Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा लगाइएको देशव्यापी उडान प्रतिबन्ध हटाइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा लगाइएको देशव्यापी उडान प्रतिबन्ध हटाइयो
Photo / Coverage: पर्दाफास

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)ले देशभरका विमानस्थलमा लगाएको उडान प्रतिबन्ध हटाएको छ । दूरसञ्चार प्रणालीमा आएको प्राविधिक समस्याका कारण हजारौं उडान प्रभावित भएपछि शुक्रबार लगाइएको देशव्यापी प्रतिबन्ध हटाइएको हो । अमेरिकी यातायात सचिव सीन डफीले पत्रकार सम्मेलनमार्फत उडान प्रतिबन्ध हटाइएको जानकारी दिएका हुन् । उनका अनुसार हवाई यातायात नियन्त्रण केन्द्र तथा टर्मिनल राडार प्रणालीमा देखिएको अस्थिरता क्रमशः व्यवस्थापन गरिएको छ । डफीका अनुसार स्थानीय समयअनुसार दिउँसो ३ बजेर ३६ मिनेटमा देशभरका हवाई यातायात नियन्त्रण केन्द्रमा राडार तथा सञ्चार प्रणालीमा समस्या देखिएको थियो । विमानबाट प्राप्त हुने सञ्चार संकेत र राडारको तथ्यांकमा असंगति देखिएपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै उडान रोक्ने निर्णय गरिएको थियो । उडान रोक्ने आदेश जारी हुँदा ३ हजार ५०० भन्दा बढी विमान आकाशमा थिए । ती विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सम्बन्धित निकायले समन्वय गरेका थिए । पत्रकार सम्मेलनका समयमा ४०० भन्दा कम विमान मात्रै आकाशमा रहेको डफीले जानकारी दिए । दूरसञ्चार प्रणालीमा आएको समस्याका कारण करिब ७ हजार उडान ढिलाइ वा रद्द भएको उडान ट्र्याकिङ प्लेटफर्म फ्लाइटअवेयरले जनाएको छ । डफीले अमेरिकाको हवाई यातायात नियन्त्रण प्रणालीमा प्रयोग भइरहेको पुरानो एनालग दूरसञ्चार प्रविधिका कारण समस्या उत्पन्न भएको बताएका छन् । अत्यधिक डेटा प्रवाह हुँदा पुराना राउटर तथा स्विचहरूले असंगत तथ्यांक प्रसारण गर्न थालेपछि उडान रोक्नुपरेको उनको भनाइ छ । उनले हवाई यातायात नियन्त्रण प्रणालीको पूर्ण आधुनिकीकरणका लागि कंग्रेससँग पर्याप्त बजेट माग गरेका छन् । सामान्य मर्मतले मात्रै समस्या समाधान नहुने भन्दै उनले नयाँ प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । यसैबीच, अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले उक्त घटना साइबर आक्रमण वा राष्ट्रिय सुरक्षा खतराका कारण भएको कुनै प्रमाण अहिलेसम्म नदेखिएको बताएका छन् । उनले माइक्रोसफ्टको प्राविधिक अवरोधसँग पनि यस घटनाको सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । उडान अवरोधका कारण यात्रुलाई आवश्यक औषधि तथा अन्य सहयोग उपलब्ध गराउन संघीय आपत्कालीन व्यवस्थापन निकाय (फेमा)ले सहायता केन्द्र सक्रिय बनाएको पनि उनले जानकारी दिए । यस घटनाले अन्तर्राष्ट्रिय उडानमा समेत असर पारेको छ । एयर इन्डियाले अमेरिकाका विमानस्थलमा उडान रोकिँदा अमेरिका जाने तथा त्यहाँबाट फर्किने आफ्ना उडान प्रभावित हुन सक्ने भन्दै यात्रुलाई विमानस्थल जानुअघि उडानको अवस्था जाँच गर्न आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी
OthersJust now

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी भएको छ। शनिबार बिहान करिब ७ बजे आगलागी भएको हो। स्थानीय कविता ठकुरीका अनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ। आगलागीको खबर पाएपछि दमकलसहितको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरेको थियो। स्थानीयले सडकबाटै धुवाँ र आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए। आगलागीको वास्तविक कारण तथा क्षतिको विवरण आउन बाँकी ...

पर्दाफास
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
OthersJust now

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री यादवले दिउँसो १ बजे विश्वासको मत लिने तयारी रहेको र बहुमत जुटाउन विभिन्न दलसँग छलफल भइरहेको बताएका छन्। १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक छ। मुख्यमन्त्री यादवलाई ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play