Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का, अनुसन्धान सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का, अनुसन्धान सुरु
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशंकामा अनुसन्धान सुरु गरेको छ। घटनाबारे जानकार एक व्यक्तिका अनुसार एफबीआईले शनिबार उक्त साइबर आक्रमणको अनुसन्धान गरिरहेको छ। ती व्यक्तिले नाम सार्वजनिक नगर्ने सर्तमा एसोसिएटेड प्रेस (एपी) लाई यसबारे जानकारी दिएका हुन्। यसअघि सीएनएनले पनि सम्भावित ह्याकिङबारे समाचार प्रकाशित गरेको थियो। नेसनल क्राइम इन्फर्मेसन सेन्टर (एनसीआईसी) नामक उक्त कम्प्युटर प्रणालीमा आपराधिक न्यायसँग सम्बन्धित महत्त्वपूर्ण सूचना सङ्ग्रह गरिन्छ। यसमा फरार अभियुक्त, बेपत्ता व्यक्ति, आपराधिक इतिहास, चोरी भएका सम्पत्ति तथा अन्य कानुन कार्यान्वयनसम्बन्धी विवरण समावेश छन्। उक्त प्रणाली स्थानीय, राज्य तथा संघीय तहका कानुन कार्यान्वयन निकायहरूले प्रयोग गर्दै आएका छन्। सम्भावित साइबर आक्रमणबारे शनिबार प्रतिक्रिया माग्दा एफबीआईले टिप्पणी गर्न अस्वीकार गरेको एपीले जनाएको छ।एनसीआईसी अमेरिकाको कानुन कार्यान्वयन प्रणालीका लागि महत्त्वपूर्ण सूचना स्रोत भएकाले यसमा भएको सम्भावित अनधिकृत प्रवेशले आपराधिक सूचना तथा सुरक्षा व्यवस्थासम्बन्धी गम्भीर चासो उत्पन्न गरेको छ। यद्यपि, ह्याकिङको प्रकृति, यसमा संलग्न पक्ष तथा कुन–कुन सूचना प्रभावित भए भन्नेबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।–रासस The post अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का, अनुसन्धान सुरु appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ग्रान्ड थेफ्ट अटो ६ सार्वजनिक भएसँगै विश्वभरका इन्टरनेट एक्सचेन्ज र ब्रोडब्यान्ड नेटवर्कहरूमा उच्च ट्राफिक बढ्यो
TechnologyJust now

ग्रान्ड थेफ्ट अटो ६ सार्वजनिक भएसँगै विश्वभरका इन्टरनेट एक्सचेन्ज र ब्रोडब्यान्ड नेटवर्कहरूमा उच्च ट्राफिक बढ्यो

बहु प्रतिक्षित गेम ‘ग्रान्ड थेफ्ट अटो ६’ (Grand Theft Auto VI) सार्वजनिक भएसँगै विश्वभरका इन्टरनेट एक्सचेन्ज र ब्रोडब्यान्ड नेटवर्कहरूमा ट्राफिकको मात्राले कीर्तिमान कायम गरेको छ। १८ नोभेम्बरका दिन डीई-सीआईएक्स (DE-CIX) ले आफ्ना एक्सचेन्जहरूमा ३३.०३ टेराबिट प्रति सेकेन्डको उच्च ट्राफिक रेकर्ड गरेको छ। युरोप र अष्ट्रेलियाका नेटवर्क सञ्चालकहरूले पनि अत्यधिक मागको सामना गरे, किनकि लाखौं खेलाडीहरूले २१० गिगाबाइट आकारको उक्त गेम डाउनलोड ...

टेक्नोलोजी खबर
ह्युमनोइड रोबोटले दिन थाल्यो कफी र आइसक्रिम
TechnologyJust now

ह्युमनोइड रोबोटले दिन थाल्यो कफी र आइसक्रिम

चीनको सेन्जेन सहरमा प्रविधि र एआई अब दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ। ह्युमनोइड रोबोट अब बिज्ञानका चलचित्रको कल्पनामा मात्र सीमित छैनन्। यस्ता रोबोटले अहिले मानिसलाई कफी र आइसक्रिम दिन थालेका छन्। यस्तो प्रविधिको विकासले एउटा फरक तरिका अपनाएको छ। एआई इन्जिनियर तथा विकासकर्ताहरुले वास्तविक मानिसले गरेका गतिविधिको रेकर्ड गरिएका मुभमेन्टस् प्रयोग गरेर रोबोटलाई तालिम दिइरहेका छन्। यस प्रक्रियामार्फत रोबोटहरुले दैनिक जीवनमा ...

टेक्नोलोजी खबर
पोखरा विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन
TechnologyJust now

पोखरा विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन

पोखरा विश्वविद्यालयले २९औँ दीक्षान्त समारोहमा सहभागी हुन चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फाराम खुलाएको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै आगामी मंसिर ५ गतेदेखि पुस ५ गतेसम्म अनलाइन फाराम भर्न सकिने जनाएको छ। विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिन सक्नेछन्। तर २०८२ साल माघ २४ गते (७ ...

टेक्नोलोजी खबर
कर्णाली प्रदेशले तोक्यो राईड सेयरिङ सेवाको रुपमा प्रयोग हुने सवारी साधनहरुको मापदण्ड
TechnologyJust now

कर्णाली प्रदेशले तोक्यो राईड सेयरिङ सेवाको रुपमा प्रयोग हुने सवारी साधनहरुको मापदण्ड

कर्णाली प्रदेशले प्रदेशभित्र राईड सेयरिङ सेवाको रुपमा प्रयोग हुने सवारी साधनहरुको मापदण्ड तोकेको छ। प्रदेशले आज सार्वजनिक गरेको ‘कर्णाली प्रदेश राईड सेयरिङ तथा सेल्फ ड्राइभ (नियमन र व्यवस्थापन) नियमावली २०८३ मा यसबारे प्रस्ट प्रावधान राखिएको छ। दुईपाङ्ग्रे सवारी साधनको हकमा नियमावली अनुसार विद्युतीय शक्तिको हकमा कम्तीमा १.५ किलोवाट क्षमता भएको, सवारी दर्ता प्रमाणपत्र र सवारी चालकमापदण्ड पूरा गरेको, पेट्रोल वा विद्युतीय शक्तिबाट ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement