Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

इरानमा फेरि आक्रमणका लागि ट्रम्पलाई फकाउँदै नेतन्याहु

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानमा फेरि आक्रमणका लागि ट्रम्पलाई फकाउँदै नेतन्याहु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इजरायलका कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा फेरि आक्रमणका लागि मनाउन खोजिरहेका छन्। एक्सियोस र जेरुसेलम पोस्टका अनुसार यका लागि नेतन्याहुले गुप्तचर एजेन्सी मोसादका प्रमुख रोमन गोफम्यानलाई अमेरिका पठाएका छन्। गोफम्यान शुक्रबार वासिङ्टन पुगेका छन्। त्यहाँ उनले सीआईए प्रमुख जोन रेटक्लिफसँग भेट गर्नेछन्। त्यसपछि उनी ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग भेट्न मियामी जानेछन्। फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार नेतन्याहुले केही दिनदेखि ट्रम्पलाई दैनिक फोन गरिरहेका छन्। यस क्रममा दुई नेताले नोभेम्बर ५ मा इरानमा आक्रमण गर्नेबारे छलफल गरेका छन्। यद्यपि ट्रम्प हाल नेतन्याहुका माग स्वीकार गर्न तयार छैनन्। अमेरिका हाल इरानमा ठुलो आक्रमण गर्नुको सट्टा आर्थिक दबाब बढाउन चाहन्छ। यसका लागि उसले इरानमा समुद्री नाकाबन्दी जारी राख्नेछ, जसले गर्दा उसको आम्दानी र व्यापारमा असर पर्नेछ। साउदी अरेबिया, कतार, यूएई, कुवेत र बहराइनजस्ता खाडी देशले पनि यसमा अमेरिकालाई सहयोग गरिरहेका छन्। ट्रम्पका अनुसार साउदी अरेबियाले उनलाई केही समयका लागि अहिलेकै अवस्था कायम राख्न आग्रह गरेको छ। साउदी अरेबियालाई लागेको छ- इरान कमजोर हुँदै गइरहेको छ। अन्य खाडी देश पनि अमेरिकाले अहिले कुनै हतारमा कदम नचालोस् भन्ने चाहन्छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लम्कीचुहामा औषधी अभाव
Latest NewsJust now

लम्कीचुहामा औषधी अभाव

घोडाघोडी समाचारदाताघोडाघोडी (कैलाली), कात्तिक २८ गते । कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालमा लामो समयदेखि औषधी अभाव हुँदा स्वास्थ्य बिमा गरेका बिरामीसमेत निजी औषधी पसलबाट औषधी खरि... ...

गोरखापत्र
राति ८ बजेपछि बल्खु–दक्षिणकाली सडकमा यात्रुवाहक सवारी चलाउन नपाइने
Latest NewsJust now

राति ८ बजेपछि बल्खु–दक्षिणकाली सडकमा यात्रुवाहक सवारी चलाउन नपाइने

काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने सडकमा रातिको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । उक्त सडकखण्डमा दुर्घटना बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी सञ्चालनका लागि समय निर्धारण गरेको हो । नयाँ व्यवस्थाअनुसार काठमाडौंबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म फर्पिङ प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान ५ बजेपछि […] ...

लोकपथ
‘राजखानी’को माला लगाएर भिडियो बनाउने मासु व्यवसायीलाई १० हजार जरिवाना
Latest NewsJust now

‘राजखानी’को माला लगाएर भिडियो बनाउने मासु व्यवसायीलाई १० हजार जरिवाना

बुटवल । खसीबोकाको अङ्ग गलामा भिरेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने एक मासु व्यवसायी विवादमा परेका छन् । अस्वाभाविक र असभ्य शैलीमा भिडियो बनाएर टिकटक तथा फेसबुकमा सार्वजनिक गरेपछि उनको... ...

रातोपाटी
गाँजाले शरीरमा कस्तो असर पार्छ?
Latest NewsJust now

गाँजाले शरीरमा कस्तो असर पार्छ?

गाँजाको नियमित सेवनले डिप्रेसनदेखि मुटुरोगसम्मका थुप्रै नकारात्मक स्वास्थ्य समस्याहरूको जोखिम बढाउने विज्ञहरूले चेतावनी दिएका छन्। पछिल्ला वर्षहरूमा अमेरिकाका २४ वटा राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाले मनोरञ्जनका लागि गाँजाको प्रयोगलाई कानुनी मान्यता... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play