Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अन्तर्राष्ट्रिय कुस्ती दंगलमा भारतका रामकान्त मिश्र प्रथम

अन्तर्राष्ट्रिय कुस्ती दंगलमा भारतका रामकान्त मिश्र प्रथम

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तर्राष्ट्रिय कुस्ती दंगलमा भारतका रामकान्त मिश्र प्रथम

बुटवल । नेपाल र भारतका पहलमानहरूको सहभागितामा रूपन्देहीको तिलोत्तमा नगरपालिका-१०, सगरहवा रोहिणी किनारमा आयोजित अन्तर्राष्ट्रिय कुस्ती दंगल प्रतियोगिता सम्पन्न भएको छ । विजयादशमी महोत्सव २०८३ अन्तर्गत संगम सहारा युवा क्लबको आयोजनामा सञ्चालित दुईदिने प्रतियोगितामा नेपाल र भारतका ४४ पहलमानले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा भारतको मध्यप्रदेशबाट आएका पहलमान रामकान्त मिश्र प्रथम हुन सफल हुनुभएको छ । उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नुभएका मिश्रले नगद ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा रूपन्देहीका धर्मेन्द्र यादव दोस्रो हुनुभयो भने गुल्मी घर भई हाल रूपन्देहीमा बसोबास गर्दै आउनुभएका विशाल थापा तेस्रो हुनुभएको छ । दोस्रो हुनुभएका यादवले ३१ हजार र तेस्रो हुनुभएका थापाले २१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतियोगिताको समापनपछि पुरस्कार वितरण गर्दै आयोजकले सहभागी पहलमानहरूको प्रदर्शनले कुस्ती खेलप्रति दर्शकको आकर्षण बढाएको जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने पहलमानलाई नगद पुरस्कार प्रदान गरिएको क्लबका उपाध्यक्ष तथा मेला संयोजक चन्दन चौधरीले जानकारी दिनुभयो । नेपाल र भारतका पहलमानहरूबीच प्रतिस्पर्धा भएको प्रतियोगितामा भारतको अयोध्या, गोरखपुर, बिहार र मध्यप्रदेशलगायत क्षेत्रबाट आएका खेलाडी सहभागी भएका थिए । त्यस्तै, नेपालका रूपन्देही, नवलपरासी र गुल्मीलगायत जिल्लाबाट आएका पहलमानहरूले पनि प्रतिस्पर्धामा भाग लिएका थिए । विभिन्न क्षेत्रका अनुभवी पहलमानहरूको सहभागिताले प्रतियोगितालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको आयोजकको भनाइ छ । स्थानीयस्तरमा लोकप्रिय रहेको कुस्ती खेलको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ । पछिल्लो समय आधुनिक खेलकुदका विभिन्न विधाले प्राथमिकता पाइरहेका बेला परम्परागत कुस्ती खेलको पहिचान जोगाउँदै नयाँ पुस्तालाई यसप्रति आकर्षित गर्नु प्रतियोगिताको अर्को उद्देश्य रहेको आयोजकको भनाइ छ । त्यसैगरी, नेपाल र भारतका खेलाडीलाई एउटै मैदानमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै दुई देशबीचको आपसी सद्भाव, भाइचारा र खेलकुद सम्बन्धलाई थप बलियो बनाउने लक्ष्यसमेत राखिएको थियो । सीमावर्ती क्षेत्रका नागरिकबीच सांस्कृतिक तथा सामाजिक सम्बन्ध प्रगाढ बनाउन यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । विजयादशमी महोत्सव २०८३ अन्तर्गत आयोजित कुस्ती दंगलसँगै बृहत् सांस्कृतिक कार्यक्रम तथा मेला पनि सञ्चालन गरिएको आयोजकले जनाएको छ । खेलकुद र संस्कृतिलाई एकै ठाउँमा जोडेर आयोजना गरिएको महोत्सवले स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गर्नुका साथै सो क्षेत्रको सांस्कृतिक पहिचान र परम्पराको संरक्षणमा योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ । कुस्ती प्रतियोगिताले स्थानीय दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाल र भारतका पहलमानबीच प्रतिस्पर्धात्मक खेलकुद आदानप्रदानको अवसर सिर्जना गरेको छ । यस्ता प्रतियोगितालाई निरन्तरता दिन सके परम्परागत खेलको संरक्षण, स्थानीय प्रतिभाको पहिचान र अन्तरदेशीय खेलकुद सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

जलविज्ञान र मौसम विभाग क्रियाशील
ताजा खबरJust now

जलविज्ञान र मौसम विभाग क्रियाशील

काठमाडौँ, कात्तिक ९ गते । एकीकृत रूपमा सञ्चालनमा रहेको जल तथा मौसम विज्ञान विभाग अहिले टुक्रिएर दुई छुट्टै निकायका रूपमा अगाडि बढ्ने भएका छन् । सरकारले नेपाल–भारत–चीन समावेश त्रिदे... ...

गोरखापत्र
एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने
ताजा खबरJust now

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

• नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। • उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। • प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नेछन् र तयारी लगभग पूरा भएको छ। ...

नेपालबहस
बालोन डी’ओर २०२६ : सबैभन्दा कम उमेरमा उपाधि जित्ने लक्ष्यमा लामिन यमाल
ताजा खबरJust now

बालोन डी’ओर २०२६ : सबैभन्दा कम उमेरमा उपाधि जित्ने लक्ष्यमा लामिन यमाल

काठमाडौँ । स्पेन तथा बार्सिलोनाका युवा फुटबल स्टार लामिन यमालले फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर २०२६ जित्दै सबैभन्दा कम उमेरमा उपाधि हासिल गर्ने कीर्तिमान बनाउने लक्ष्य राखेका छन् ।... ...

रातोपाटी
कस्तो छ सोमबारको दिन तपाईको ?
ताजा खबरJust now

कस्तो छ सोमबारको दिन तपाईको ?

२०८३ कात्तिक ९ गते सोमबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play