Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

अर्णवपछि मुरासु चक्रवातको चर्चा, मौसम अधिकारीहरू भन्छन्: 'नेपालमा असर गर्दैन'

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्णवपछि मुरासु चक्रवातको चर्चा, मौसम अधिकारीहरू भन्छन्: 'नेपालमा असर गर्दैन'
Photo / Coverage: बीबीसी नेपाली

Getty Images अर्णवपछि बङ्गालको खाडीमा विकसित भइरहेको मुरासु चक्रवातले नेपालमा पनि आशङ्का उत्पन्न गरेको देखिन्छ तर मौसमविद्हरूले ढुक्क रहन आग्रह गरेका छन्।चक्रवात अर्णवको प्रभाव सकिँदा नसकिँदा नेपालमा अर्को चक्रवात मुरासुको चर्चाले आशङ्का निम्त्याएपछि उनीहरूले आश्वस्त पारेका हुन्।उक्त चक्रवात पनि अर्णवजस्तै बङ्गालको खाडीमा विकास भएको छ।भारतको मौसम विज्ञान विभागले त्यसलाई लिएर चेतावनीयुक्त सतर्कता जारी गरेको छ।त्यसैले अर्णवका कारण नेपालमा परेको असर अन्त्य हुँदा नहुँदै फेरि मौसम प्रतिकूल हुने चिन्ता बढेको देखिन्छ।"धेरै चासो र सोधपुछ भएपछि नै हामीले पनि मुरासु चक्रवातबारे अद्यावधिक दिएका हौँ," नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्। "मानिसहरू नआत्तिउन् भनेर राखेका हौँ, त्यसले नेपालमा केही असर गर्दैन।"'ढुक्कले धान काट्दा हुन्छ'त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार बङ्गालको खाडीको नयाँ प्रणाली नेपाल आउने सम्भावना न्यून छ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, "किसानले स्थानीय मौसम हेरेर धान काट्न सक्नुहुन्छ।"जल तथा मौसम विज्ञान विभागले पनि मुरासु विशेष मौसम बुलेटिन जारी गरेको छ। त्यसमा लेखिएको छ, "हालसम्मको विश्लेषणअनुसार उक्त मौसम प्रणालीको कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन।" हालैको वर्षाले धानबालीलाई फाइदा, तर किन छैन अझै ढुक्क हुने अवस्थाप्राकृतिक विपद्का पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था कस्तो हुन्छ? यसअघि नेपाल कृषि अनुसन्धान परिषद् नार्क र मौसम अधिकारीहरूले अर्णव चक्रवातको प्रभावबारे चेतावनी जारी गर्दै किसानहरूलाई मङ्गलवारपछि धान नकाट्न सचेत गराएका थिए।विभागकी प्रवक्ता पोखरेलले अलिअलि अहिले बादल आए पनि केही असर नगर्ने बताउँछन्।"अर्णव चक्रवातको प्रभाव पनि पश्चिमबाटै गइसक्यो," उनले भनिन्, "मज्जासित धान काट्दा हुन्छ।"निकट भविष्यमा मौसम प्रतिकूल हुन्छ?अधिकारीहरूले अर्णवको प्रभाव सकिएपछि धान काट्न सकिने बताएका थिए, त्यसैले अब त्यो जोखिम नरहेकाले किसानहरूले धान बाली काटेर भित्र्याउन सकिने जनाएका हुन्।त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल अर्णवको प्रभाव सकिए पनि पश्चिमी वायुको असर केही बाँकी रहेको बताउँछन्। समुद्री आँधीहरू के जलवायु परिवर्तनका कारण बढी विनाशकारी बन्न थालेका हुन्एल निन्योका बाबजुद मनसुनमा औसतसरह नै वर्षा, अब हिउँदमा कति पानी पर्ला? "अझै २–३ दिन पहाडी क्षेत्रमा कतै हल्का वर्षा हुन सक्छ, तराईमा त्यो सम्भावना न्यून छ," उनको भनाइ छ।मौसम विज्ञान विभागले मुरासु मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।विभागकी प्रवक्ता पोखरेलका अनुसार बङ्गालको खाडी वा अरब सागरमा बन्ने मौसमी प्रणाली र चक्रवात तथा पश्चिमी वायुको प्रभाव देखिन सक्छ।"तर तत्काल मौसम प्रतिकूल हुने कुनै पनि सङ्केत छैन," उनले बताइन्।चक्रवात हैन डर भित्रियो? Reuters भारतको मौसम विज्ञान विभागले आइतवार मुरासु चक्रवातबारे जानकारी सार्वजनिक गरेको छ।उसका अनुसार सोमवार बिहानतिर उक्त मौसमी प्रणाली तीव्र हुने प्रबल सम्भावना छ र त्यसपछि त्यो उत्तर पश्चिमतिर सर्ने छ।सोमवार मध्यरात र मङ्गलवार बिहान भारतीय समय ४ बजे आसपासमा दक्षिणी आन्ध्र प्रदेश तट पार गर्दै नेल्लोर र नरसापुरबीचमा शक्तिशाली चक्रवात आँधीको रूपमा प्रवेश गर्ने उसको अनुमान छ। विनाशकारी बाढी आएको दुई महिना पूरा, पुनर्निर्माणको खाका ल्याउन किन अझै अलमलबूढीगण्डकी बाढी पनि 'भोटेकोशीकै प्रकृतिको', तर सम्भावित ठूलो क्षति कसरी टर्‍यो त्यो १०० देखि ११० किलोमिटर प्रतिघण्टाको गतिमा हुने र हावाको झोक्कासँगै १२० किलोमिटर प्रति घण्टा पुग्न सक्ने भारतको मौसम विज्ञान विभागको आकलन छ।"बङ्गालको खाडीमा कति मौसमी प्रणाली वा चक्रवात विकसित हुन्छन्, ती सबैले नेपालसम्म प्रभाव पार्दैनन्," नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्। "तर अर्णवले गर्दा यसबारे पनि हल्ला धेरै भएको हो। त्यो नेपालसम्म आइपुग्दैन।"बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भूउपयोग नीतिमा सुधार
Latest NewsJust now

भूउपयोग नीतिमा सुधार

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीले त्रिशूली आसपासका बस्तीमा ठुलो मानवीय र भौतिक क्षति पग्यो । बाढीले कतिपय बस्ती र भौतिक पूर्वाधारको अस्तित्वसमेत नरहने गरी... ...

गोरखापत्र
पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने
Latest NewsJust now

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ । चितवनको मझिमटारमा निर्माणाधीन आकाशे पुलको यात्रु आवतजावत गर्ने भागमा गर्डर राख्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने काम सुरक्षित रूपमा सम्पन्न गर्न सडक बन्द गर्न ...

विश्वखबर
एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँ–कर्णाली र सुदूरपश्चिम–चितवन भिड्दै
Latest NewsJust now

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँ–कर्णाली र सुदूरपश्चिम–चितवन भिड्दै

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स भिड्दै छन्।  पहिलो खेल दिउँसो साढे १२ सुरु हुनेछ। यसपछि साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ। पहिलो... ...

नेपालखबर
मलेखु-मुग्लिङ सडकखण्ड आज ३ घण्टा बन्द हुने
Latest NewsJust now

मलेखु-मुग्लिङ सडकखण्ड आज ३ घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ।  यो सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो।  नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play