Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

अनेसास र कागेश्वरी पुस्तकालयद्वारा ११८औं देवकोटा जयन्ती सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनेसास र कागेश्वरी पुस्तकालयद्वारा ११८औं देवकोटा जयन्ती सम्पन्न
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टर र कागेश्वरी पुस्तकालयको संयुक्त आयोजनामा ११८औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा काव्य वाचन कार्यक्रम सम्पन्न भएको छ । कागेश्वरी पुस्तकालय परिसरमा आयोजित कार्यक्रममा महाकवि देवकोटासहित साहित्यकारद्वय भैरव अर्याल र रमेश विकलका पूर्णकदका सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो । कार्यक्रममा ३० भन्दा बढी साहित्यकारले देवकोटाप्रति समर्पित कविता, गीत तथा साहित्यिक रचना वाचन गरेका थिए । अनेसास नेपाल च्याप्टरकी अध्यक्ष मञ्जिला अनिल र कागेश्वरी पुस्तकालयका अध्यक्ष कुमार खड्काको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर फुयाँल प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालयका नेपाली विभागका पूर्वप्रमुख प्राडा.खगेन्द्र लुइँटेल विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा अनेसासका पूर्वकेन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ उपाध्यक्ष तारा अधिकारी, सचिव ऋषभदेव घिमिरेलगायत साहित्यिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो । कार्यक्रममा अनेसास नेपाल च्याप्टरका तर्फबाट कागेश्वरी पुस्तकालयलाई साहित्यलगायत विभिन्न विधाका करिब १५० थान पुस्तक हस्तान्तरण गरिएको थियो । अध्यक्ष मञ्जिला अनिलले देवकोटाको साहित्यिक योगदान नयाँ पुस्तासम्म पुर्‍याउनु, पठन संस्कृतिको विकास गर्नु र साहित्यिक संस्थाबीच सहकार्य बढाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो । कार्यक्रममा वक्ताहरूले महाकवि देवकोटाको बहुआयामिक व्यक्तित्व, सिर्जनात्मक क्षमता र नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँका कृतिको अध्ययन, संरक्षण र प्रचारप्रसारमा जोड दिएका थिए । प्रमुख अतिथि फुयाँलले साहित्यले समाजमा चेतना, नैतिकता र मानवीय संवेदना विकास गर्ने उल्लेख गर्दै राष्ट्र निर्माणमा साहित्यकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । काव्य वाचन सत्रमा विभिन्न पुस्ताका साहित्यकारहरूले देवकोटाका साहित्यिक योगदान, मानवीय संवेदना, प्रकृतिप्रेम र जीवनदर्शन झल्किने रचना प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहालले गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष कमला वलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सभापति कुमार खड्काले देवकोटासम्बन्धी कविता वाचन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रमले साहित्यिक संस्थाबीचको सहकार्य, पुस्तकालयको विकास तथा पठन संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ सम्पन्न गरिँदै
Latest NewsJust now

उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ सम्पन्न गरिँदै

काठमाडौँ । सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज (सप्तमी) बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य दिइँदै छ । यससँगै चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको आज औपचारिक... ...

रातोपाटी
शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै
Latest NewsJust now

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

तनहुँ । तिहारको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाका किसानले सयपत्री फूल बिक्री गरेर रु नौ लाख ५३ हजार आम्दानी गर्न सफल भएका छन् । यस वर्ष तिहारमा नगरपालिकाभित्रका किसानले दुई हजार... ...

रातोपाटी
अभिनव साहित्य समाजको २९८औं शृंखला सम्पन्न
Latest NewsJust now

अभिनव साहित्य समाजको २९८औं शृंखला सम्पन्न

काठमाडौं । अभिनव साहित्य समाजको २९८औं शृंखलाअन्तर्गत यस वर्षको हरि अभिनव पुरस्कार तथा सम्मानपत्र संशोधन मण्डललाई अर्पण गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औं जन्मजयन्ती विशेष कार्यक्रम तथा नियमित मासिक कविगोष्ठीसहितको साहित्यिक समारोह सम्पन्न भएको हो । समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व महानिर्देशक (भूमिसुधार विभाग) तथा पूर्वअध्यक्ष (गुठी संस्थान) शम्भुप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा गोकर्णेश्वर ...

हिमालय टाइम्स
कोइराला ५३औं मानवपुस्तक
Latest NewsJust now

कोइराला ५३औं मानवपुस्तक

काडमाडौं । पूर्वसचिव शम्भु कोइराला यसपटकको कार्यक्रममा ५३औं मानव पुस्तकका रूपमा प्रस्तुत हुनुभयो । नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधारा धोवीखोलाद्वारा आयोजित हुने कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तिहरूलाई मानव पुस्तकका रूपमा आमन्त्रण गरी उहाँका ज्ञानगुन र अनुभव सुन्ने गरिएको छ । विष्णुप्रसाद पन्तको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा हरिभक्त सिग्देल महेशले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि तथा यसपटकका मानव पुस्तक ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play