Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अर्थमन्त्रीकाे दाबी- ‘नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्थमन्त्रीकाे दाबी- ‘नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन् । आन्तरिक राजस्व विभागद्वारा आज आयोजित ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उनले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व सङ्कलनमा उत्साह थपिएको दाबी गरे । “असोजमा पुरै ट्याक्स रेभिन्युको टार्गेटहरू मिट गरेका छौँ । त्यसैले केही न केही काम भइराख्या छ । रिफर्मले नतिजा दिन थालेका छन्”, उनले भने, “बम्पर उपहार योजना एउटा सानो अंश र उत्प्रेरणा हो, यसले पनि नतिजा लिएर आएको छ, सिस्टेमिक रिफर्मले पनि अब हामीलाई इकोनोमीमा मेनस्ट्रिम र इन्टर्नलाइज गरी अगाडि लैजादा स्वेच्छिक कर अनुपालन जस्ता कुरामा मलाई लाग्छ नतिजा आउने नै छन् ।” अर्थमन्त्री वाग्लेले सरकारले तोकेको लक्ष्यभन्दा धेरै भन्सार राजस्व सङ्कलन गर्न सक्नुमा गुड गर्भर्नेन्सको डिभिडेन्ड–सुशासनको लाभांशको) रुपमा बुझ्नुपर्ने बता । उनले भने, “सरकारले अर्थतन्त्र सुधारका लागि चालेका कदम र गुड गभर्नेन्सको डिभिडेन्डका कारण हामी यस्तो प्रतिकूलताका बीच पनि हामी अगाडि जाँदै गइरहेका छौँ र राजस्वका लक्ष्य पनि भेट्टाउँदै आइरहेका छौँ ।” उनले सरकारले कर प्रशासनको डिजिटल रुपान्तरण र स्वचालितलाई सुशासनको अभिन्न अङ्गको रुपमा अघि सार्दै आइरहेको बताए । “आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीलाई सरल, सहज, सुरक्षित, व्यवसायमैत्री र करदातामैत्री बनाउन आवश्यक प्राविधिक सुधार गर्ने काम भइरहेको छ”, अर्थमन्त्री वाग्लेले भने, “कारोबार, लेखा प्रतिवेदन तयारी, आय विवरण पेस र कर दाखिलासम्मका प्रक्रियालाई प्रविधिमार्फत सहज र स्वचालित बनाउँदै कर प्रशासनको कार्यदक्षता अभिवृद्धि गर्नेतिर लागेका छौँ ।” सरकारले उद्यम तथा व्यवसायको प्रर्वद्धन र लगानी विस्तार गर्न एवं अर्थतन्त्रलाई चलायमान बनाउन कर नीतिमा सुधार, करका दर र दायराको पुनरवलोकन गर्दै आएको बताए । “सरकारले भन्सार महसुल, अन्तःशुल्कदेखि सबै क्षेत्रमा सुधार सुरु भएको छ” उनले भने । सोही अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले नयाँ स्वरुपको करदाता पोर्टलको समेत शुभारम्भ गरे । सोही अवसरमा आन्तरिक राजस्व विभागको आव २०८२/८३ को वार्षिक प्रतिवेदन र स्मारिकासमेत विमोचन भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागले नीतिगत सुधारका कामलाई उच्च प्रथामिकतामा राख्दै आएको जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
४६ जिल्लामा अधिवेशन सकेको कांग्रेसले सबै प्रदेशका कार्यक्रममा सभापति देउवालाई सहभागी गराउने
Latest NewsJust now

४६ जिल्लामा अधिवेशन सकेको कांग्रेसले सबै प्रदेशका कार्यक्रममा सभापति देउवालाई सहभागी गराउने

• नेपाली कांग्रेसले ४६ जिल्लाको अधिवेशन सम्पन्न गरेको र बाँकी जिल्लामा चाँडै अधिवेशन गर्ने तयारी गरेको जनाएको छ। • प्रदेश अधिवेशन मंसिर ५ गतेबाट सुरु हुनेछ, जसमा सभापति शेरबहादुर देउवा सहभागी हुनेछन्। • केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा हुने तय भएको छ। ...

नेपालबहस
एमाले स्थायी कमिटी बैठक जारी, राष्ट्रिय भेलाबारे छलफल हुँदै
Latest NewsJust now

एमाले स्थायी कमिटी बैठक जारी, राष्ट्रिय भेलाबारे छलफल हुँदै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघिदेखि बैठक बसिरहेको हो । आजको बैठकमा पार्टीले आयोजना गर्न लागेको राष्ट्रिय भेलालगायतका विषयमा छलफल भइरहेको छ । एमालेका अनुसार राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन् । भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको […] ...

लोकपथ
बालेनको भ्रमणअघि भारतले दियो ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति
Latest NewsJust now

बालेनको भ्रमणअघि भारतले दियो ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति

नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो। प्रधानमन्त्री वालेन्द्र शाह (बाल... ...

नेपालखबर
‘मोडिफाइ’ गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा
Latest NewsJust now

‘मोडिफाइ’ गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा

ट्राफिक प्रहरीले ट्राफिक नियम विपरित स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारीलाई कारबाही गरेको छ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण नियन्त्रण गर्न मोडिफाइ गरेर चलाएका दुईपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो। ट्राफिक प्रहरीले ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, ४ वटा स्कुटर, २/२ वटा डुकाटी ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play