Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी स्पेस फोर्सका लागि स्पेसएक्सले प्रक्षेपण गर्‍यो गोप्य जासुसी उपग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी स्पेस फोर्सका लागि स्पेसएक्सले प्रक्षेपण गर्‍यो गोप्य जासुसी उपग्रह
Photo / Coverage: टेक्नोलोजी खबर

स्पेसएक्सले अमेरिकी स्पेस फोर्सका लागि अर्को गोप्य अन्तरिक्ष मिसन प्रक्षेपण गरेको छ। मंगलबार (नोभेम्बर २४) क्यालिफोर्नियाबाट फाल्कन–९ रकेटमार्फत अज्ञात पेलोड अन्तरिक्षमा पठाइएको हो। भ्यान्डेनबर्ग स्पेस फोर्स बेसको स्पेस लन्च कम्प्लेक्स–४ई बाट स्थानीय समयअनुसार बिहान ११ बजेर ८ मिनेटमा फाल्कन–९ रकेट प्रक्षेपण गरिएको थियो। रकेटले अमेरिकी स्पेस फोर्सको यूएसएसएफ–२६६ मिसन बोकेको थियो। यो महिनामा स्पेसएक्सले अमेरिकी सैन्य निकायका लागि प्रक्षेपण गरेको चौथो मिसन हो। मिसनमा पठाइएको पेलोडबारे कुनै विवरण सार्वजनिक गरिएको छैन। तर, पछिल्लो दुई सातामा अमेरिकी राष्ट्रिय सुरक्षाका लागि गरिएको यो पाँचौँ अन्तरिक्ष प्रक्षेपण हो। अमेरिकी स्पेस फोर्सले आफ्नो सञ्चार तथा ट्र्याकिङ क्षमता विस्तार गर्ने प्रयास गरिरहेका बेला यो प्रक्षेपण भएको हो। प्रक्षेपण भएको करिब दुई मिनेट ३० सेकेन्डपछि फाल्कन–९ को पहिलो चरणको बुस्टर रकेटको माथिल्लो चरणबाट अलग भएको थियो। माथिल्लो चरणले गोप्य पेलोडसहित पृथ्वीको तल्लो कक्षतर्फ यात्रा जारी राख्यो। यसैबीच, बुस्टर प्रशान्त महासागरमा रहेको स्पेसएक्सको ‘अफ कोर्स आई स्टिल लभ यू’ नामक ड्रोनसिपतर्फ फर्किएको थियो। प्रक्षेपण भएको करिब आठ मिनेट ३० सेकेन्डपछि उक्त ड्रोनसिपमा बुस्टर सफलतापूर्वक अवतरण गरेको थियो। मंगलबारको प्रक्षेपण फाल्कन–९ को उक्त बुस्टर बी१०८१ को २९औँ उडान थियो। यसअघि यही बुस्टरले नासाको क्रु–७ अन्तरिक्षयात्री मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुर्‍याएको थियो। साथै, यसले पीएसीई र अर्थकेयर वैज्ञानिक उपग्रह, स्पेस फोर्सका अन्य दुई गोप्य मिसन यूएसएसएफ–१५३ र यूएसएसएफ–४८१ तथा १६ वटा स्टारलिंक मिसन पनि प्रक्षेपण गरिसकेको छ। स्पेस डटकमका अनुसार यसअघि स्पेस फोर्सका लागि गरिएका गोप्य प्रक्षेपणहरूले स्पेसएक्सका ‘स्टारसिल्ड’ उपग्रहहरू अन्तरिक्षमा पठाइएको हुन सक्ने अनुमानलाई बल दिएका छन्। स्टारसिल्ड स्पेसएक्सको स्टारलिंक इन्टरनेट उपग्रह प्रणालीमा आधारित परिमार्जित अन्तरिक्षयान हो। यसलाई राष्ट्रिय सुरक्षा प्रयोजनका लागि विकास गरिएको हो। यसले पृथ्वीको निगरानी र सुरक्षित सञ्चारजस्ता क्षमतामार्फत सैन्य गतिविधिमा सहयोग पुर्‍याउँछ। यद्यपि, यूएसएसएफ–२६६ मिसनमा स्टारसिल्ड अन्तरिक्षयान पठाइएको हो वा होइन भन्नेबारे स्पेसएक्सले पुष्टि गरेको छैन। यूएसएसएफ–२६६ भन्दा अघि स्पेसएक्सले यसै महिना भ्यान्डेनबर्गबाट स्पेस फोर्सका लागि तीनवटा अन्य गोप्य मिसन प्रक्षेपण गरेको थियो। नोभेम्बर ६ मा यूएसएसएफ–४३२, नोभेम्बर ११ मा यूएसएसएफ–६२७ र नोभेम्बर २० मा यूएसएसएफ–३१७ प्रक्षेपण गरिएका थिए। त्यसैगरी, नोभेम्बर २२ मा राष्ट्रिय गुप्तचर कार्यालयका लागि एनआरओएल–१३६ मिसन पनि प्रक्षेपण गरिएको थियो। यी सबै मिसन फाल्कन–९ रकेटमार्फत प्रक्षेपण गरिएका थिए र तिनमा प्रयोग गरिएका पेलोडको विवरण सार्वजनिक गरिएको थिएन। The post अमेरिकी स्पेस फोर्सका लागि स्पेसएक्सले प्रक्षेपण गर्‍यो गोप्य जासुसी उपग्रह appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गुणस्तरीय सेवा दिएर मात्र नाफा कमाउनुस्, गुणस्तरमा कमजोरी स्वीकार्य हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना
TechnologyJust now

