Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी रक्षामन्त्रीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउँदै रिपब्लिकन सांसद

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी रक्षामन्त्रीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउँदै रिपब्लिकन सांसद
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । रिपब्लिकन सांसद थोमस म्यासीले अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग प्रस्ताव अघि बढाएका छन् । उनले यसै साता प्रतिनिधिसभामा मतदान गराउने तयारी गरेका छन् । बीबीसीका अनुसार उनले हेगसेथमाथि अमेरिकी संविधान उल्लंघन गरेको आरोप लगाएका छन् । “कंग्रेसको स्वीकृतिबिना ९० दिनभन्दा बढी समयदेखि इरानमा सैन्य गतिविधि सञ्चालन गरेर मन्त्री हेगसेथले कानुन उल्लंघन गरिरहेका छन् । उनलाई जवाफदेही बनाउनुपर्छ,” म्यासीले भने । आगामी जनवरीसम्म कंग्रेसमा रिपब्लिकनहरूको बहुमत कायम रहने भएकाले महाभियोग प्रस्ताव पारित हुने सम्भावना न्यून छ । म्यासीका अनुसार डेमोक्रेटहरूले आफ्नै महाभियोग प्रक्रिया सुरु गर्नुअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हेगसेथलाई पदबाट हटाउन दबाब दिनु उनको मुख्य उद्देश्य हो । म्यासीले सोमबार प्रतिनिधिसभाको बैठकमा संकल्प प्रस्तावमार्फत हेगसेथविरुद्ध महाभियोगका औपचारिक आरोपहरू दर्ता गराएका हुन् । “म यो काम गरिरहेको छु, किनभने यो सही कदम हो,” प्रस्ताव दर्ता गराएपछि उनले पत्रकारहरूसँग भने । यस विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा हेगसेथले आफू चिन्तित नरहेको प्रतिक्रिया दिए । उनले मंगलबार बिहान यसै विषयमा पत्रकार सम्मेलन गर्ने पनि बताएका छन् । हेगसेथले यसअघि गत मे महिनामा पत्रकार सम्मेलन गरेका थिए । केन्टकीका सांसद म्यासी इरान युद्ध सुरु भएदेखि नै ट्रम्प प्रशासन र युद्धका आलोचक रहँदै आएका छन् । यस्तै, दिवंगत यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित संघीय सरकारी फाइल सार्वजनिक गर्न प्रशासनमाथि दबाब दिने नेतामध्ये उनी पनि एक हुन् । म्यासीले पहिलोपटक गत सेप्टेम्बरमा हेगसेथविरुद्ध महाभियोग प्रस्ताव ल्याएका थिए । गत साता भएको मध्यावधि निर्वाचनमा रिपब्लिकनहरूले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत गुमाएपछि उनले प्रस्ताव पुनः अघि बढाएका हुन् । उनले हेगसेथलाई पदबाट हटाउने आफ्नो प्रयास आगामी वर्ष डेमोक्रेटहरूले कंग्रेसका दुवै सदनको नियन्त्रण लिएपछि हुन सक्ने महाभियोग प्रक्रियाभन्दा कम विवादास्पद हुने दाबी गरेका छन् । बीबीसी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गणेशमान सिंहको ११२ औँ जन्मजयन्ती मनाइँदै
Latest NewsJust now

गणेशमान सिंहको ११२ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, कात्तिक २४ गते । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै... ...

गोरखापत्र
भोटेकोशी बाढीको पुनर्निर्माण गर्न बागमतीको ६ अर्ब बजेट कटौती, कुन मन्त्रालयबाट कति ?
Latest NewsJust now

भोटेकोशी बाढीको पुनर्निर्माण गर्न बागमतीको ६ अर्ब बजेट कटौती, कुन मन्त्रालयबाट कति ?

हेटौँडा । बागमती प्रदेश सरकारले भोटेकोशीको विनाशकारी बाढीबाट पुगेको क्षतिको पुनर्निर्माण गर्न ६ अर्ब रुपैयाँ बजेट कटौती गरेको छ । रसुवा, नुवाकोट तथा धादिङ क्षेत्रमा भएको क्षतिको पुनर्निर्माण तथा विपद् व्यवस्थापनका... ...

रातोपाटी
एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै
Latest NewsJust now

एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै

काठमाडौँ, कात्तिक २४ गते । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ ।कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा ह... ...

गोरखापत्र
वीरगन्ज नाकाबाट ३० अर्ब ६२ करोड रुपैयाँको भटमासको तेलको निर्यात, अन्य कति भए निकासी ?
Latest NewsJust now

वीरगन्ज नाकाबाट ३० अर्ब ६२ करोड रुपैयाँको भटमासको तेलको निर्यात, अन्य कति भए निकासी ?

काठमाडौं । वीरगन्ज नाकाबाट हुने निर्यात व्यापारमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वस्तुअनुसार फरक प्रवृत्ति देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रशोधित भटमासको तेल, फलफूलको जुस तथा फलाम र फलामबाट बनेका सामग्रीको निर्यात बढेको छ । तर प्रशोधित पाम तेल र अन्य खाद्य तेलको निकासी भने घटेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play