Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चीनसँगको सम्बन्धमा आर्थिक कुटनीति र व्यापार घाटा न्युनीकरण प्राथमिकतामा छः प्रस्तावित राजदुत शर्मा

चीनसँगको सम्बन्धमा आर्थिक कुटनीति र व्यापार घाटा न्युनीकरण प्राथमिकतामा छः प्रस्तावित राजदुत शर्मा

10/12/2026, 3:31:38 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनसँगको सम्बन्धमा आर्थिक कुटनीति र व्यापार घाटा न्युनीकरण प्राथमिकतामा छः प्रस्तावित राजदुत शर्मा

काठमाडाैँ । चीनका लागि प्रश्तावित नेपाली राजदुत कल्याणराज शर्माले नेपाल र चीनबिचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट मुलुकले अधिकतम आर्थिक लाभ लिनुपर्ने बताएका छन् । सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै शर्माले आर्थिक तथा विकास कुटनीतिलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाएका हुन् । शर्माले नेपालको परराष्ट्र नीतिले आर्थिक कुटनीतिलाई जोड दिएको स्मरण गराउँदै दुई देशबीचको राजनीतिक विश्वासलाई थप सुदृढ बनाउने बताए । नेपालको संविधान, पञ्चशीलको सिद्धान्त, असंलग्नता र ‘एक चीन सिद्धान्त’ प्रतिको प्रतिवद्धता दोहो¥याउँदै उनले नेपाली भूमि कुनैपनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने नेपालको अडानलाई निरन्तरता दिने स्पष्ट पारे । शर्माले दुई देशबिचको चरम व्यापार घाटा कम गर्न गुणस्तर मापन प्रणाली (मल्टिफंक्सन क्वालिटी टेस्ट मेसिन) सञ्चालन गरी नेपाली कृषि उपज, जडीबुटी, गलैँचा तथा हस्तकला सामग्री चिनियाँ बजारमा पु¥याउन पहल गर्ने बताए । थाइल्याण्डले डुरियन फल मात्रै चीनमा वार्षिक ४ अर्ब डलरको निर्यात गर्ने दृष्टान्त दिँदै उनले नेपालले पनि आफ्ना मौलिक उत्पादनको निर्यात बढाएर अर्थतन्त्र उकास्न सक्ने तर्क गरे । हालसम्म चीनबाट नेपालमा करिव ५ सय वटा परियोजनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको जानकारी दिँदै उनले उत्पादनमूलक उद्योग, जलविद्युत, पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी भित्र्याउन दुतावासले सहजीकरण गर्ने उल्लेख गरे । पर्यटन प्रवद्र्धनतर्फ जोड दिँदै उनले बेइजिङ र काठमाडौंबीच सिधा हवाई सम्पर्क स्थापना गर्न प्रयास गर्ने कार्ययोजना पेश गरे । नेपाल आउने चिनियाँ पर्यटकको औसत खर्च ५४१ अमेरिकी डलर मात्र रहेको तथ्यांक प्रश्तुत गर्दै उनले खर्च क्षमता बढाउन नेपालमै आकर्षक पर्यटकीय उत्पादन र प्याकेज निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । साथै हङकङ, ल्हासा, छेन्दु र ग्वाङझौस्थित नेपाली नियोगहरूबिच साझा कार्ययोजना बनाएर लगानी र पर्यटन आकर्षित गर्ने उनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
ताजा खबरJust now

दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]

सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

हाम्राकुरा
दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
ताजा खबरJust now

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास

• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

नेपालबहस
पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
ताजा खबरJust now

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने

• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play