गुणस्तरीय सेवा दिएर मात्र नाफा कमाउनुस्, गुणस्तरमा कमजोरी स्वीकार्य हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ, १० मङ्सिर सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्नुहुँदै सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार र नियामक निकायलाई आफ्नो अधिकार प्रयोग गरी जवाफदेही बनाउन निर्देशन दिनुभएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आज यहाँ आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक सेवा प्रदायक तथा सरोकारवालासँगको अन्तरक्रिया […] The post गुणस्तरीय सेवा दिएर ...

आइसिटी फ्रेम
सिद्धार्थ बैंक र भिसाबीच कार्ड व्यवसाय विस्तारका लागि सम्झौता
TechnologyJust now

सिद्धार्थ बैंक र भिसाबीच कार्ड व्यवसाय विस्तारका लागि सम्झौता

१० मंसिर, काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र डिजिटल भुक्तानी क्षेत्रमा विश्वव्यापी अग्रणी संस्था भिसाबीच सिद्धार्थ बैंकको भिसा कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवाको सुदृढीकरण गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौताले सिद्धार्थ बैंकका ग्राहकका लागि कार्ड सेवा तथा भुक्तानी स्वीकार्यताको विस्तारसँगै नयाँ सेवाको विकास गरी उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न दीर्घकालीन रणनीतिक सहकार्यको […] The post सिद्धार्थ बैंक र ...

आइसिटी फ्रेम
अनलाइन सुरक्षामा नयाँ युगको सुरुवात, अस्ट्रेलियाले ल्यायो नयाँ कानुन
TechnologyJust now

अनलाइन सुरक्षामा नयाँ युगको सुरुवात, अस्ट्रेलियाले ल्यायो नयाँ कानुन

काठमाडौं । सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीलाई प्रयोगकर्ताको अनलाइन सुरक्षाप्रति जवाफदेही बनाउन अस्ट्रेलियाले नयाँ कानुनी व्यवस्था लागू गर्ने तयारी गरेको छ । अनलाइन माध्यमबाट हुने दुर्व्यवहार, हानिकारक सामाग्रीको प्रसार र प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव नियन्त्रण गर्ने उद्देश्यले अस्ट्रेलियाली संसद्ले ‘डिजिटल ड्युटी अफ केयर’ कानुन पारित गरेको हो ।नयाँ कानुनले प्रविधि कम्पनीहरूलाई आफ्ना डिजिटल प्लेटफर्मबाट उत्पन्न हुन सक्ने ...

आइसिटी समाचार
यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित
TechnologyJust now

यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित

१० मंसिर, काठमाडौं। यामाहा नेपालले आफ्नो दसैँ–तिहार लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ सफलतापूर्वक सम्पन्न गरेको छ। यस अभियानमार्फत यामाहाले देशभरका ग्राहकहरूलाई आकर्षक नगद पुरस्कार तथा विभिन्न उपहार जित्ने अवसर प्रदान गर्दै चाडपर्वलाई अझ विशेष र उत्साहजनक बनाएको छ। यामाहा खरिद गर्ने ग्राहकहरूका लागि थप मूल्य र खुसी प्रदान गर्ने उद्देश्यले ल्याइएको यस अभियानले यामाहासँग […] The post यामाहा नेपालद्वारा ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement