काठमाडौं । गृहमन्त्री सुधन गुरुङकी आमाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ । कालीकोट घर भई भक्तपुर बस्दै आएका छत्र बोगटीलाई प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार उनलाई वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान अघि बढाएको जनाएको छ । गृहमन्त्री गुरुङकी ४९ वर्षीया आमा ज्ञानु लामा (ज्वालादेवी चण्डिमाता) ले आफ्नो अनुमतिबिना भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा बोगटीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
अनुमतिबिना गृहमन्त्रीकी आमाको भिडियो खिचेर सार्वजनिक गर्ने पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





