Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अर्नब चक्रवातको प्रभावले देशभर वर्षा, २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोसिमा

अर्नब चक्रवातको प्रभावले देशभर वर्षा, २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोसिमा

10/30/2026, 7:14:46 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्नब चक्रवातको प्रभावले देशभर वर्षा, २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोसिमा

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अवशेषबाट उत्पन्न मौसमी प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बिहीबार साँझदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा सुरु भएको वर्षा शुक्रबार बिहानसम्म पनि जारी छ। रातभर निरन्तर वर्षा भएपछि जनजीवनसमेत प्रभावित भएको छ।अर्नब चक्रवात कमजोर भएर न्यून चापीय प्रणालीमा परिणत भए पनि त्यसबाट आएको जलवाष्प र माथिल्लो वायुमण्डलको मौसमी प्रणालीको अन्तरक्रियाले नेपालमा वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्। यसको प्रभाव शुक्रबार र शनिबारसम्म रहने पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबार बिहान ६ः५३ बजे सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेपलाञ्चोकको रोसी मौसम मापन केन्द्रमा ३३ मिलिमिटर रेकर्ड भएको छ। विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ। विभागले जारी गरेको तीनदिने मौसम पूर्वानुमानअनुसार शुक्रबार दिउँसो कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा अन्य हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना छ। त्यस्तै, मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा, कर्णाली प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा र अन्य प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। शुक्रबार राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्नेछ। मधेश प्रदेश तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ। शनिबारसम्म पनि वर्षा र हिमपातको जोखिम कायम रहने भएकाले पहाडी क्षेत्रमा पहिरो, नदी तथा खोलामा जलसतह बढ्ने र उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेको छ। त्यसैले जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न विभागले आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप
ताजा खबरJust now

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

यस निर्णयसँगै नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ। ...

कान्तिपुर
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
ताजा खबरJust now

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सो विशेष... ...

रातोपाटी
आजदेखि ८ दिनसम्म काठमाडौँका यी स्थानमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने
ताजा खबरJust now

आजदेखि ८ दिनसम्म काठमाडौँका यी स्थानमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न आज कात्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौँका  विभिन्न स्थानमा साढे ५ घण्टा अर्थात् बिहान १०:३० बजे देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।  सार्वजनिक सूचनाअनुसार आज शुक्रबार बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भि... ...

नेपालखबर
इजरायली चुनावमा विदेशी हस्तक्षेप बारे छानबिन शुरु, कतारले के भन्यो ?
ताजा खबरJust now

इजरायली चुनावमा विदेशी हस्तक्षेप बारे छानबिन शुरु, कतारले के भन्यो ?

काठमाडौं । कतारले इजरायलको पछिल्लो निर्वाचनमा हस्तक्षेप गरेको र अरब राजनीतिक दलहरूलाई प्रभावित पार्न आर्थिक सहयोग गरेको आरोप अस्वीकार गरेको छ । कतारले इजरायलका केही नेताले आफ्नो घरेलु राजनीतिक असफलताबाट जनताको ध्यान हटाउन कतारको नाम विवादमा तानेको आरोप लगाएको छ । इजरायलको सुरक्षा निकाय शिन बेटले निर्वाचनमा विदेशी हस्तक्षेप र कथित विदेशी आर्थिक सहयोगसम्बन्धी आरोपको अनुसन्धान सुरु गरेपछि यो विवाद सार्वजनिक ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play