अधिकाँश सरकारी वेबसाइटहरु डाउन, सफ्टवेयर विकास तथा संचालन केन्द्रले सेक्यूरिटी प्याचिङ गर्दै

सरकारी निकायहरुका वेबसाइटहरु गंभिररुपमा असुरक्षित भएको भन्दै सफ्टवेयर विकास तथा संचालन केन्द्रले केहि सरकारी वेबसाइटहरु बन्द गराएको छ। केन्द्रले आज सार्वजनिक सूचना जारी गर्दै पिएचपी प्रविधिमा देखिएका गम्भीर सुरक्षा जोखिम “PHP2Shell” (CVE-2026-109618 र CVE-2026-109619, CVSS 9.2 – Critical) का कारण विश्वभर पिएचपीमा आधारित प्रणालीहरू प्रभावित भएका दाबी गरेको छ। “यी जोखिमले आक्रमणकारीलाई लगइन बिना नै सर्भरमा कोड चलाउन सक्ने बनाउँछन्। सम्भावित क्षति हुन नदिन सावधानीका रूपमा केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ,” केन्द्रले जारी सूचनामा भनेको छ। बडादशैंको अवसरमा समेत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) तथा सम्बद्ध प्राविधिक टोलीहरू एकजुट भई जोखिम नियन्त्रणमा निरन्तर खटिएको भन्दै सुरक्षा प्याच तथा परीक्षण सम्पन्न भएपछि प्रणालीहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले जानकारी दिएको छ। केन्द्रले अन्य केन्द्रहरू र विभिन्न मन्त्रालयका प्रतिनिधिहरूसँग मिलेर एक ‘तत्काल कार्य टोली’ (Immediate Action Team) गठन गरेको छ। सम्भावित सुरक्षा उल्लङ्घन (breach) लाई रोक्नका लागि सबै प्रणालीहरूलाई तत्काल ‘अफलाइन’ (सञ्चालन बन्द) गर्ने निर्णय उक्त टोलीले गरेको जनाएको छ। समस्या समाधानका लागि यो टोली २१ अक्टोबरको साँझदेखि नै निरन्तर काम गरिरहेको भन्दै केन्द्र लगायत सम्पूर्ण सरकारी निकायहरूले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको निर्देशन अनुसार आफ्ना प्रणालीहरूमा आवश्यक प्याचिङ गर्दै, तिनलाई यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेका बताएको छ। केही प्रणालीहरूमा सुधार गरिसकिएको छ र ती पुनः सञ्चालनमा आइसकेका एसडीओसी बताएको। एसडीओसीले दसैँ बिदाको समयमा प्रणालीहरू बन्द (अफलाइन) गरिएको र दसैँ बिदा सकिनु अगावै सबै महत्त्वपूर्ण प्रणालीहरूमा सुधार गरी तिनलाई पुनः सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेको छ। The post अधिकाँश सरकारी वेबसाइटहरु डाउन, सफ्टवेयर विकास तथा संचालन केन्द्रले सेक्यूरिटी प्याचिङ गर्दै appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

फेसबुकको बग पत्ता लगाएर तनहुँकी सुप्रियाले जितिन् झन्डै ६ लाख रुपैयाँ
तनहुँ । तनहुँकी बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा रहेको प्राविधिक कमजोरी पहिचान गरी रिपोर्ट गरेबापत झन्डै ६ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।अधिकारीले फेसबुकमा देखिएको प्राविधिक त्रुटि पत्ता लगाएर त्यसबारे फेसबुकको मातृ कम्पनी मेटालाई जानकारी गराएकी थिइन् । उनको रिपोर्टका आधारमा मेटाले ३ हजार ७५० अमेरिकी डलर पुरस्कार दिने भएको छ ।प्रविधि क्षेत्रका कम्पनीहरूले आफ्ना प्रणाली तथा ...

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी गर्दै
सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन् ।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ । तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् ...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी, सरकारी तथा निजी वेबसाइटलाई तत्काल अपडेट गर्न निर्देशन
काठमाडौं । वेबसाइट तथा अनलाइन प्रणालीमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा दुई वटा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकायहरूलाई तत्काल सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।केन्द्रले साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न वेबसाइट तथा अनलाइन प्रणालीका सञ्चालकहरूका लागि अत्यावश्यक सुरक्षा सतर्कता सूचना (एड्भाइजरी) जारी गर्दै प्रयोगमा रहेका प्रणालीलाई सुरक्षित संस्करणमा स्तरोन्नति गर्न निर्देशन दिएको हो ।केन्द्रका ...


