किन छन् ?

नयाँ परिवेशमा पदाधिकारी हुन चाहने सबै तहका सदस्यलाई ‘नयाँ कांग्रेस’ ले सोध्नुपर्ने छ– तपाईं कांग्रेसमार्फत समाजलाई के दिन्छु भनेर आउन लाग्नुभएको हो ? यो प्रश्नको निहितार्थ हुनेछ– तपाईंको व्यक्तिगत छविका कारण दुनियाँले तपाईं यो पार्टीमा आएको वा बसेको सकेसम्म केही दिन होइन, बरु लिन हो भन्ने बुझेको स्थिति त छैन? ...

कान्तिपुर
एनपिएल ३ मा च्याम्पियन लुम्बिनी लायन्सको विजयी सुरुआत
ताजा खबरJust now

एनपिएल ३ मा च्याम्पियन लुम्बिनी लायन्सको विजयी सुरुआत

काठमाडौँ, कात्तिक ९ गते । उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लाइनसले सोमबार पहिलो खेलमा सुदूरपश्चि रोयल्सलाई सात विकेटले हराएर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा शानदार सुरुआत... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play