अल फैसलमाथि अल नासर ३-१ गोलले विजयी

काठमाडौं । साउदी प्रो लिगअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा अल नासरले अल फैसललाई ३–१ गोलले पराजित गरेको छ । जितसँगै अल नासरले लिगमा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । अल नासरका लागि अब्दुल्लाह अल हमदानले खेलको चौथो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४९औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर बनाए । अल फैसलका तर्फबाट ६६औँ मिनेटमा बोंगोन्डाले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए । तर, ७९औँ मिनेटमा आन्जेलोले गोल गरेपछि अल नासरले ३–१ को जित सुनिश्चित गरेको थियो । यस जितसँगै अल नासरको लिगमा १० खेलमा २५ अंक रहेको छ र समान अंक रहेको अल क्वाडसिआहपछि दोस्रो स्थानमा रहेको छ । रोनाल्डोले यस गोलसँगै आफ्नो व्यावसायिक खेल जीवनमा कुल गोल सङ्ख्या ९८२ पुर्याएका छन् । The post अल फैसलमाथि अल नासर ३-१ गोलले विजयी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ, कात्तिक ७ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु... ...

एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो
काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनो चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना बलियो बनेको छ। एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले उनको उम्मेदवारीलाई समर्थन गरेपछि इन्फान्टिनोको पक्षमा समर्थन बढेको हो। शुक्रबार जापानको टोकियोमा आयोजित एएफसीको विशेष कंग्रेसमा शेख सलमानले एसियाली फुटबल इन्फान्टिनोको पक्षमा एकजुट रहेको बताएका थिए। यसअघि फिफाको व्यावसायिक अधिकारमा निजी लगानी भित्र्याउने प्रस्तावको विषयमा ...

इन्फान्टिनो फिफा अध्यक्षमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना
एएफसी अध्यक्ष शेख सलमानको समर्थनपछि एसियाली फुटबल इन्फान्टिनोको पक्षमा उभिएको छ, जसले आगामी मार्चको निर्वाचनमा उनको स्थिति मजबुत बनाएको छ। ...

कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित
• डा. लक्ष्मीप्रसाद देवकोटा (एलपी देवकोटा) लाई खस साहित्य समाज जुम्लाले सम्मानित गरेको छ, उनले पत्रकारिता विषयमा पीएचडी हासिल गरेका छन्। • सम्मान समारोहमा उनलाई दोसल्ला ओढाएर र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो। • डा. देवकोटाको यो उपलब्धिले कर्णाली क्षेत्रको सञ्चार जगत् र बौद्धिक समुदायमा उत्साह थपेको छ। ...


